काठमाडौ – २५ गते बिहीबारदेखि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कार्यान्वयनमा आउने भएको छ। यसका लागि पहिलो चरणमा २८ वटै वाणिज्य बैंक र राष्ट्र बैंकबीच छुट्टाछुट्टै सम्झौता भएको छ। राष्ट्र बैंकले आइतबार २७ र सोमबार एउटा गरी २८ वटै बैंकसंग सम्झौता गरिएको जनाएको छ।

सो व्यवस्था लागू भएपछि ग्राहकले तत्काल रकम भुक्तानी सुविधा पाउनेछन्। अहिले चेकमार्फत रकम भुक्तानी गर्दा क्लियरिङ प्रक्रियामा जानुपर्ने भएकाले सामान्य अवस्थामा एकदेखि दुई दिनमा मात्र राफसाफ हुँदै आएको छ।

आरटीजीएस कार्यान्वयनमा आएपछि त्यो समस्याबाट छुट्कारा पाइनेछ। चेक नकाटेरै पनि रकम भुक्तानी गर्न सकिनेछ। हुन त हाल नेपाल क्लियरिङ हाउसमार्फत सञ्चालनमा आएको आईपीएस कनेक्ट प्रणालीमार्फत पनि चेकबिना नै रकम स्थानान्तर गर्न सकिन्छ।तर यो प्रणालीबाट धेरै ठूलो रकम स्थानान्तरण गर्न अप्ठ्यारो हुन्छ। आरटीजीएसमार्फत भने ठूलो रकम पनि तत्काल भुक्तानी गर्न सकिन्छ ।

आरटीजीएसबाट काम गर्दा ग्राहकले आफ्नो खाता रहेको बैंकमा गएर एउटा फाराम भर्नुपर्नेछ। सोही फारामको आधारमा आफूले भुक्तानी गर्न चाहेको व्यक्तिको खातामा उतिबेलै रकम स्थानान्तरण हुनेछ। राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख बमबहादुर मिश्रले भन ‘यो प्रणालीको प्रमुख फाइदा भनेकै तत्काल अर्को खातामा रकम जम्मा गर्न सकिनु हो।

आरटीजीएस प्रणालीबाट कारोबार गर्र्दा चेक काटनुपर्दैन। बैंकले निश्चित फाराम यो प्रणालीका लागि तयार पारेका हुन्छन् र ग्राहकले सोही फाराममार्फत आफूले चाहेको व्यक्तिको बैंक खातामा रकम पठाउन सक्छन्। सुरुमा राष्ट्र बैंकले २ लाखभन्दा बढी र २० लाख रुपैयाँभन्दा कम रकम भुक्तानी गर्दा आरटीजीएस वा चेक काटेर दुवै माध्यमबाट गर्न पाइने व्यवस्था गरेको थियो।

२० लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्दा भने अनिवार्य रूपमा आरटीजीएसमार्फत गर्ने पर्ने बताएको थियो। ‘२० लाखभन्दा बढीको कारोबार आरटीजीएस प्रणालीमार्फत मात्र गर्नुपर्ने व्यवस्था छ,’ मिश्रले भने, ‘भर्खर मात्र यो प्रणाली सुरु भएकाले अर्को सूचना जारी नभएसम्मका लागि ग्राहकको इच्छाअनुसार २० लाखभन्दा बढी रकम पनि आरटीजीएस वा चेकमार्फत कारोबार गर्न सुविधा दिइएको छ।’ यो प्रणाली संस्थागत भएपछि अर्को सूचना जारी गरी २० लाखभन्दा बढीको भुक्तानी अनिवार्य रूपमा आरटीजीएसमार्फत गरिने उनले बताए।

मिश्रको भनाइ अनुसार यो प्रणाली लागू भए पनि तत्काल ग्राहकको खातामा पैसा आउने भएकाले बजारमा तरलताको गति बढ्ने छ। मिश्रले थपे ‘तत्काल खातामा पैसा आउँछ, यसले मानिसको कार्यक्षमता अभिवृद्धि हुन्छ, बजारमा मुद्रा आपूर्तिको गति बढ्छ, अन्तरबैंकिङ कारोबार छिटो र प्रभावकारी हुन्छ’।

पहिलो चरणमा राष्ट्र बैंकले वाणिज्य बैंकमार्फत आरटीजीएस लागू गरेको हो। वाणिज्य बैंकहरू आरटीजीएसका मुख्य (प्रिन्सिपल) सदस्य हुन्। यस्तै, विकास बैंक र फाइनान्स कम्पनी एसोसिएट सदस्य छन्। आउँदो पुसदेखि विकास बैंक र वित्त कम्पनीमा पनि आरटीजीएस प्रणाली लागू गरिने राष्ट्र बैंकले जनाएको छ।

त्यसपछि सदस्य बैंक तथा वित्तीय संस्थाको खातामा तत्काल रकम जम्मा गर्न मिल्ने सुविधा ग्राहकले पाउनेछन्। यस्तो सेवा बिहान लिँदा प्रतिकारोबार १० रुपैयाँ, मध्याह्न २० रुपैयाँ र साँझ ३० रुपैयाँ तिर्नु पर्छ । बैंकअनुसार यस्तो शुल्क कम पनि हुन सक्छ।

