काठमाडौ – इन्द्रजात्रा महोत्सव मनाउन हनुमानढोका दरबार परिसरमा कालभैरवको विशाल मूर्तिअगाडि मंगलबार इन्द्रध्वजासहितको लिंगो ठड्याइएको छ र अब राजधानीमा विभिन्न कार्यक्रमसहित एक सातासम्म इन्द्रजात्रा महोत्सव मनाइन्छ।

इन्द्रध्वजा राखी सांस्कृतिक बाजागाजा, बैन्डबाजा र पञ्चैबाजा बजाएर झण्डैं ३२ हातको लिंगो मंगलबार बिहान ९ बजेर १७ मिनेटको शुभ साइतमा ठड्याइएको थियो। नेपाली भाषामा ’योसीं’ भनिने उक्त लिंगोमा विभिन्न प्रकारका मंगल सूचक चिह्नहरू अंकित पताकाहरू झुन्ड्याइएको थियो। लिंगोको फेदीमा हात्ती चढेको इन्द्रको सानो प्रतिमा राखी पूजाअर्चना गरिएको थियो।

लिंगो ठड्याएपछि सैनिकहरूले बन्दुक पड्काएर बढाइँ गरेका थिए। त्यसपछि गुरुजुको पल्टन, पञ्चैबाजा, बैन्डबाजा,मानन्धरहरूका क्वँचाः खीं बाजा मा मालश्रीको धुन बजाउँदै लिंगो परिक्रमा गरेका थिए।

समारोहस्थलमा किलाघः टोलका ज्यापू समुदायले परम्परागत देवीनाच प्रस्तुत गरेको थियो। साथै, राजप्रतिनिधिका रूपमा राजखड्ग ल्याइएको थियो। लिंगो ठड्याएको हेर्न निकै संख्यामा विदेशी पर्यटकसमेत भेला भएका थिए।

राजधानीदेखि पूर्वमा पर्ने नाला भन्ज्याङको सल्लेरी वनबाट तानेर ल्याइएको उक्त लिंगोलाई बाजागाजासाथ तानेर त्यहाँ र्पुयाइएको थियो। इन्द्रजात्राको अवसरमा लिंगो ठड्याउने परम्परा राजा सिंहप्रताप शाहले चलाएका थिए।

लिंगो ठड्याएको ठाउँसँगै रहेको इन्द्रपुरको मन्दिरको माथिल्लो तलामा सुनको इन्द्रेश्वर महादेवको मूर्ति र हनुमानढोका दरबारसँगै सुनको मोलम्मा लगाइएको श्वेत भैरव (सभा मुख) को विशाल प्रतिमा पनि प्रदर्शनका लागि राखिएका थिए। साथै काष्ठमण्डप (मरुसत्तल) अगाडि अग्लो डबली बनाई त्यसमाथि खटमा इन्द्रको मूर्तिलाई डोरीले बाँधेर प्रदर्शनका लागि राखिएको थियो।

इन्द्रजात्रा मनाउन कुमारीघर, मरुसत्तल, सिंल्यँ सत्तल, हनुमानढोका दरबार लगायत मन्दिरमा रङरोगन लगाई नयाँ झल्लर राखी सिंगारिएको छ। इन्द्रचोकमा रहेको आकाश भैरवको मूर्तिलाई राति बाहिर खट बनाएर विभिन्न प्रकारका रंगीचंगी फूलले सिंगारेर राखिएको थियो।

लोकप्रिय

अष्ट्रेलिया काण्डः पीडित युवतीले दिइन् अष्ट्रेलियाबाटै उजुरी

अष्ट्रेलिया काण्डः पीडित युवतीले दिइन् अष्ट्रेलियाबाटै उजुरी

२०७६, ९ माघ बिहीबार १५:४८

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

२०७६, ९ माघ बिहीबार १९:५८

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा नै हुने

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा…

२०७६, १० माघ शुक्रबार २०:०२

प्राचिनकालमा यसरी हुन्थ्यो सेक्स !

प्राचिनकालमा यसरी हुन्थ्यो सेक्स !

२०७६, ९ माघ बिहीबार १८:५२

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

२०७६, १० माघ शुक्रबार ०७:२६

विश्व बैंकको लगानीबाट पथलैया–ढल्केबर सडक ४ लेनकाे बनाइने

विश्व बैंकको लगानीबाट पथलैया–ढल्केबर सडक ४ लेनकाे बनाइने

२०७६, ९ माघ बिहीबार १५:२१

बिमलराज क्षेत्रीको ‘ऐना हेरी हेरी’ टिकटकमा सबैभन्दा हिट (भिडियो सहित)

बिमलराज क्षेत्रीको ‘ऐना हेरी हेरी’ टिकटकमा सबैभन्दा हिट (भिडियो सहित)

२०७६, ९ माघ बिहीबार १५:१३

अदालतमा उपस्थित नभई सिद्धबाबा भारततर्फ फरार

अदालतमा उपस्थित नभई सिद्धबाबा भारततर्फ फरार

२०७६, ९ माघ बिहीबार १७:४३

पेट्रोलियम अन्वेषणमा साइस्किम सर्भे शुरु

पेट्रोलियम अन्वेषणमा साइस्किम सर्भे शुरु

२०७६, ९ माघ बिहीबार ०८:४९

मन्त्रिपरिषद् बैठककाे ३२ निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठककाे ३२ निर्णय सार्वजनिक

२०७६, ९ माघ बिहीबार १८:११

विश्व क्रिकेट हस्तीका केहि प्रसिद्ध भनाइहरु

विश्व क्रिकेट हस्तीका केहि प्रसिद्ध भनाइहरु

२०७६, ९ माघ बिहीबार १४:२२

शुक्रबार सार्वजनिक बिदा

शुक्रबार सार्वजनिक बिदा

२०७६, ९ माघ बिहीबार १५:५४

न्युजिल्याण्डका विलियमसनले तोडे धोनीको रेकर्ड

न्युजिल्याण्डका विलियमसनले तोडे धोनीको रेकर्ड

२०७६, १० माघ शुक्रबार १६:५५

फ्रिजमा के–कस्ता खानेकुराहरु राख्न हुदैन ?

फ्रिजमा के–कस्ता खानेकुराहरु राख्न हुदैन ?

२०७६, ९ माघ बिहीबार १७:१५

राष्ट्रकल्याणको कामना गर्दै बुद्ध पूजा

राष्ट्रकल्याणको कामना गर्दै बुद्ध पूजा

२०७६, ९ माघ बिहीबार १९:३२