काभ्रेपलाञ्चोक –  पाँचखाल नगरपालिकास्थित माविका विद्यार्थीका लागि तरकारी तथा अन्य बालीमा विषादी प्रयोग न्यूनीकरण सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। लभ ग्रिन नेपाल नामक संस्थाले यस क्षेत्रका सामुदायिक तथा निजी विद्यालयका मावि तहका विद्यार्थीलाई अनाधिकृत विषादी प्रयोग गर्दा मानव स्वास्थ्य तथा कृषि तथा वातावरणमा पर्ने असरबारे भदौ दोस्रो साताबाट सचेतना गराउँदै आएको हो।

पाँचखाल क्षेत्रका सबै मावि तहका विद्यालयका ९ र १० कक्षाका विद्यार्थीलाई कक्षामै विषादीको अनाधिकृत प्रयोगले मानव स्वास्थ्य तथा कृषि पर्यावरण प्रणालीमा पर्ने असरबारे भिडियो, अडियो तथा अन्य प्रस्तुतिबाट जानकारी गराउँदै आएका छौँ, संस्थाका कार्यकारी निर्देशक नारायण ज्ञवालीले भने।

पाँचखाल क्षेत्रमा उत्पादित विभिन्न थरीका तरकारीमा विषादीको अवशेषको मात्र परीक्षण गर्दा खानयोग्यभन्दा पनि कम इमिशन रेट भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार ३५ देखि ४५ इमिशन रेटसम्म भएका तरकारी खानयोग्य हो ।

जैविक विषादीको माध्यमबाट तरकारी उत्पादन गर्ने उद्देश्यले अगुवा कृषकका लागि आइपिएम प्रविधि सिकाइएको संस्थाका कार्यकारी निर्देशक ज्ञवालीले बताएका छन्। उनका अनुसार लभ ग्रिन नेपालको प्राविधिक सहयोगमा पाँचखालमा १७ वटा तीनमहिने कृषक पाठशाला सञ्चालन गरी तरकारी बालीमा आइपिएम प्रविधि सिकाइएको हो।

हाल पाँचखाल क्षेत्रमा विशेषगरी बेमौसमी काउली, गोलभेँडा, खुर्सानी र मूला खेती गरिएको छ। मौसमी तथा बेमौसमी तरकारी खेती आईपीएम प्रविधिबाट गर्न सकिने प्रविधि कृषकलाई सिकाइएको संस्थाका समन्वय अधिकृत विमल दुलालले बताएका छन्।

उनका अनुसार पछिल्ला वर्षमा पाँचखाल क्षेत्रका तरकारीमा विषादीको मात्रा न्यून हुँदै गएको विभिन्न परीक्षणबाट देखिएको छ। पाँचखाल क्षेत्रमा जैविक विषादी प्रयोग गरी तरकारी उत्पादनतर्फ आकर्षित गर्न कृषक पाठशालाबाट विस्तार तथा न्यून लागतमा स्वस्थ तरकारी उत्पादनमा समेत वृद्धि गर्दै जाने योजना बनाइएको छ।

पाँचखालका अगुवा कृषक तेजप्रसाद तिमल्सिनाले आइपिएम प्रविधिबाट तरकारी खेती गर्न सके उत्पादन लागत कम हुने बताए। उनले भने जैविक विषादी आफैँले उत्पादन गर्दा कम लागत र तरकारीमा अन्य खतरनाक प्रकारका विषादी पनि नहुने भएकाले आइपिएम प्रविधि उपयुक्त देखिन्छ।

कृषक पाठशालामा माटो परीक्षण एवं सुधार तथा जैविक विषादी उत्पादन र प्रयोग गरी तरकारी उत्पादनबारे भिडियो, डकुमेन्ट्रीद्वारा प्रशिक्षण दिइएको छ। जैविक विषादीको प्रयोगबाट उत्पादित तरकारी प्रयोग गर्दा मानव स्वास्थ्य र वातावरणलाई स्वस्थ, स्वच्छ हुने विषयलाई तालीममा जोड दिइएको ज्ञवालीले जानकारी दिए।

