
काठमाडौं — झन्डै १५ महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुलाउन दुई देशबीचका श्रम अधिकारीहरुको बैठक बिहीबार बस्नेगरी टुङ्गिएको छ । मलेसिया जाने कामदारको बायोमेडिकल प्रणाली अनुसार स्वास्थ्य परीक्षण गर्ने संस्थाका विषयमा दुई देशबीच बसेको छलफलमा कुरा नमिल्दा बैठक लम्बिएको हो।
श्रम सम्झौतालाई कार्यान्वयन गर्न दुवै देशका उच्च अधिकारीहरु संलग्न संयुक्त कार्यदल बैठक मलेसियामा बसेको हो। बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा टोलीसहभागी छ।
घिमिरेले दुई पक्षबीच सम्झौतालाई कार्यान्वयन गर्ने विषय सकारात्मक रुपमा अघि बढेको बताए। उनले सकारात्मक र सौहार्दपूर्ण हिसाबले बैठक भइरहेकोले बैठकमा उठेका विषयहरु बताउँदा हतार हुने बताए। ‘दुवै पक्षबीच सहमतिको नजिक पुगेका छौं,’ उनले भने, ‘भोलिसम्म टुंगिनेछ।’
नेपालले गत साउन २१ गते नै स्वास्थ्य मापदण्ड पूरा गरेको भन्दै ३६ वटा पुराना स्वास्थ्य संस्थासहित १ सय २२ वटा संस्थाको प्रस्तावित सूची पठाएको थियो। नेपालले पठाएको स्वास्थ्य संस्थाको पत्रको जवाफ दिँदै एक साताअघि मलेसियाले नयाँ स्वास्थ्य संस्था थप्न तयार भएको जनाएको थियो। मेडिकल संस्थाको छनोट विषयमा दुई देशबीच सहमति भएलगत्तै मलेसियाको रोजगारी खुल्नेछ।
‘मलेसिया र नेपाल दुवैको संयुक्त प्रयासबाट कामदारको हित, अधिकार र सुरक्षालाई संरक्षण गर्न सकिन्छ,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले भने,‘यसैमा हामी केन्द्रित भएका छौं। यो बैठकबाट सबै बिषयहरु टुंगिने आशा राखेको छु। यसतर्फ मलेसिया पनि सकारात्मक छ।’


लोकप्रिय

सुत्केरी मसला कसरी बनाउने ?
२०७६, १८ मंसिर बुधबार १४:१२

१३ औं सागमा नेपालको स्वर्ण संख्या २९, समग्र सागमा सय…
२०७६, १८ मंसिर बुधबार २०:३१

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन
२०७६, १९ मंसिर बिहीबार १९:४३

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय
२०७६, १९ मंसिर बिहीबार १३:२०

बाहिर निस्किएको पेट लाई नियन्त्रण गर्न ओखर खाँनुहोस्
२०७६, १८ मंसिर बुधबार १०:४४

१३ औं सागः श्रीलंकासँग भिड्दै नेपाल
२०७६, १८ मंसिर बुधबार १२:२८

लागुऔषधसहित युवक पक्राउ
२०७६, १८ मंसिर बुधबार १७:४३

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा
२०७६, १९ मंसिर बिहीबार १६:४९

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु
२०७६, १९ मंसिर बिहीबार १६:३६

महिला भलिबलको फाइनलपश्चात् खेलाडीको आँखामा छचल्किएको त्यो आँशु!
२०७६, १८ मंसिर बुधबार १४:५४

स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन युनिभर्सिटीले हल्ट पुरस्कार सञ्चालन गर्दै
२०७६, १८ मंसिर बुधबार २१:४७

एक साताको अवधिमा २४ हजार पटक फोन गरि सताएको आरोपमा…
२०७६, १८ मंसिर बुधबार १५:४६

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!
२०७६, १९ मंसिर बिहीबार ०६:५६

१३ औं सागः नेपालको स्वर्ण संख्या २७ पुग्यो (तालिकासहित)
२०७६, १८ मंसिर बुधबार १४:०२

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्
२०७६, १९ मंसिर बिहीबार ०९:४९
