विराटनगर – बालविवाहलाई सामाजिक अपराध मानिए पनि अझैसम्म समाजमा यो कुप्रथा विद्यमान छ। बालविवाह गर्ने र गराउने दुवैलाई कानूनबमोजिम तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवानाका साथै त्यस्ता विवाह बदर गरिने भए पनि लुकिछिपी यस्ता विवाह हुने गरेको पाइन्छ।

समाजमा बालविवाह बढ्दै गएको जिल्ला प्रहरी कार्यालय मोरङ महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी प्रहरी निरीक्षक जमुना बस्नेत स्वीकार छिन्। सामाजिक सञ्जालले ल्याएको विकृति, अशिक्षा, गरीबी, दाइजो प्रथा, सामाजिक कुरीति र परम्परागत कारणले पनि बालविवाह हुने गरेको उनको भनाई छ।

उमेर नपुगी प्रेम विवाह गर्ने जोडीमा यस्ता विवाहले भोलिका दिन आइपर्ने समस्याबारे जानकारी नहुँदा पनि यो क्रम नरोकिएको निरीक्षक बस्नेत बताउछन। भारतीय सीमा नजीक भएका कारण सीमापारि गएर विवाह गर्ने र पछि फर्किने गरेको पाइएको छ। पछिलो केही वर्षयता १७/१८ वर्षका किशोरकिशोरीहरू भागेर प्रेमविवाह गर्नेे र पछि केटी पक्षले बलात्कार वा जबर्जस्ती करणी वा शरीर बन्धक बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालयमा आउने गरेको उनले उल्लेख गर्छन।

परिवारका सदस्यमा चेतनाको कमीले छोरीलाई बोझ सम्झने र केटा राम्रो परिवारको छ भन्ने लोभमा परेर बालविवाह हुने गरेको पनि पाइएको छ। बालविवाहका कारण महिला हिंसामा पर्ने, स्वास्थ्यमा समस्या हुने, मानसिक असर पनि पर्नाका साथै पछि सम्बन्ध विच्छेदका घटना पनि हुने गरेको छ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७२/७३ मा तीन बालक र १८ बालिका, २०७३/७४ मा तीन बालक र ३५ बालिका, २०७४/७५ मा चार बालक र १७ बालिका तथा २०७५/७६ मा पाँच बालक र ४० बालिकाको विवाह भएको थियो।

प्रदेश नं १ सामाजिक विकास मन्त्रालय सामाजिक महाशाखा प्रमुख दुर्गा भण्डारी (बराल)का अनुसर सन् २०२५ सम्ममा प्रदेश नं १ लाई बालविवाहमुक्त प्रदेश घोषणा गर्ने योजना रहेको र सबैको साथ र सहयोग रहेमा यसले सफलता पाउने बताउछन्।

सानै छु बढ्न देऊ, बालविवाह होइन पढ्न देऊ’ भन्ने नाराका साथ पहिलो प्रदेशस्तरीय बालिका सम्मेलनपश्चात् सन् २०२५ सम्ममा बालविवाह मुक्त प्रदेश बनाउने योजनाका साथ प्रदेश सरकारले आफ्ना कार्यक्रमलाई अघि सारेको छ।

-रासस

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

२०७६, २९ भाद्र आईतवार १७:४८

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

ट्युबमा लुकाएर मदिरा तस्करी

ट्युबमा लुकाएर मदिरा तस्करी

२०७६, २९ भाद्र आईतवार १७:४०

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

२०७६, २९ भाद्र आईतवार १७:४४

यी बिरामीका लागि कागती पानी खतरा:

यी बिरामीका लागि कागती पानी खतरा:

२०७६, ३० भाद्र सोमबार १५:३१

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८