पोखरा – ‘मैले भनिसकेको छु, स्थानीय तहलाई जानकारी नै नदिइकन प्रदेशले कुनै योजना लैजान्छ भने कामै बन्द गराइदिन्छु, चाहे ठेक्कामै गइसकेको किन नहोस्।’

स्याङ्जा भीरकोट नगरपालिकाका मेयर छायाराम खनालले गण्डकी प्रदेश सरकारलाई दिएको चेतावनी हो यो। यस्तै आक्रोशपूर्ण चेतावनी स्याङ्जाको पुतलीबजार, बागलुङ नगरपालिका लगायतका मेयरहरुको पनि छ। नगरपालिकाका मेयरहरुको प्रदेश सरकारलाई चेतावनी छ, ‘योजना कार्यान्वयन गर्ने जमिन हाम्रै, जनता हाम्रै। तर, त्यही स्थानीय तहसँग कुनै समन्वय हुँदैन। स्थानीय तहलाई झोले नसम्झियोस्।’

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बनाएको प्रदेश समन्वय परिषद् सञ्चालन तथा व्यवस्थापन कार्यविधिमाथि छलफल गर्न नगरपालिका महासंघ गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा मेयरहरुको आक्रोश पोखिएको हो। छलफल कार्यक्रमको प्रमुख अतिथिको रुपमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई डाकिएको थियो। तर, मुख्यमन्त्री गुरुङ छलफलमा नआएपछि कार्यक्रम सकिने बेलामा सभामुख नेत्रनाथ अधिकारी आइपुगे। सो कार्यक्रममा स्थानीय तह र प्रदेश सरकारबीच अधिकार बाँडफाँट, राजश्व बाँडफाँट, बजेट विनियोजन तथा समन्वय एवम् सहकार्य हुन नसकेको सतहमै देखियो।

समन्वय, सहकार्य र सहजीकरण गराएर सरकारबीच द्वन्द्व सिर्जना हुन नदिन प्रदेश समन्वय परिषद्को परिकल्पना गरिएको छ। त्यसको संयोजक मुख्यमन्त्री रहने व्यवस्था छ। समन्वय परिषद् सञ्चालन तथा व्यवस्थापन कार्यविधितिर भन्दा मेयरहरुको छलफल प्रदेश सरकारको आलोचनामा केन्द्रित रह्यो। ‘केन्द्र सरकारले अधिकार दिएन, समन्वय र सहकार्य गरेन भनेर गुनासो गर्ने मान्छेले आफूले चाहिँ के गरेको?’ उनीहरुको प्रश्न मुख्यमन्त्री गुरुङप्रति लक्षित थियो। संघीय सरकारले अधिकार नदिएको र संघीयतालाई बलियो बनाउन नचाहेको सार्वजनिक दिइरहने मुख्यमन्त्री पृथ्वी सुब्बाले नै स्थानीय तहलाई पघालेको मेयरहरुले गुनासो गरे।

स्थानीय तहको समन्वयमा नभई कार्यकर्ताको खल्तीबाट योजना पर्ने गरेको उनीहरुको आरोप छ। लाखौँ लाख रुपैयाँको योजना पनि प्रदेश आफैंले राख्न खोज्ने र साझेदारी नाममा समन्वयविना बजेट विनियोजन गरेर कार्यान्वयन गर भन्ने गरेको गाउँपालिका महासंघ गण्डकीका अध्यक्ष ईश्वर पाण्डेले बताए।

स्थानीय तहलाई लाखे र झोले नसम्झिन प्रदेशलाई पाण्डेले आग्रह गरे। स्याङ्जा नगरपालिकाका उपमेयर महेश पुरीले स्थानीय तहसँग समन्वयविना प्रदेशबाट भएका काम गुणस्तरहीन भएको बताए। ‘पुतली बजार नगरपालिकामा कमेरो मिसाएर बाटो पिच गर्ने काम भयो। सिडिओसाब मार्फत सचेत गरायौं। पछि गुणस्तरीय भएको कागज ल्याएर सोही कामलाई निरन्तरता दिइयो,’ पुरीले भने, ‘अनि कसरी हुन्छ गुणस्तरीय काम ?’

अधिकांश नगरपालिकाहरुको गुनासो प्रदेश सरकारले समन्वय र सहकार्य नै नगरेकोमा थियो। केहीले समयमा कानुन नबनाइदिँदा काम गर्न नसकेको पनि बताए। ‘स्थानीय तहमा भएको जनताको काम त्यहीँका जनप्रतिनिधिलाई जानकारी हुँदैन भने हामी कसरी जनप्रतिनिधि भयौं ?’ भीरकोटका मेयर खनालले प्रश्न गरे।

दुई सरकारबीच समन्वयमा काम हुन नसक्दा यो व्यवस्थामाथि नै प्रश्न उठ्ने नगरपालिका महासंघका अध्यक्ष दीपकबाबु कँडेलले बताए । ‘संघीयता त आइसक्यो । अब यहाँबाट फर्किने सम्भावना छैन। हामी बलियो हुने संघीयताबाटै हो । देश बलियो पनि संघीय शासनबाटै हुनुपर्छ,’ कँडेलले भने, ‘सरकारबीच समन्वय, सहकार्य होस्, नियमित संवाद भइराखोस् भनेरै यो कार्य्विधि तयार भएको हो ।’

