डडेल्धुरा – डडेल्धुराको परशुराम नगरपालिकामा पर्ने रंगुन नदीमा पुल बन्ने भएपछि खुशी भएका यहाँ बासिन्दाको खशी लामो समय रहेन। पाँच वर्ष अगाडि २०७१ असार १८ गते पुल निर्माणको ठेक्का सम्झौता हुँदा उनीहरु निकै खुशी थिए। नदीले दिएको दुःख पुल बनेपछि हट्ने आशा बोकेका उनीहरु पाँच वर्ष बितिसक्दा पनि पुल नबन्दा अहिले निराश भएका छन्।

रंगुन नदीमा तीन वर्षमा निर्माण सम्पन्न गरिसक्नुपर्ने पुल पाँच वर्षसम्म पनि बन्न सकेको छैन। पुल नबन्दा यहाँका स्थानीय बासिन्दा ज्यानै जोखिममा राखेर नदी तर्ने गरेका छन्। पुल निर्माणको ठेक्का सम्झौता २०७१ असार १८ मा भएको थियो भने २०७४ असार १७ मा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख थियो। तीन वर्ष्भित्र निर्माण सम्पन्न हुनुपर्ने पुल पाँच वर्ष पूरा भइसक्दासम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन।

स्थानीय नागरिक आफ्ना दैनिक कामकाजका लागि जोखिम मोलेर रंगुन नदी तर्नुपर्ने बाध्यता रहेको छ। परशुराम नगरपालिकाको कटाल, रज्यौडा, शीर्ष, परिगाउँ, सिमल्टालगायतका गाउँका स्थानीयवासीले ज्यान जोखिममा राखेर नदी तर्नुपर्छ। विद्यालय जाने बालबालिका तथा दैनिक कामकाजका लागि जाने हरेक व्यक्तिले ज्यान जोखिममा राखेर नदी तर्नुपरेको उनीहरुको दुःखेसो छ।

स्थानीय स्तरमा बैंकिङ कारोबार, व्यापार, अस्पताल, नागरिकता प्रमाणपत्र बनाउन तथा अन्य सामान्य कामका लागि समेत नदी तरेर आउने गरेको परशुराम नगरपालिकाका स्थानीय बासिन्दा बताउँछन्। सम्बन्धित निर्माण कम्पनीले तत्काल पुलको काम सक्नुपर्ने र आमजनतालाई भइरहेको दुःखबाट मुक्ति दिनुपर्ने स्थानीय बासिन्दा रामसिंह धामीले बताए।

‘राज्यले यो पुलको निर्माणको व्यवस्थापन गर्नुपर्छ, ठेकेदार कम्पनीले पनि छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्छ,’ उनले भने – ‘नेपाल सरकारले पनि यसको निर्माण सम्पन्न गर भनेर ठेकेदार कम्पनीलाई कडा निर्देशन दिनुपर्छ।’

मोटरेबल ब्रिज प्रविधिबाट निर्माण भइरहेको पुलको २ सय ५५ मिटर लम्बाइ रहेको छ भने शुरुको बजेट लागत १२ करोड २८ लाख ८१ हजार रहेको थियो। पटक–पटक सम्झौता थप्दै गरेको भए पनि थपेको समयसमेत सकिएको छ। थपिएको म्याद सकिँदासम्म अझै २५ प्रतिशतभन्दा बढी काम गर्न बाँकी छ।

ठेकेदार ‘मेयर’ बने, पुल बनेन

सडक डिभिजन कार्यालय कुलपाते अन्तर्गत रंगुन नदीमा निर्माणाधीन पुल निर्माणको ठेक्का पप्पु–राजेन्द्र–कुमार जेभी कम्पनीले गरिरहेको छ। यो कम्पनी डडेल्धुरा जिल्लाकै परशुराम नगरपालिकाका नगर प्रमुख भीमबहादुर साउदको हो।

नगर प्रमुख साउदले आफ्नै नगरपालिकामा रहेको नदीमा पुल निर्माणको जिम्मा लिए। काम सम्पन्न नगर्दै उहाँ स्थानीय तहको निर्वाचनबाट त्यहीँ नगरपालिकामा नगर प्रमुख पनि भए, तर उनले निर्माणको जिम्मा लिएको पुलको काम भने अहिलेसम्म सम्पन्न भएको छैन।

पुल निर्माण गर्ने सम्झौताको म्याद गुज्रिँदासमेत पुलको निर्माण सम्पन्न नभएपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन् तर, नगर प्रमुख नै ठेकेदार रहेकाले उहाँविरुद्ध त्यहाँका स्थानीय बासिन्दा खुलेर बोल्नसमेत नसकिरहेको स्थानीयवासी सन्तोष कार्कीले बताए।

रंगुन नदीमा पुल निर्माणाधीन अवस्थामै रहेकाले पुलबाट आवतजावत गर्न अझै वषौँ लाग्ने स्थानीय बासिन्दाको अनुमान छ। परशुराम नगरपालिकाको दर्जनौं गाउँका सर्वसाधारण ज्यान जोखिममा राखेर दैनिकी चलाइरहेका छन् तर, राज्यको ठूलो लगानी रहेको पुल कहिले बन्ने हो त्यसको कुनै ठेगान छैन। (रासस)

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

२०७६, २९ भाद्र आईतवार १७:४८

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

ट्युबमा लुकाएर मदिरा तस्करी

ट्युबमा लुकाएर मदिरा तस्करी

२०७६, २९ भाद्र आईतवार १७:४०

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

२०७६, २९ भाद्र आईतवार १७:४४

यी बिरामीका लागि कागती पानी खतरा:

यी बिरामीका लागि कागती पानी खतरा:

२०७६, ३० भाद्र सोमबार १५:३१

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८