-रासस

लोकप्रिय

इलेक्ट्रिक कार चार्ज गर्न सकिने पावर बैंककाे विकास

इलेक्ट्रिक कार चार्ज गर्न सकिने पावर बैंककाे विकास

२०७६, ६ फाल्गुन मंगलवार २०:३४

बुधबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

बुधबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ७ फाल्गुन बुधबार १९:५८

विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन मोदी र ट्रम्पले संयुक्त रुपमा गर्ने

विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन मोदी र ट्रम्पले संयुक्त…

२०७६, ७ फाल्गुन बुधबार १६:१५

होसीयारः यौनजीवनसँग आबद्ध महिलामा हुनसक्छ, पाठेघरको मुखको क्यान्सर

होसीयारः यौनजीवनसँग आबद्ध महिलामा हुनसक्छ, पाठेघरको मुखको क्यान्सर

२०७६, ६ फाल्गुन मंगलवार १०:१३

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ८ फाल्गुन बिहीबार २०:०१

रंगशाला निर्माण सहयाेगार्थ निर्मित फिल्म ‘सेन्टी भाइरस’ को गीत ‘ए नि लै’ सार्वजनिक

रंगशाला निर्माण सहयाेगार्थ निर्मित फिल्म ‘सेन्टी भाइरस’ को गीत ‘ए…

२०७६, ७ फाल्गुन बुधबार १८:११

तेन्दुलकरलाई ‘लउरेस स्पोर्टिङ मोमेन्ट’ अवार्डबाट सम्मानित

तेन्दुलकरलाई ‘लउरेस स्पोर्टिङ मोमेन्ट’ अवार्डबाट सम्मानित

२०७६, ६ फाल्गुन मंगलवार १७:५६

दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

२०७६, ६ फाल्गुन मंगलवार १७:५४

‘‘ईन्तु, परन्तु, किन्तुको अर्थ छैन्, सिधा बर्खास्त गर्नुहोस।’’

‘‘ईन्तु, परन्तु, किन्तुको अर्थ छैन्, सिधा बर्खास्त गर्नुहोस।’’

२०७६, ८ फाल्गुन बिहीबार १०:२०

‘मिर्मिर कपालैमा’ लिएर आए  घोरासैनी

‘मिर्मिर कपालैमा’ लिएर आए  घोरासैनी

२०७६, ६ फाल्गुन मंगलवार ०८:५१

पर्यटक बढाउन ‘चितुवा’

पर्यटक बढाउन ‘चितुवा’

२०७६, ६ फाल्गुन मंगलवार १५:२६

अब टेलिकमले पनि इन्टरनेटमा आधारित टेलिभिजन सेवा दिने

अब टेलिकमले पनि इन्टरनेटमा आधारित टेलिभिजन सेवा दिने

२०७६, ६ फाल्गुन मंगलवार १४:५८

पर्साका ५ प्रतिशत नागरिक भारतीय ढिकेनुनमाथि निर्भर

पर्साका ५ प्रतिशत नागरिक भारतीय ढिकेनुनमाथि निर्भर

२०७६, ६ फाल्गुन मंगलवार १७:५२

एफआई इन्जिन र एबीएससहित ‘पल्सर २२०’ सार्वजनिक

एफआई इन्जिन र एबीएससहित ‘पल्सर २२०’ सार्वजनिक

२०७६, ६ फाल्गुन मंगलवार १७:३६

हिरोकाे १ सय ६० सीसीको नयाँ मोटरसाइकल सार्वजनिक

हिरोकाे १ सय ६० सीसीको नयाँ मोटरसाइकल सार्वजनिक

२०७६, ६ फाल्गुन मंगलवार १६:०१