एजेन्सि– टोक्यो जापानको राजधानीमा आजकल २५ डिग्री सेल्सियस तापक्रम छ तर एउटा खेलस्थलमा भने दर्शकहरूले हिउँ परेको अनुभव गरेका छन्। सन् २०२० को ओलिम्पिक आयोजकहरूले दर्शकहरूलाई गर्मीको महसुस नहोस भनेर गरेको एउटा नयाँ प्रविधिको परीक्षण थियो। करिब तीन सय किलो नक्कली हिउँ सी फरेस्ट वाटरवे खेलस्थलको दर्शकदीर्घामा छरिएको थियो।

यसको उद्देश्य यसले तापक्रम र आद्रता कम गर्न सहयोग गर्छ कि गर्दैन भनेर जाँच गर्नु थियो। टोक्योको तापक्रम जुलाईमा ३५ डिग्री सेल्सियस पुग्छ जसले गर्दा आगामी ओलिम्पिकमा दर्शकहरूलाई स्वास्थ्य समस्या हुनसक्ने चिन्ता व्यक्त गरिएको छ। यो खेलस्थलमा ओलिम्पिकका रोइङ् र कनूइङ्का खेलहरू खेलाइने योजना छ। दुई हजार दर्शक क्षमता रहेको यस खेलस्थलका आधा सीटहरूमाथि छानो छैन। शुक्रवार टोक्यो ओलिम्पिक आयोजक समितिले पाँच मिनेट नक्कली हिउँ पार्ने परीक्षण गरेको थियो।

तर यसको नतिजा भने उनीहरूले अपेक्षा गरे अनुरूपको नभएको हुनसक्छ किनभने हिउँ पार्नु अघि र पछिको तापक्रम एउटै रह्यो। समितिका ताकासी ओकामुराले नतिजा अपेक्षाकृत नभएपनि हिउँका अरू फाइदा भएको बताए। सङ्गीत कार्यक्रमहरूमा प्रयोग गरिने हिउँ पार्ने मेसिनले १५ मिटरसम्मको दुरीमा हिउँ पार्न सक्ने बताइएको छ। तर खर्च भने बताइएको छैन। आयोजक समितिले यो मेसिन प्रयोग गर्ने वा नगर्ने भन्ने निर्णय गरिसकेको छैन र शुक्रवार अर्को परीक्षण पनि गर्ने बताएको छ।

‘आज पहिलो परीक्षण हो,’  समितिका टोमाआकी मात्सुमातोले भने। ‘तर हामीले यो प्रयोग गर्नसक्ने अवस्था छ।’  सन् २०१३ मा टोक्योलाई ओलिम्पिक आयोजना गर्न जिम्मा दिइएपछि जापानले कुहिरो लगाउने मेसिनदेखि छाताटोपीसम्म परीक्षण गरेको छ। जापानमा हालैका ग्रीष्म मौसमहरूमा देखिएको उच्च तापक्रमले गर्मीका बारेमा चिन्ता बढाएको छ। सन् २०१८ मा गर्मीका कारण एक सातामा कम्तीमा ६५ जनाको मृत्यु भएपछि जापान सरकारले प्राकृतिक विपत्ति घोषणा गरेको थियो।

सन् २०१९ को जुलाईमा गर्मीमा कारण पाँच हजारभन्दा बढी व्यक्तिहरू अस्पताल पुगेका थिए। सडक दौड हुने ४२ किलोमिटर सडकमा तापक्रम कम गर्ने प्रविधि प्रयोग गरेर सडकको तापक्रम आठ डिग्रीसम्म कम गरिएको बताइएको छ। अन्य प्रयोगहरूमा सकेसम्म धेरै रुख रोप्ने एवम् वातानुकूलन प्रविधि भएका घरहरूलाई ढोका खुला राख्न अनुरोध गरिएको छ। सन् २०२० ओलिम्पिक खेलकुद जुलाई २४ देखि अगस्ट ९ सम्म आयोजना हुनेछ।

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

२०७६, २ कार्तिक शनिबार १७:१३

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता  (लाइभ हेर्ने लिङ्कसहित)

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, २ कार्तिक शनिबार १६:४३

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६