धनुषा — प्रदेश सरकारको ‘हात हातमा जागिर र खेत खेतमा पानी’ भन्ने नारा! नारामै सीमित हुने आशंका सरोकारवालाहरुले गरेका छन्। अहिले किसानको घाउमा मलहम लगाउने समयमा प्रदेश सरकार साइकल वितरण गर्ने कार्यक्रममा व्यस्त देखिन्छ। लामो समयदेखि तराईका आठ जिल्लामा वर्षा हुन नसक्दा खडेरीको सम्भावना बढेर गएको   सम्पुर्ण किसान बताउँछन्।

समयमा वर्षा नहुदा तथा सिँचाइको अभावमा अधिकांश जिल्लामा धान रोपाइँमा असर परेको छ भने रोपिएका धान पानीको अभावमा सुक्न थालेको छ। कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा ६४ हजार ६ सय हेक्टरमा धानखेती हुँदै आएकामा करीब २५ हजार हेक्टर सिञ्चित क्षेत्र रहेको र बाँकी असिञ्चित क्षेत्र रहेको छ।

कमला सिँचाइ, हर्दिनाथ सिँचाइ, बालगङ्गा सिँचाइलगायत सिँचाइ आयोजनाबाट १२ हजार हेक्टर जग्गामा सिँचाइ हुने गरेको उक्त केन्द्रले जनाएको छ। लामो समयदेखि तराई–मधेश क्षेत्रमा वर्षा नहुँदा लहलहाउँदो धान अहिले सुक्न थालेको छ। वर्षातका बेला बाढी पसेको मौकामा रोपाइँ गरेका कृषक लामो समयसम्म पानी नपरेर धान सुक्न थालेपछि चिन्तित बनेका छन्।

बाढीको बेला खेतमा लगाइएको धानखेत अहिले पानी नपर्दा चिराचिरा परेको उनीहरूले बताए्। बटेश्वर गाउँपालिका– ५ शान्तिपुरका किसान महेश यादवले पानी नपर्दा एक बिघा जमीनमा लगाएको धान सुक्न थालेको छ भने। उनले जोड दिए, ‘लामो समयदेखि पानी नपर्दा मोटरबाट पानी लगाउने गरेका छौँ, सिँचाइको व्यवस्था नहुँदा कल (ट्युबवेल) बाट खेतमा पानी लगाउँदै आएका छौँ तर त्यसले केही धान्दैन।’

मिथिला नगरपालिकाका युवा नेता सोमप्रसाद शर्माले लामो समयदेखि वर्षा नहुँदा किसानले लगाएको धान सुक्न थालेको बताए। उनले भने,‘सिँचाइ सुविधा छैन, तर अहिले धानमा पर्याप्त पानी जम्नुपर्ने बेला हो।’ क्षीरेश्वरनाथ नगरपालिका वडा नं ४ का वडाध्यक्ष तथा कृषक जगदीश यादवले समयमा पानी नपरेर किसानले खेतमा लगाएको धानबाली सखाप हुने अवस्थामा पुगेको बताए। जिल्ला समन्वय समितिका सभापति रामदेव यादवले ‘पम्पसेटबाट जसोतसो खेतमा पानी लगाउँदै आइएको छ तर यसबाट लगाइएको पानी खेतमा लामो समयसम्म नटिक्ने र पानी अभावले गर्दा धान उत्पादनमा कमी आउने गुनासो गरे।

लामो समयदेखि पानी नपरेर धानखेत चिराचिरा पर्न थालेपछि जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साहले सिँचाइको सुविधाका लागि पहल थाल्नुभएको छ। जनकपुरधाम उपमहानगरपालिका– २१ लोहनामा सिँचाइका लागि वर्षौं पहिले गाडिएका १२ इञ्चका दुई वटा डिप बोरिङबाट लोहना र देवडिहामा तत्काल सिँचाइ सुविधा पुर्याउने तयारी थालिएको छ।

उपमहानगरपालिकाले किसानको खेतमा डिप बोरिङको पानी पु्र्याउन रु पाँच लाख पेस्की निकालेर डिप बोरिङ मर्मत सुधार र कुलो निर्माणको काम शुरु गरिसकेको उनले बताए। प्रदेश २ को कृषि निर्देशनालयका निर्देशक ओमप्रकाश विराजीले प्रदेश २ को १ सय ३६ स्थानीय तहमा पाँच लाख ४७ हजार २ सय २६ हेक्टर जग्गा खेतीयोग्य रहेकामा पछिल्लो केही वर्षयता खेती गर्ने क्रम घट्दै गएर अहिले पाँच लाख २६ हजार ६५ हेक्टर जग्गामा मात्रै खेती हुँदै आएको बताए।

खेतीयोग्य जग्गा पाँच लाख २६ हजार हेक्टर भए पनि प्रदेशको सिञ्चित क्षेत्रफल एक लाख १५ हजार ५१५ हेक्टर मात्रै छ। यसपटक आठ जिल्लामा ४ सय ५० थान स्यालो ट्युबवेल वितरण गरिएकाले आकाशे पानीको भरमा खेती गर्नेलाई पनि सिँचाइका लागि केही सहज हुनुपर्ने उनको भनाइ थियो।