नगरपालिकाका जनप्रतिनिधिले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सेवा सुविधामाथि पनि कुरा उठाए। प्रदेशले कानुन संशोधन गरेर सेवा सुविधा सम्बन्धी कानुन ल्याएपछि स्थानीय तहका जनप्रतिनिधि पनि आलोचित भएको उनीहरुको गुनासो छ।

‘हामी सेवा गर्न आएका हौं। सुविधा भोग गर्न आएका सुविधा भोगी होइनौं,’ भीरकोटका मेयर खनालले भने, ‘प्रदेश सरकारले नयाँ कानुन बनाउँदा हामी पनि सुविधाभोगीका रुपमा आलोचित भयौं।’

‘असार लागेपछि मात्रै काम हुने अनि असार मसान्ततिर आएर बजेट सक्नकै लागि ३० लाख रुपैयाँ थपियो,’ श्रेष्ठले भने, ‘खै त संघीयतापछि विकासको मोडल फेरिएको ? प्रदेश सरकारले पनि असारे विकासलाई जोड दियो।’

गोरखामा पनि यस्तै भएको गाउँपालिका महासंघका अध्यक्ष ईश्वर पाण्डेले बताए। ५० लाख परेको बाटोमा मध्य असारभन्दा पछि ३० लाख रुपैयाँ नै बजेट थपेर असारे विकासलाई बढावा दिएको पाण्डेको भनाइ छ।

स्याङ्जाका उपमेयर पुरी पनि स्थानीय तहसँग समन्वय नगर्दा प्रदेशको आयोजनामा निगरानी कम भएको र असारे विकाससमेत मौलाएको बताउँछन्। प्रदेश सांसद हरिशरण आचार्य पनि मेयरहरुसँग सहमत छन् ।

गाउँपालिका महासंघका अध्यक्ष पाण्डेले प्रदेशमाथि आक्रोश पोखिरहेका थिए, गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी कार्यक्रमको अन्त्यतिर झुल्किए।

सभामुखको ध्यानाकर्षण गराउँदै पाण्डेले भने, ‘मुख्यमन्त्री बोलाएको आउनुभएन। केही सांसद हुनुहुन्छ। हाम्रा कुरा कसलाई सुनाऔं भएको थियो। धन्न तपाईं आउनुभयो,’ पाण्डेले भने, ‘मुख्यमन्त्रीज्यूसम्म हाम्रा कुरा प¥ुर्याइदिनु होला।’

कार्यकर्ताको खल्तीबाट योजना परेर आउँदा साह्रै दुःख लाग्ने उनको भनाइ थियो। अधिकार बाँडफाँटका सन्दर्भमा प्रदेशसँग सम्बन्ध बिग्रिएको पाण्डेले बताए। ‘एउटै उद्देश्य छ भने त तीन वटै सरकार सँगै जानु पर्ने हो, तर समन्वय नै हुँदैन,’ पाण्डेले भने, ‘सभामुखज्यू हाम्रो बिग्रिएको सम्बन्ध सुधार गरिदिनुर्पयो।’

सभामुख अधिकारीले संघीयता कार्यान्वयनका सुरुका वर्षमा केही जटिलता आउने भए पनि मिलाएर जानुपर्ने बताए । ‘यो कार्य्विधि मिलाउनकै लागि हो । संघीयता बलियो बनाउन र जनतासम्म विकास र्पुयाउन मिल्नुको विकल्प छैन,’ सभामुख अधिकारीले भने, ‘एकले अर्कालाई स्वीकार्न सक्नुपर्छ ।’

 

सांसद पियारी थापाले सरकारबीचको द्वन्द्व र आर्थिक भारकै कारण संघीयता ठीक थिएन भन्ने कुरालाई बलियो बनाउने बताइन्।

लोकप्रिय

नेकपाको सचिवालय बैठक शुरु

नेकपाको सचिवालय बैठक शुरु

२०७६, ४ आश्विन शनिबार १६:३९

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड,  एकलाख डलरको खर्च

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड, एकलाख डलरको खर्च

२०७६, ३ आश्विन शुक्रबार १७:२१

जितीया व्रत सम्पन्न

जितीया व्रत सम्पन्न

२०७६, ५ आश्विन आईतवार १७:४४

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, ५ आश्विन आईतवार १४:५८

सलमान र अक्षयको भिडन्त पक्का

सलमान र अक्षयको भिडन्त पक्का

२०७६, ३ आश्विन शुक्रबार १७:०८

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

२०७६, ३ आश्विन शुक्रबार १३:१४

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

२०७६, ३ आश्विन शुक्रबार १२:५९

निखिल उप्रेतीकाे ‘धानको चामल धानैको चिउरा’ सार्वजनिक(भिडियो सिहत)

निखिल उप्रेतीकाे ‘धानको चामल धानैको चिउरा’ सार्वजनिक(भिडियो सिहत)

२०७६, ५ आश्विन आईतवार १५:३५

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

२०७६, ४ आश्विन शनिबार १५:४५

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

२०७६, ४ आश्विन शनिबार ०९:४८

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

२०७६, ४ आश्विन शनिबार १३:१८

‘रणहार’लाई मदन पुरस्कार प्रदान

‘रणहार’लाई मदन पुरस्कार प्रदान

२०७६, ३ आश्विन शुक्रबार १७:३६

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

२०७६, ४ आश्विन शनिबार १८:००

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

२०७६, ३ आश्विन शुक्रबार १६:०८

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

२०७६, ४ आश्विन शनिबार १०:५६