यो निर्देशनले अज्ञानताका कारण चेकमा गलत हस्ताक्षर गर्नेलाई भने असर गर्ने छैन। एकपटक चेकमा गलत हस्ताक्षर भए सम्बन्धित व्यक्ति, फर्म, कम्पनी तथा संस्थाले नयाँ चेक काट्न वा सही हस्ताक्षर गर्न समय पाउनेछन्। तर यसरी दिइएको समयभित्र पनि चेकको हस्ताक्षर सही नभए सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सो व्यक्ति, फर्म, कम्पनी र संस्थालाई कालोसूचीमा राख्न कर्जा सूचना केन्द्रलाई पठाउनुपर्नेछ। दिइएको समयमा गलत हस्ताक्षर सच्च्याइए कारबाही भोग्नुपर्ने छैन।

नयाँ व्यवस्थाअनुसार कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले जारी गरेको चेकको हस्ताक्षर नमिलेको खण्डमा बैंकले सो व्यवस्था धारकलाई चेकको हस्ताक्षर नमिलेको व्यहोरा लिखित रूपमा जानकारी गराउनुपर्नेछ। ‘चेक धारकले चेकको हस्ताक्षर नमिलेको व्यहोरा चेक जारी गर्ने व्यक्ति फर्म, कम्पनी वा संस्थालाई बैंकरवित्तीय संस्थामार्फत जानकारी गराउनुपर्नेछ,’ एकीकृत निर्देशनमा भनिएको छ।

चेक जारी गर्ने व्यक्ति फर्म, कम्पनी वा संस्थाले चेकमा सही हस्ताक्षर नगरेमा वा चेक परिवर्तन नगरेमा धारकले पहिलोपटक चेक पेस गरेको २ कार्य्दिनपश्चात् चेकको रकम भुक्तानी गर्नुपर्ने बैंक वा वित्तीय संस्थामा लिखित रूपमा जानकारी दिनुपर्नेछ।

लिखित जानकारी प्राप्त भएपछि सम्बन्धित बैंक वा वित्तीय संस्थाले चेक जारी गर्ने त्यस्ता व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले ७ दिनभित्र चेकको रकम भुक्तानी गर्नुपर्नेछ। सो मितिभित्र पनि रकम भुक्तानी हुन नसकेमा त्यस्तो चेक खिच्ने व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थालाई उक्त चेक जारी गर्ने बैंक वा वित्तीय संस्थाले अनिवार्य रूपमा कालोसूचीमा सूचीकृत गर्न कर्जा सूचना केन्द्रमा लेखी पठाउनुपर्ने निर्देशन राष्ट्र बैंकले दिएको छ।

‘यसअनुसार नगरेमा बैंक तथा वित्तीय संस्थालाई यसै निर्देशनबमोजिम कारबाही हुनेछ,’ निर्देशनमा उल्लेख छ। तर, चेक हराएको, चोरी भएको वा अनधिकृत रूपमा चेक जारी भएको लिखित निवेदन प्राप्त भएको अवस्थामा भने उक्त कारबाही भोग्नु नपर्ने राष्ट्र बैंकले प्रस्ट्याएको छ।

यो व्यवस्था नेपाली बैंक तथा वित्तीय संस्थामा खाता भई चेक जारी गरेका विदेशी नागरिकसमेतलाई लागू हुने राष्ट्र बैंकले जनाएको छ। ‘यसरी कालोसूचीमा परेका व्यक्ति, फर्म, कम्पनी, संस्थाले बैंक तथा वित्तीय संस्थामा खाता (कल खातासमेत) खोल्न पाउने छैनन्,’ निर्देशनमा उल्लेख छ, ‘कालोसूचीमा रहेको व्यक्ति, फर्म, कम्पनी वा संस्थाको कायम रहेको खातामा रकम जम्मा गर्न भने पाउनेछन्।’

तर, दैनिक जीवनयापनका लागि चाहिने आधारभूत आवश्यक खर्चको प्रयोजनका लागि नेपाल सरकारबाट तोकिएबमोजिमको रकमको हदसम्म रकम निकाल्न, नेपाल सरकारलाई बुझाउनुपर्ने कर, शुल्क, दस्तुर आदि तिर्न, ऋण तिर्ने प्रयोजनका लागि मात्र खाता सञ्चालन गर्न भने पायने राष्ट्र बैंकले जनाएको छ।

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

२०७६, २९ भाद्र आईतवार १७:४८

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

ट्युबमा लुकाएर मदिरा तस्करी

ट्युबमा लुकाएर मदिरा तस्करी

२०७६, २९ भाद्र आईतवार १७:४०

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

२०७६, २९ भाद्र आईतवार १७:४४

यी बिरामीका लागि कागती पानी खतरा:

यी बिरामीका लागि कागती पानी खतरा:

२०७६, ३० भाद्र सोमबार १५:३१

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८