निर्देशक विराजीले कमला र वाग्मती डाइभर्सन नबनेसम्म प्रदेश २ का खेतीयोग्य जग्गामा खेती गर्न सधैँ समस्या रहने बताए। प्रदेश सरकारकोे नीति तथा कार्यक्रममा सुनकोशी–कमला डाइभर्सन प्रोजेक्ट, सुनकोशी–मरिन डाइभर्सन प्रोजेक्टलाई अगाडि बढाउन सङ्घीय सरकारसँग पहल गरिने जनाएको छ।

सञ्चालित सिँचाइ परियोजनाअन्तर्गत नारायणी सिँचाइ योजना, वाग्मती सिँचाइ योजना, कमला सिँचाइ योजना र कोशी सिँचाइ योजनालाई प्रदेश मातहत ल्याउन पहल गरिने प्रदेश सरकारको योजना छ।प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साहले जिल्लामा रहेका नदीनालामा बाँध बनाई कुलो पइनीमार्फत सिँचाइको प्रबन्ध गरिने बताए। (रासस)

लोकप्रिय

बुधबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

बुधबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ७ फाल्गुन बुधबार १९:५८

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ८ फाल्गुन बिहीबार २०:०१

विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन मोदी र ट्रम्पले संयुक्त रुपमा गर्ने

विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन मोदी र ट्रम्पले संयुक्त…

२०७६, ७ फाल्गुन बुधबार १६:१५

रंगशाला निर्माण सहयाेगार्थ निर्मित फिल्म ‘सेन्टी भाइरस’ को गीत ‘ए नि लै’ सार्वजनिक

रंगशाला निर्माण सहयाेगार्थ निर्मित फिल्म ‘सेन्टी भाइरस’ को गीत ‘ए…

२०७६, ७ फाल्गुन बुधबार १८:११

भारतिवरूद्धकाे टेष्ट दाैरान न्युजिल्याण्डका रोस टेलरले बनाए विश्व कीर्तिमान

भारतिवरूद्धकाे टेष्ट दाैरान न्युजिल्याण्डका रोस टेलरले बनाए विश्व कीर्तिमान

२०७६, ९ फाल्गुन शुक्रबार १२:५२

‘‘ईन्तु, परन्तु, किन्तुको अर्थ छैन्, सिधा बर्खास्त गर्नुहोस।’’

‘‘ईन्तु, परन्तु, किन्तुको अर्थ छैन्, सिधा बर्खास्त गर्नुहोस।’’

२०७६, ८ फाल्गुन बिहीबार १०:२०

टी–२० महिला विश्वकपः अस्ट्रेलियाविरुद्ध भारत विजयी

टी–२० महिला विश्वकपः अस्ट्रेलियाविरुद्ध भारत विजयी

२०७६, ९ फाल्गुन शुक्रबार १६:५८

क्रिकेट रंगशाला निर्माणकाे लागि सन्दीप र उनका एजेन्टलेले गरे १ लाख ४१ हजार सहयाेग

क्रिकेट रंगशाला निर्माणकाे लागि सन्दीप र उनका एजेन्टलेले गरे १…

२०७६, ८ फाल्गुन बिहीबार १९:३२

श्रीमानसँग यौन सम्बन्ध राख्दा श्रीमतीको मृत्यु

श्रीमानसँग यौन सम्बन्ध राख्दा श्रीमतीको मृत्यु

२०७६, ९ फाल्गुन शुक्रबार १५:०३

बलिउड अभिनेत्री शिल्पा शेट्टीले जन्माइन् छाेरी

बलिउड अभिनेत्री शिल्पा शेट्टीले जन्माइन् छाेरी

२०७६, ९ फाल्गुन शुक्रबार १४:५१

कप्तान कोहली भन्छन्, ‘३ वर्ष निरन्तर तीनै फर्म्याटकाे क्रिकेट खेल्छु’

कप्तान कोहली भन्छन्, ‘३ वर्ष निरन्तर तीनै फर्म्याटकाे क्रिकेट खेल्छु’

२०७६, ७ फाल्गुन बुधबार १४:१५

समृद्धि र सुशासन कायम गर्न आवश्यक छः मुख्यमन्त्री पौडेल

समृद्धि र सुशासन कायम गर्न आवश्यक छः मुख्यमन्त्री पौडेल

२०७६, ७ फाल्गुन बुधबार १९:३१

‘कट, कपी र पेस्ट’ सिस्टमकाे आविष्कार गर्ने कम्प्युटर वैज्ञानिक टेस्लरको निधन

‘कट, कपी र पेस्ट’ सिस्टमकाे आविष्कार गर्ने कम्प्युटर वैज्ञानिक टेस्लरको…

२०७६, ८ फाल्गुन बिहीबार १७:५९

विभिन्न ठाँउमा सवारी दुर्घटना हुदा पाँचजनाको मृत्यु

विभिन्न ठाँउमा सवारी दुर्घटना हुदा पाँचजनाको मृत्यु

२०७६, ९ फाल्गुन शुक्रबार १९:०९

पर्वतमा मानसिक रोगको उपचार सेवा शुरु

पर्वतमा मानसिक रोगको उपचार सेवा शुरु

२०७६, ८ फाल्गुन बिहीबार ०८:४७