काठमाडौँ– हुलाकी राजमार्ग निर्माणको काम सुरु भएको ११ वर्ष पुग्यो। तर भौतिक प्रगति भने ४४ प्रतिशत मात्र भएको छ। पूर्वको मेची पुलबाट सुरु राजमार्गले महाकालीको महेन्द्रनगरसम्मलाई जोड्नेछ। सुरु भएको लामो समय भए पनि दुई वर्ष यता मात्र निर्माणले गति लिन थालेको हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार पूर्व–पश्चिम हुलाकी राजमार्गको लम्बाइ ९ सय ७५ किलोमिटर र सहायक मार्गको ८ सय १७.४२ किमि रहेको छ। सबै गरेर हुलाकी राजामार्गको कुल लम्बाइ १ हजार ७ सय ९२.४२ किमि हो। सरकारले हुलाकी राजमार्गलाई विकास गर्ने गरी ०६५र०६६ सालमा छुट्टै आयोजना खडा गरेर अध्ययन, डिजाइन र निर्माणको काम थालेको थियो। ‘भारत सरकारको लगानीमा काम सुरु गर्न खोजिएको थियो,’ हुलाकी राजमार्ग निर्देशनालयका निर्देशक अशोक तिवारीले भने, ‘पछि कन्सल्टेन्ट र कन्ट्र्याक्टरले छाडेर गए, त्यसपछि ठेक्का तोडेर फेरि काम सुरु गरिएको हो।’

उनका अनुसार भारत सरकारको लगानीमा थोरै मात्र काम भयो। तर पछि नेपाल सरकार आफैंले ०६६र६७ बाट निर्माणको काम सुरु गरेको हो। ‘पहिला निर्माणमा केही ढिलाइ भएको हो,’ निर्देशक तिवारीले भने, ‘दुई वर्षयता तीव्र गतिमा निर्माणको काम भइरहेको छ र निर्माण सम्पन्न गर्ने समय अवधि ०७९र८० रहेको छ। तराई मधेसका २० जिल्ला भएर बन्ने सडकबाट ८० लाख जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछ।

‘वर्षाको समयमा काम ढिला हुन्छ,’ हुलाकी राजमार्ग योजना कार्यालय जनकपुरका प्रमुख राजेन्द्रप्रसाद दासले भने, ‘धेरै पानी साउन र भदौमा पर्ने हुन्छ, ‘अहिले भदौमा पानी कम परेकाले काम भइरहेको छ ।’यो योजनाले तराईका चार जिल्ला सिरहा, धनुषा, महोत्तरी र सर्लाही जिल्ला हेर्छ।

‘यसमा सहायक मार्गहरू पनि पर्छन्’ उनले भने, ‘त्यही भएर पूर्व–पश्चिमबाट हुलाकी सडकमा जोडिनेछ।’ उनले काम सन्तोषजनक रहेको समेत दाबी गरे। हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत ६ वटा योजना कार्यालयहरू छन्। निर्देशक तिवारीका अनुसार इटहरी, जनकपुर, वीरगन्ज, नेपालगन्ज, धनगढी र कपिलवस्तुमा योजना कार्यालय राखेर कामलाई अघि बढाइएको छ।

तिवारीले योजना कार्यालय नभएको भरतपुर सडक डिभिजन कार्यालयबाट निर्माणको काम सञ्चालन हुँदै आएको बताए। यो आयोजनाको प्रारम्भिक लागत अनुमान ४७ अर्ब २४ करोड रुपैयाँ थियो। संशोधित लागत ६५ अर्ब २० करोड रहेको छ। जसमा भारत सरकारको पनि अनुदान सहयोग जोडिएको छ।

भारत सरकारले ८ अर्ब रुपैयाँ अनुदान सहयोग गरेको छ। निर्देशनालयका अनुसार आयोजना सुरु भएयता भारतीय अनुदानतर्फ ४ अर्ब ३५ करोड ३० लाख रुपैयाँ खर्च भइसकेको छ। समग्रमा २७ अर्ब ५३ करोड ५७ लाख ९४ हजार खर्च भएको आयोजनाले जनाएको छ । हुलाकी सडकमा २ सय १९ वटा पुल बन्नेछन्। जसमध्ये ८५ वटा पुलको निर्माण सम्पन्न भइसकेको छ। ८० वटा निर्माणको क्रममा छन्। ५४ वटा पुलको डिजाइन तयार भइरहेको निर्देशक तिवारीले बताए।

निर्देशनालयले उपलब्ध गराएको तथ्यांकअनुसार ०७५र०७६ मा ३२५ किमि सडक ग्राभेल भएको छ भने १७० किमि सडक कालोपत्रे गरिएको छ। ०७६र०७७ मा १२५ किमि सडक ग्राभेल गर्ने र ३५० किमि सडक कालोपत्रे र १९ वटा पुल बनाउने लक्ष्य निर्देशनालयले लिएको छ।

‘भारतले उत्तर–दक्षिण राजमार्ग बनाउने हो,’ उनले भने, ‘जसका लागि भारतले शोधभर्ना दिँदै आएकाले पैसा आइरहेको छ।’ उनका अनुसार कुल सडकमध्ये ३ सय १७ किमि सडकको निर्माण पूरा गर्नेछ। जसमा १० वटा बाटोको १४ वटा ठेक्का भएको छ। ‘तराईमा पनि तीव्र गतिमा काम भइरहेको छ, अहिले काम सन्तोषजनक छ,’ उनले भने, ‘यसै वर्ष्भित्र प्रगति राम्रो देखिनेछ।’ उनले केही ठाउँमा अवरुद्ध भएकाले पनि निर्माण कार्या ढिलाइ भएको दाबी गरे।

‘हुलाकी सडक पूरा भएपछि धेरै फाइदा हुनेछ,’ उनले भने, ‘सडक बनेपछि दूरी घटनेछ, सडक दुई लेनको बन्नेछ, यो बन्नासाथ आवतजावतमा सहज हुन्छ, यात्रामा छिटो हुनेछ।’ तराईमा विकल्पका रूपमा यो सडक रहनेछ। ‘मेची पुलबाट महाकालीको महेन्द्रनगरसम्म जोडिनेछ,’ उनले भने। सुरुमा बजेटको समस्याले गर्दा पनि ढिलाइ भएको उनको भनाई छ।

लोकप्रिय

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

हतियारधारी समूहद्धारा एक वृद्ध दम्पती लुटिए।

२०७६, ३० भाद्र सोमबार १८:१५

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान दिनुपर्छ

किन तुहिन्छ गर्भ : यसलाई राेकथाम गर्न निम्न विषयमा ध्यान…

२०७६, ३० भाद्र सोमबार १७:३४

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

१ करोड भन्दा बढीको लागतमा सिसीटिभी जडान

२०७६, ३० भाद्र सोमबार १७:३१

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

जलाउदै गरिएकोे शव प्रहरी नियन्त्रणमा

२०७६, ३० भाद्र सोमबार १७:४७

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

नेपालमा गरेको सबै लगानी फिर्ता लैजान कोरियाली दूतावासलाई सरकारको निर्देशन

२०७६, ३१ भाद्र मंगलवार ०९:२१

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

च्याम्पियन्स लिगको पहिलो खेलबाट मैदान फर्कँदै मेस्सी

२०७६, ३१ भाद्र मंगलवार १२:०४

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

२०७६, २९ भाद्र आईतवार १७:४८

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

यी बिरामीका लागि कागती पानी खतरा

यी बिरामीका लागि कागती पानी खतरा

२०७६, ३० भाद्र सोमबार १५:३१