काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ। दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनका अनुसार आजको बैठकले छ वटा महानगर, प्रवास कमिटी र आयोगहरुको टुंगो लगाउन सक्ने सम्भावना छ।

नेकपाका नेताहरूबीच भएको अनौपचारिक सहमतिअनुसार छ महानगरमध्ये काठमाडौं, विराटनगर, पोखरा, भरतपुर पूर्वएमाले ललितपुर र वीरगञ्ज महानगरपालिकाको नेतृत्व पूर्वमाओवादीको भागमा पर्ने सम्भावना छ।

यस्तै प्रवास कमिटीको इन्चार्ज केन्द्रीय सदस्य विन्दा पाण्डे र सहइन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यहरू युवराज कार्की र युवराज चौलागाईंलाई दिने तयारी नेकपा नेतृत्वको छ। आजैको बैठकले केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोगको नेतृत्व पनि टुंगो लगाउन बताएको छ।

सचिवालय बैठक बस्नुअघि दुई अध्यक्ष, सचिवालय सदस्य रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेल बसेर पार्टी एकताका बाँकी काम टुंगो लगाउने तयारी गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना ठूलो बुवाको निधन भएपछि चितवन जान परेकाले सो छलफल भने हुन सकेको थिएन।

प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा उपचार गरेर फर्किएपछि पहिलो पटक नेकपा सचिवालय बैठक बस्न लागेको हो। प्रधानमन्त्री सिंगापुर जानुअघि भएको सचिवालय बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष ओलीबीच बाझाबाझ भएको थियो।

प्रधानमन्त्री ओली भदौ ५ गते सिंगापुर गएका थिए। ओली नहुँदा अर्का अध्यक्ष दाहालले पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक राखेका थिए।

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८

महिनावारीसम्बन्धि केहि तथ्यहरू

महिनावारीसम्बन्धि केहि तथ्यहरू

२०७६, २८ भाद्र शनिबार १६:१७

उच्च फर्ममा रहेका सन्दीपको आज अर्को परीक्षा

उच्च फर्ममा रहेका सन्दीपको आज अर्को परीक्षा

२०७६, २९ भाद्र आईतवार १५:२३

भ्यालेन्सियामाथि बार्सिलोनाको शानदार जित

भ्यालेन्सियामाथि बार्सिलोनाको शानदार जित

२०७६, २९ भाद्र आईतवार १०:४२

अब चार रुपैयाँमै विद्युतीय सवारी चार्ज गर्न सकिने

अब चार रुपैयाँमै विद्युतीय सवारी चार्ज गर्न सकिने

२०७६, २९ भाद्र आईतवार १६:२३

डेङ्गु संक्रमणबारे जान्नेपर्ने केहि कुराहरू

डेङ्गु संक्रमणबारे जान्नेपर्ने केहि कुराहरू

२०७६, २९ भाद्र आईतवार १३:०८

आयुष्मानको फिल्म ‘ड्रीम गर्ल’को ऐतिहासिक सुरुवात

आयुष्मानको फिल्म ‘ड्रीम गर्ल’को ऐतिहासिक सुरुवात

२०७६, २८ भाद्र शनिबार १६:२५

हिमाल, पहाड र तराई जोड्दै बुद्ध शान्ति पदमार्ग

हिमाल, पहाड र तराई जोड्दै बुद्ध शान्ति पदमार्ग

२०७६, २८ भाद्र शनिबार १४:१७