काठमाडौं – काठमाडौंबाट बालाजु हुँदै जाने नागार्जुन–जामार्चा सडकखण्ड जिर्ण हुँदा समस्या देखिएको छ। ठेकेदारले सडकको निर्माणकार्य समयमै नसक्दा आवतजावतमा समस्या भएको हो।

‘पानी परेको बेलामा त गाडी चलाउन नै सकिदैन्,’ नागार्जुन–जामार्चा सडकखण्डमा चल्ने बसका चालक शिशिर राईले नेपाली पब्लिकसँग भने, ‘बाटो नबन्दा निकै समस्या भएको छ।’

बाटाे साँघुरो भएका कारण पनि थप समस्या भइरहेको उनले सुनाए। जिर्ण र साँघुरो बाटोका कारण अत्याधिक ट्राफिक जाम हुने गरेको चालक राईको अनुभव छ।

नागार्जुन–जामार्चा सडकखण्ड निर्माणकार्य २ वर्षअघिदेखी नै शुरु भएको हो। तर, निर्माण कम्पनीको ढिलासुस्तीका कारण निर्माणकार्य सम्पन्न नभएको नागार्जुन नगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले बताए।

‘सडक बिस्तार र कालोपत्रे गर्नका लागि २ वर्षअघि नै बजेट बिनियोजन भएको हो,’ वडाध्यक्ष रिजालले भने, ‘तर विभिन्न अवरोधहरुका कारण सम्पन्न हुन सकेको छैन्।’

बाटो निर्माण गर्ने क्रममा खानेपानीको पाइप राख्ने कार्य र बाटोमा परेका २ वटा घर हटाउने क्रममा केहि ढिलाई भएको उनले स्पष्ट पारे।

वडाध्यक्ष रिजालका अनुसार काठमाडौं महानगरपालिका कार्याललयले राधाकृष्ण मन्दिरदेखी रानीबन जाने बाटोसम्मका लागि टेण्डर निकालेको हो। ‘शुरुमा खानेपानीको पाईप राख्नुपर्ने भएकोले हिउँदमा काम हुन सकेन्,’ बाटो निर्माणको ठेक्का पाएका ठेकेदारको भनाई उद्घृत गर्दै उनले भने, ‘पछि वर्षात लागेपछि काम गर्न नसकिने बताइरहेका छन्।’

यो बाटो निर्माणको ठेक्का कमिन्द्र निर्माण सेवाले पाएको छ। यो सडक निर्माण र कालोपत्रेको लागि ३ करोड बजेट ३१ लाख ७६ हजार बजेट छुट्याइएको वडाध्यक्ष रिजालले जानकारी दिए।

बाटो निर्माण कार्यमा अझै पनि केहि अवरोध रहेको बताउदैँ उनले भने, ‘अझै केहि घरहरु परेको भन्ने सुनेका छौ, महानगरपालिकाको टोलीसँग मिलेर छिट्टे त्यसको पनि समाधान निकाल्छौ।’

विविध कारणले सडक निर्माण हुन नसक्दा निकै सास्ती भोग्नुपरिरहेको स्थानियहरुको गुनासो छ। ‘पानी परेको बेलामा बाटो हिलो भएर हिड्नै नसक्ने हुन्छ,’ स्थानियवासी ओम राजबाघ भन्छन्, ‘धेरै वर्षदेखी हामीले यो पिडा भोगीरहेका छौ।’

धेरै समयदेखी यो सडकखण्ड निर्माण हुने भन्दै सुन्दै आएका उनी भन्छन्, ‘ठेकेदारहरुको बिस्वास छैन्, बाटो नबनुञ्जेल केहि भन्न सकिदैन्।’

लोकप्रिय

इलेक्ट्रिक कार चार्ज गर्न सकिने पावर बैंककाे विकास

इलेक्ट्रिक कार चार्ज गर्न सकिने पावर बैंककाे विकास

२०७६, ६ फाल्गुन मंगलवार २०:३४

बुधबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

बुधबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ७ फाल्गुन बुधबार १९:५८

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ८ फाल्गुन बिहीबार २०:०१

विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन मोदी र ट्रम्पले संयुक्त रुपमा गर्ने

विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन मोदी र ट्रम्पले संयुक्त…

२०७६, ७ फाल्गुन बुधबार १६:१५

होसीयारः यौनजीवनसँग आबद्ध महिलामा हुनसक्छ, पाठेघरको मुखको क्यान्सर

होसीयारः यौनजीवनसँग आबद्ध महिलामा हुनसक्छ, पाठेघरको मुखको क्यान्सर

२०७६, ६ फाल्गुन मंगलवार १०:१३

रंगशाला निर्माण सहयाेगार्थ निर्मित फिल्म ‘सेन्टी भाइरस’ को गीत ‘ए नि लै’ सार्वजनिक

रंगशाला निर्माण सहयाेगार्थ निर्मित फिल्म ‘सेन्टी भाइरस’ को गीत ‘ए…

२०७६, ७ फाल्गुन बुधबार १८:११

तेन्दुलकरलाई ‘लउरेस स्पोर्टिङ मोमेन्ट’ अवार्डबाट सम्मानित

तेन्दुलकरलाई ‘लउरेस स्पोर्टिङ मोमेन्ट’ अवार्डबाट सम्मानित

२०७६, ६ फाल्गुन मंगलवार १७:५६

दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

२०७६, ६ फाल्गुन मंगलवार १७:५४

‘‘ईन्तु, परन्तु, किन्तुको अर्थ छैन्, सिधा बर्खास्त गर्नुहोस।’’

‘‘ईन्तु, परन्तु, किन्तुको अर्थ छैन्, सिधा बर्खास्त गर्नुहोस।’’

२०७६, ८ फाल्गुन बिहीबार १०:२०

‘मिर्मिर कपालैमा’ लिएर आए  घोरासैनी

‘मिर्मिर कपालैमा’ लिएर आए  घोरासैनी

२०७६, ६ फाल्गुन मंगलवार ०८:५१

पर्यटक बढाउन ‘चितुवा’

पर्यटक बढाउन ‘चितुवा’

२०७६, ६ फाल्गुन मंगलवार १५:२६

अब टेलिकमले पनि इन्टरनेटमा आधारित टेलिभिजन सेवा दिने

अब टेलिकमले पनि इन्टरनेटमा आधारित टेलिभिजन सेवा दिने

२०७६, ६ फाल्गुन मंगलवार १४:५८

पर्साका ५ प्रतिशत नागरिक भारतीय ढिकेनुनमाथि निर्भर

पर्साका ५ प्रतिशत नागरिक भारतीय ढिकेनुनमाथि निर्भर

२०७६, ६ फाल्गुन मंगलवार १७:५२

एफआई इन्जिन र एबीएससहित ‘पल्सर २२०’ सार्वजनिक

एफआई इन्जिन र एबीएससहित ‘पल्सर २२०’ सार्वजनिक

२०७६, ६ फाल्गुन मंगलवार १७:३६

हिरोकाे १ सय ६० सीसीको नयाँ मोटरसाइकल सार्वजनिक

हिरोकाे १ सय ६० सीसीको नयाँ मोटरसाइकल सार्वजनिक

२०७६, ६ फाल्गुन मंगलवार १६:०१