काठमाडौं  –  विश्वमा नयाँ–नयाँ चमत्कारहरु सूचना प्रविधिको विकासले भइरहेका छन्। र, अब फेरी फाइभ जी इन्टरनेट सेवाले  नयाँ  चमत्कार गर्नेवाला छ।  अब भने फाइभजी प्रविधिमा गइसकेपछि संसारमा के–के चमत्कार होला त?

 

फाइभजीले ल्याउनेबारेमा अहिले विश्वमा विभिन्नखाले प्रयोग र विश्लेषणहरु हुन थालेका छन्। फाइभजीको आगमनसँगै ‘आर्टि्फिसियल इन्टिलिजेन्स’ले मानव संसारलाई भन्दा भर्चुअल संसारलाई पो विद्वान र शक्तिशाली बनाउने हो कि भनेजस्तो स्थिति देखिँदैछ।

 

फाइभजी बस सेवा

फाइभजी इन्टरनेटको आगमनबाट प्रयोगमा आउने अर्को अत्याधुािक प्रविधि भनेको फाइभजी बस सेवा हो। फाइभजी बसभित्र यात्रा गर्ने यात्रुले आँखाले देख्न नसकिने अगाडिका दृश्यहरु स्क्रिनको सहायताले गाडीभित्रै रियल टाइममा ८– के मा हेर्न सक्छन्। जस्तो बानेश्वरमा गाडीमा चढेको व्यक्तिले थानकोटको स्टेशनमा क–कसले गाडी कुरिरहेका छन भनेर अनुहार ठम्याउन सक्छन्। यसका साथै अगाडिको बाटोमा जाम छ कि छैन, बाटो बिग्रिएको, भत्किएको छ कि भनेर गाडीभित्रैबाट देख्न सकिनेछ।

फाइभजी हेल्थ केयर

फाइभजीको एउटा महत्वपूर्ण चमत्कार भनेको शहरको सुविधासम्पन्न अस्पतालमै बसेर टाढाको गाउँमा स्वास्थोपचार सेवा प्रदान गर्न सकिन्छ। उक्त प्रविधि अनुसार बिरामी डाक्टर कहाँ धाएर जानु पर्दैन, भर्चुअल रुपमै कतिपय उपचारहरु गर्नरगराउन सकिन्छ। यसैहप्ता चीनको छेन्दुमा अवस्थित जन अस्पतालका डाक्टरहरुले केही प्राक्टिकल गरेर देखाए। उनीहरुले दुर्गममा रहेका बिरामीको एक्स रे शहरबाटै गर्न सकिने स्पष्ट पारे। यसरी गरिने एक्स रे दुई किसिमले गर्न सकिने रहेछ।

पहिलो– गाउँमा रहेका स्वास्थ्यकर्मीले बिरामीको अल्ट्रासाउण्ड गर्छन र त्यसलाई शहरमा रहेका सिनियर चिकित्सकले रियल टाइममा स्क्रिनमा हेर्छन्। फाइभजीले इन्टरनेटको माध्यमबाट देखाउने भिडियो ‘रियल टाइम’ मा मात्र हुँदैन, अहिलेको भन्दा चौबर ठूलो, अर्थात ८–के साइजमा देखाइदिन्छ।

भर्चुअल एक्सरेको अर्को तरिका चाहिँ दुर्गममा रहेको बिरामीलाई डाक्टरले शहरमा आफ्नै कम्युटर छेउमा रहेको विशेष प्रकारको माउस प्रयोग गरेर आफैं नै एक्स रे गर्न सक्छन, यसमा बिरामीको नजिक अर्को चिकित्सकले काम गर्न आवश्यक पर्दैन। जनअस्पतालका चिकित्सकहरुका अनुसार कतिपय सामान्य चेक जाँच एवं शल्यक्रिया समेल र ठूलो दूर्घटनामा परेका बेला चाँडो अस्पताल र्पुयाउन नसकिएका बिरामीहरुका उपाचार भर्चुअल विधिबाट गर्न सकिन्छ।

भर्चुअल हेल्थ केयरको विकास सँगसँगै ५जी एम्बुलेन्सहरु प्रयोगमा आउन थाल्नेछन् र चीनले कतिपय शहरमा यस्ता फाइभजी एम्बुलेन्सहरु व्यवहारिक प्रयोगमा ल्याउन थालेको छ। फाइभजी प्रविधिले इन्टरनेटका प्रवाह गर्ने भिडियो वा अडियो रियल टाइममा र ठूलो अहिलेको भन्दा चौबर ठूलो साइजमा देखाउने भएकाले टेलिभिजनको स्क्रिनमा देखिने दृश्यहरु अहिलेका भन्दा आकर्षक र वास्तविक जस्ता लाग्नेछन्।

यसका अतिरिक्त फाइभजीले गर्न सक्ने चमकारहरुबारे विभिन्नखाले ‘प्रेडिक्सन’ भइरहेका छन्। तरकारी र फलफूल रोर्बटबाटै टिप्न सकिने, कार्यालयमा बसेर आफ्नो घरका कतिपय कामहरु गर्न सकिने जस्ता विश्लेषणहरु गरिँदै आएका छन्। यो फाइपजी प्रविधिबाट वन्यजन्तु संरक्षण, वातावरणको संरक्षण, वालवालिकाको शिक्षामा सहजता, स्वास्थोपचारमा सहजता लगायतका थुप्रै कामहरु गर्न सकिने विश्लेषणहरु गरिएका छन्।

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

२०७६, २९ भाद्र आईतवार १७:४८

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

ट्युबमा लुकाएर मदिरा तस्करी

ट्युबमा लुकाएर मदिरा तस्करी

२०७६, २९ भाद्र आईतवार १७:४०

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

२०७६, २९ भाद्र आईतवार १७:४४

यी बिरामीका लागि कागती पानी खतरा:

यी बिरामीका लागि कागती पानी खतरा:

२०७६, ३० भाद्र सोमबार १५:३१

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८