काठमाडाैं – इन्द्रजात्राका लागि खडा भएको अक्षयकोष, पशुपतिको भेटीको चुहावट, डेङ्गु रोग, शिक्षा क्षेत्रमा देखिएको व्यथिति, डोल्पो महोत्सव, मेलम्ची खानेपानी, गौहत्या, गोर्खामा भएको बाघभालु आतङ्कको विषयले सदनमा प्रवेश पाएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद विना कुमारी श्रेष्ठले काठमाडौं उपत्यकामा मनाइने महत्वपूर्ण जात्रा इन्द्रजात्रा सञ्चालनका लागि सरकारले पाँच करोडको अक्षयकोष स्थापना गरेको जानकारी गराउँदै त्यसका लागि सरकारलाई बधाई ज्ञापन गरे।

सांसद सुचिता शाक्यले पशुपतिको भेटी चुहावट भएर विदेश पुगेको कुरा सुनिन आएको हुँदा भेटीको पारदर्शिता कायम गर्न र हुन सक्ने चुहावट रोक्न निगरानी गर्न पशुपतिमा स्क्यानिङ मेशिनको व्यवस्था गर्न माग गरे।

सांसद विनादेवी बुढाथोकीले निकै छिटो गतिमा डेङ्गु रोग फैलिएकामा जनता निकै आत्तिएका हुँदा यसको प्रभावकारी नियन्त्रणका लागि सरकारबाट ठोस कदम चालियोस् भने।

सांसद सुजाता परियारले मुलुकमा अहिले धेरै ठाउँमा डेङ्गु फैलिएको हुँदा सहजरुपमा परीक्षण र उपचार सबै ठाँउमा गर्ने व्यवस्था मिलाउन सरकारलाई सुझाव दिए।

सांसद लालकाजी गुरुङले सङ्घीय संसद्का सबै सांसदको भूमिका र जिम्मेवारी एकै भए पनि प्रत्यक्ष निर्वाचित सांसदलाई सरकारले रु. ६ करोड उपलब्ध गराए पनि समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका सांसदलाई निम्छरा सम्झेर होला छ पैसा पनि रकम नछुट्याइएको भनी गुनासो गरे।

सांसद विमला विश्वकर्माले रसुवाको केरुङ नाकामा केही दिनअघि प्रहरीको कुटाइबाट चालक आशिष तामाङ गम्भीर घाइते भएको हुनाले त्यस्तो ज्यादती गर्ने सुरक्षाकर्मीमाथि हदैसम्मको कारवाही गर्न माग गरे।

सांसद शान्तिमाया तामाङले अत्यावश्यक दैनिक खाद्य पदार्थमा दशैँ र तिहारका बेला हुने मूल्यवृद्धि रोक्न सुपथ मूल्यका पसल देशभर नै सञ्चालन गरेको र पेट्रोलको मूल्य घटाउने काम भएकामा सरकारको प्रशंसा गर्दै अब यातायातलाई सहज तुल्याउने र समयमा पूर्वाधारको काम सम्पन्न गर्नेतर्फ सबैको ध्यान जानुपर्छ भनिन्।

सांसद सत्यनारायण खनालले मुलुकको सरकारी विद्यालयबाट प्रदान गरिने शिक्षाको अवस्था भद्रगोल रहेको हुँदा शिक्षकलाई तालीम दिएर सुधार्नेतर्फ सरकारले गम्भीरतापूर्वक सोच्न आवश्यक छ भने।

सांसद सत्य पहाडीले विश्वकै अग्लो मानव बस्तीका रुपमा रहेको डोल्पाको डोल्पोमा भइरहेको महोत्सवको सफलताको कामना गर्दै शान्ति सम्झौताको मर्म र भावनाअनुसार मुलुकमा सङ्क्रमणकाल अन्त्य भएको सन्देश दिने काम गर्न सरकार र राजनीतिक दललाई सुझाव दिए।

सांसद सरलाकुमारी यादवले पाँच वर्षदेखि दशैँमा काठमाडौँवासीलाई मेलम्चीको पानी खान पाउने भनी आश देखाए पनि अहिले आएर आयोजना अनिश्चित रहेको खबर सुन्नुपर्दा नरमाइलो लागेको भनी गुनासो गरेका छन्।

सांसद सरवत आरा खानमले विद्यालय हिँडेकी छात्रामाथि भएको एसिड प्रहार र राष्ट्रिय जनावर गौहत्याका घटनाले सारा नेपालीको मनमा चोट परेको बताउछन्।

लोकप्रिय

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

२०७६, २ मंसिर सोमबार १९:५२

घूससहित वडाअध्यक्ष पक्राउ

घूससहित वडाअध्यक्ष पक्राउ

२०७६, ३ मंसिर मंगलवार १७:४०

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

२०७६, ४ मंसिर बुधबार १४:२३

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

२०७६, २ मंसिर सोमबार ११:३५

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

२०७६, २ मंसिर सोमबार १७:०८

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

२०७६, ३ मंसिर मंगलवार १७:१७

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

२०७६, २ मंसिर सोमबार ११:३४

पर्यटकीय स्थलको प्रवद्धर्न

पर्यटकीय स्थलको प्रवद्धर्न

२०७६, २ मंसिर सोमबार १२:३९

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

२०७६, ३ मंसिर मंगलवार २०:०५

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

२०७६, ४ मंसिर बुधबार १८:०७

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

२०७६, ३ मंसिर मंगलवार १३:१२

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

२०७६, ३ मंसिर मंगलवार ०७:२७

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

२०७६, २ मंसिर सोमबार ११:२०

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

२०७६, ३ मंसिर मंगलवार १७:०६

‘माछा–माछा’ सिनेमाको ‘म्याडम–म्याडम’ बोलको आइटम गीत रिलिज (भिडियो सहित)

‘माछा–माछा’ सिनेमाको ‘म्याडम–म्याडम’ बोलको आइटम गीत रिलिज (भिडियो सहित)

२०७६, ३ मंसिर मंगलवार ११:५६