धनगढी– यातायात व्यवस्था कार्यालय कैलालीबाट दैनिक पाँच सय बढी सेवाग्राहीले सेवा लिन्छन्। यहि भदौ १२ गते देखि कार्यालय प्रमुखविहीन भएपछि प्रशासनिक काम मात्र भएको छ र आर्थिक कारोवार बन्द छ।

प्रमुख गम्भीरसिंह विष्टलाइ अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय महेन्द्रनगरको टोलिले घुस रकमसहित पक्राउ गरेपछि कार्यालय प्रमुखविहीन भएको हो। विष्टसहित २ जना अधिकृत पनि पक्राउ परेका छन्। कार्यालयका शाखा अधिकृत भुवन जोशी र अधिकृत जयराज कारिगरलाई एक लाख ६६ हजार एक सय रुपैयाँ घुस रकमसहित रंगेहात पक्रेको थियो।

विष्टसहित ३ जना अधिकृत पक्राउ परेपछि सुदूरपश्चिमा प्रदेश सरकारले कार्यालय प्रमुख पठाउन सकेको छैन। प्रदेश सरकारले सिनियरका आधारमा अधिकृत नन्दलाल पाण्डेलाई आर्थिक कारोबारबाहेक प्रशानिक जिम्मेवारी दिएको छ। कार्यालयमा कुनै पनि कर्मचारीको नेम प्लेट राखेको छैन। जसले गर्दा सेवाग्राही अन्योलमा परिरहेका छन्।

निमित्त कार्यालय प्रमुख पाण्डेले कार्यालयमा दरबन्दी अनुसार कर्मचारी नहुँदा कामको चाप समाल्नै नसक्ने गरी बढीरहेको बताए। उनले भने  प्रशासनिक काम भइरहेको छ, आर्थिक कारोबार भने कार्यालय प्रमुख नहुदा सुख्खा छ।

सेवाग्राहीलाई छिटोछरितो सेवा नदिएको गुनासो आइरहेका बेला दरबन्दी अनुसार कर्मचारी नभएपछि सेवाग्राहीलाई कष्ट हुने गरेको हो। धनगढी उपमहानगरपालिक–८ किसन चौधरीले फोटो खिच्न मात्र एक दिन लाग्ने गरेको बताए। जति चाँडो आए पनि कार्यालयमा भीड उस्तै हुने गरेको उनको गुनासो छ।

जिल्लाको भजनी नगरपालिका–४ का पुरन जोशीले कार्यालयको अवस्थाले सेवाग्राही हैरान छन्। एकजनाको लाइसेन्स नविकरण गर्न दुई दिन पुरै खर्चिनुपर्ने बाध्यता भएको गुनासो गरेका छन्। एकजना उपसचिवसहित २४ जनाको दरबन्दी भएको कार्यालयमा १५ जना कर्मचारी छन्।

भएका कर्मचारी पनि तल्लो तहका मात्र भएको निमित्त प्रमुख पाण्डेले जानकारी दिए। निमित्त कार्यालय प्रमुख पाण्डेले भन ‘कार्यालयमा कर्मचारी दरबन्दी पुरानै छ, तर सेवाग्राहीको चाप दुई गुणाले बढेको छ। भएको कर्मचारीहरु मध्ये पनि ४ जना स्थानीय तहमा समायोजन भएका छन्।’

निमित्त कार्यालय प्रमुख पाण्डेले एउटै तहका कर्मचारीलाई निर्देशन दिन समेत गाह्रो हुने गरेको गुनासो व्यक्त गरे। कैलाली यातायात व्यवस्था सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्द्रदेव भट्टले कार्यालयमा प्रमुख नहुँदा समस्या भएको मन्त्रालयलाई जानकारी भएको जानकारी दिए।

लोकप्रिय

बुधबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

बुधबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ७ फाल्गुन बुधबार १९:५८

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ८ फाल्गुन बिहीबार २०:०१

विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन मोदी र ट्रम्पले संयुक्त रुपमा गर्ने

विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन मोदी र ट्रम्पले संयुक्त…

२०७६, ७ फाल्गुन बुधबार १६:१५

रंगशाला निर्माण सहयाेगार्थ निर्मित फिल्म ‘सेन्टी भाइरस’ को गीत ‘ए नि लै’ सार्वजनिक

रंगशाला निर्माण सहयाेगार्थ निर्मित फिल्म ‘सेन्टी भाइरस’ को गीत ‘ए…

२०७६, ७ फाल्गुन बुधबार १८:११

भारतिवरूद्धकाे टेष्ट दाैरान न्युजिल्याण्डका रोस टेलरले बनाए विश्व कीर्तिमान

भारतिवरूद्धकाे टेष्ट दाैरान न्युजिल्याण्डका रोस टेलरले बनाए विश्व कीर्तिमान

२०७६, ९ फाल्गुन शुक्रबार १२:५२

‘‘ईन्तु, परन्तु, किन्तुको अर्थ छैन्, सिधा बर्खास्त गर्नुहोस।’’

‘‘ईन्तु, परन्तु, किन्तुको अर्थ छैन्, सिधा बर्खास्त गर्नुहोस।’’

२०७६, ८ फाल्गुन बिहीबार १०:२०

टी–२० महिला विश्वकपः अस्ट्रेलियाविरुद्ध भारत विजयी

टी–२० महिला विश्वकपः अस्ट्रेलियाविरुद्ध भारत विजयी

२०७६, ९ फाल्गुन शुक्रबार १६:५८

क्रिकेट रंगशाला निर्माणकाे लागि सन्दीप र उनका एजेन्टलेले गरे १ लाख ४१ हजार सहयाेग

क्रिकेट रंगशाला निर्माणकाे लागि सन्दीप र उनका एजेन्टलेले गरे १…

२०७६, ८ फाल्गुन बिहीबार १९:३२

श्रीमानसँग यौन सम्बन्ध राख्दा श्रीमतीको मृत्यु

श्रीमानसँग यौन सम्बन्ध राख्दा श्रीमतीको मृत्यु

२०७६, ९ फाल्गुन शुक्रबार १५:०३

बलिउड अभिनेत्री शिल्पा शेट्टीले जन्माइन् छाेरी

बलिउड अभिनेत्री शिल्पा शेट्टीले जन्माइन् छाेरी

२०७६, ९ फाल्गुन शुक्रबार १४:५१

कप्तान कोहली भन्छन्, ‘३ वर्ष निरन्तर तीनै फर्म्याटकाे क्रिकेट खेल्छु’

कप्तान कोहली भन्छन्, ‘३ वर्ष निरन्तर तीनै फर्म्याटकाे क्रिकेट खेल्छु’

२०७६, ७ फाल्गुन बुधबार १४:१५

समृद्धि र सुशासन कायम गर्न आवश्यक छः मुख्यमन्त्री पौडेल

समृद्धि र सुशासन कायम गर्न आवश्यक छः मुख्यमन्त्री पौडेल

२०७६, ७ फाल्गुन बुधबार १९:३१

‘कट, कपी र पेस्ट’ सिस्टमकाे आविष्कार गर्ने कम्प्युटर वैज्ञानिक टेस्लरको निधन

‘कट, कपी र पेस्ट’ सिस्टमकाे आविष्कार गर्ने कम्प्युटर वैज्ञानिक टेस्लरको…

२०७६, ८ फाल्गुन बिहीबार १७:५९

विभिन्न ठाँउमा सवारी दुर्घटना हुदा पाँचजनाको मृत्यु

विभिन्न ठाँउमा सवारी दुर्घटना हुदा पाँचजनाको मृत्यु

२०७६, ९ फाल्गुन शुक्रबार १९:०९

पर्वतमा मानसिक रोगको उपचार सेवा शुरु

पर्वतमा मानसिक रोगको उपचार सेवा शुरु

२०७६, ८ फाल्गुन बिहीबार ०८:४७