काठमाडौं – नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान मंगलबारदेखि सुरू गरेको छ। वीपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसर पारेर कांग्रेस मंगलबार देशका तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा १०६ वटाका दरले वृक्षरोपण गर्दै जागरण अभियानको सुरुवात गरेको हो।

जागरण अभियानका लागि कांग्रेसले सबै प्रदेशसभा क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाएको छ। शीर्ष नेताहरूले विभिन्न जिल्लामा रहेका प्रदेशसभा क्षेत्रमा हुने कार्यक्रमको उद्घाटन गर्दैछन्। सभापति शेरबहादुर देउवा र उपसभापति विजयकुमार गच्छदार सुनसरीमा हुने कार्यक्रममा सहभागी भएका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल पोखरा, उपसभापति विमलेन्द्र निधि धनुषा, महामन्त्री शशांक कोइराला मकवानपुर, अर्का महामन्त्री पूर्णबहादुर खड्का भक्तपुर, कोषाध्यक्ष सीतादेवी यादव काठमाडौंमा आयोजना हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रदेशसभा क्षेत्रमा १५ दिनसम्म विभिन्न कार्यक्रम हुने बताएका छन्। कांग्रेसले यो पटक युवा केन्द्रित रहेर जागरण अभियान गर्ने र एक लाख जना युवासँग साक्षात्कार गर्ने जनाएको छ। एकदिन मात्रै प्रदर्शन र विरोधका कार्यक्रम तय गरिएको हुने बताएका छन्।

असोज ७ गते ७७ जिल्ला सदरमुकाममा विरोधसभा गर्ने कांग्रेसको तयारी छ। कांग्रेसले वैशाख २५ देखि जेठ २५ सम्म पहिलो चरणमा जागरण अभियान गरेको थियो। संघीय विधान अनुसार प्रदेशसभा र संघीय निर्वाचन क्षेत्रमा कार्यसमिति गठन गरेको कांग्रेसले पार्टी गतिविधिलाई थप सशक्त बनाउने बताएको छ।

लोकप्रिय

घूससहित वडाअध्यक्ष पक्राउ

घूससहित वडाअध्यक्ष पक्राउ

२०७६, ३ मंसिर मंगलवार १७:४०

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

२०७६, २ मंसिर सोमबार १९:५२

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

२०७६, २ मंसिर सोमबार ११:३५

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

२०७६, २ मंसिर सोमबार १७:०८

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

२०७६, ३ मंसिर मंगलवार १७:१७

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

२०७६, २ मंसिर सोमबार ११:३४

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

२०७६, ३ मंसिर मंगलवार २०:०५

पर्यटकीय स्थलको प्रवद्धर्न

पर्यटकीय स्थलको प्रवद्धर्न

२०७६, २ मंसिर सोमबार १२:३९

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

२०७६, ३ मंसिर मंगलवार १३:१२

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

२०७६, ३ मंसिर मंगलवार ०७:२७

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

२०७६, २ मंसिर सोमबार ११:२०

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

२०७६, ३ मंसिर मंगलवार १७:०६

अब प्रियंका म्यूजिक भिडियो निर्देशनमा पनि (भिडियो सहित)

अब प्रियंका म्यूजिक भिडियो निर्देशनमा पनि (भिडियो सहित)

२०७६, २ मंसिर सोमबार २०:५०

‘माछा–माछा’ सिनेमाको ‘म्याडम–म्याडम’ बोलको आइटम गीत रिलिज (भिडियो सहित)

‘माछा–माछा’ सिनेमाको ‘म्याडम–म्याडम’ बोलको आइटम गीत रिलिज (भिडियो सहित)

२०७६, ३ मंसिर मंगलवार ११:५६

कांग्रेसको प्रतिबद्धतापत्र सार्वजनिक

कांग्रेसको प्रतिबद्धतापत्र सार्वजनिक

२०७६, ३ मंसिर मंगलवार १७:१५