काठमाडौं– डेङ्गु संक्रमणको बारेमा स्पष्ट सूचना प्रवाह नगर्दा समस्या देखिएको छ। डेङ्गु एक व्यक्तिमा लागेपछि अर्काे व्यक्तिमा सर्छ भन्ने भ्रम धेरै आम नागरिकमा देखिन्छ। मान्छेबाट मान्छेमा डेङ्गु सर्दैन भन्ने जानकारी नहुँदा त्रासले अस्पताल आउनेहरुको संख्या पनि धेरै छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन भन्छन्

‘सहि सूचना प्रवाह नगर्दा नागरिकहरु डराउनुपर्ने अवस्था सिर्जना भयाे, देशकै राजधानीका नागरिकलाई त सत्य सूचना प्रवाह गर्न सकिएको छैन, भने अन्य क्षेत्रको अवस्था कस्तो होला।’

डेङ्गु लामखुट्टेको टोकाइबाट हुने भएको हुँदा डेङ्गु बिरामीबाट अर्काे बिरामीमा नसर्ने बताउँदै डा. पुनले डेङ्गु एडिज एजेप्टी जातको लामखुट्टे र डेङ्गु संक्रमित लामखुट्टेले व्यक्तिलाई टोक्यो भने डेङ्गु लाग्ने बताए।

साथै संक्रमित व्यक्तिको रगत वा कुनै अङ्ग प्रत्यारोपणबाट, गर्भावस्थामा आमालाई डेङ्गु लागेमा शिशुमा समेत सर्ने सम्भावना हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

४० लाख भन्दा धेरै नागरिक बसोबास गर्ने काठमाडौँ उपत्यकामा अहिलेसम्म डेङ्गु नियन्त्रणको लागि खासै कार्यक्रम गरेको देखिन्न, जसले गर्दा डेङ्गुको समस्या झनै भयावह बन्दै गइरहेको अवस्था छ।

१० प्रतिशतलाई मात्रै लक्षण

सरुवा रोग अस्पतालका प्रवक्ता तथा डा.अनुपराज बास्तोला पनि डेङ्गु एक व्यक्तिबाट अर्काे व्यक्तिमा नसर्ने बताउँछन्। उनी भन्छन्, ‘डेङ्गु संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो संक्रमण एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्दैन।’

डा. बास्तोलाका अनुसार ‘डेङ्गु लागेको व्यक्तिहरुमध्ये १० प्रतिशत मान्छेलाई मात्रै लक्षण देखिन्छ। ५प्रतिशतलाई फ्लु जस्तो संक्रमण देखिन्छ भने ५ प्रतिशतलाई डेङ्गु फिभर देखिन्छ डेङ्गु ज्वरो आउने बिरामीहरुमा केही केही व्यक्तिलाई मात्रै समस्या र जटिलता आउन सक्छन् त्यस्ता बिरामीलाई अस्पतालमा राखेर उपचार गर्न सकिन्छ।’

लामखुट्टेले टोकेको ४ देखि ७ दिनमा लक्षणहरु देखा पर्छ

रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गु संक्रमित लामखुट्टेले टोकेको ४ देखि ७ दिनसम्म डेङ्गुका विभिन्न लक्षणहरु देखा पर्न थाल्दछ।

सामान्य प्रकारका लक्षणहरु

रुघा लाग्नु, सामान्य ज्वरो आउनु, टाउको दुख्नु, वान्ता आउनु, वाकवाकी लाग्नु, पेट दुख्नु, पखाला लाग्नु, मांशपेसी, हाड र जोर्नी दुख्नु डेङ्गुका लक्षणहरु हुन्।  यस्तै छालामा रातो फोका देखिनु। यस्ता लक्षणहरु ४ देखि ७ दिनमा देखा पर्न थाल्छ।

गम्भीर लक्षणहरु

डेङ्गु सक्रमण भएको थाहा पाउनको लागि माथिको लक्षणहरुसँगै बिरामीलाई उच्च ज्वरो (१ सय ४ डिग्री फरेन्हाइटसम्म) आउनु, नाक र मुखबाट रक्तश्राव हुनु, रगतमा प्लेटलेट्सको मात्रामा कमी आउनु रक्तचाप अत्यधिक घटनु डेङ्गुका गम्भीर लक्षणहरु हुन्।

डेङ्गु लागेका व्यक्तिले ध्यान दिनुपर्ने

डेङ्गु ज्वरोको संक्रमण भएको व्यक्तिले घरमा बसेर आराम गर्ने। झोलीलो खानेकुराहरु खाने। दुखाई कम गर्नको लागि प्यारासिटामोल खाने, धेरै पेट दुख्ने, वान्ता हुने, गिजाबाट रगत बगेको बगेकै भएको खण्डमा अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्छ।

यस्ता समस्या भएको व्यक्तिले तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ। सामान्य अवस्थामा भने घरमै बसेर प्यारासिटामोल खाने, झोलिलो कुराहरु खाने, आराम गर्दा डेङ्गु निको हुन्छ।  जेष्ठ नागरिक, गर्भवती महिला, बालबालिका अन्य स्वास्थ्य समस्या भएको व्यक्तिको हकमा भने विशेष ध्यान दिनुपर्ने हुन्छ।

लोकप्रिय

घूससहित वडाअध्यक्ष पक्राउ

घूससहित वडाअध्यक्ष पक्राउ

२०७६, ३ मंसिर मंगलवार १७:४०

विद्युतीय ट्याक्सीको मापदण्ड बन्दै छः यातायात व्यवस्था विभाग

विद्युतीय ट्याक्सीको मापदण्ड बन्दै छः यातायात व्यवस्था विभाग

२०७६, ४ मंसिर बुधबार १९:४६

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

२०७६, ४ मंसिर बुधबार १४:२३

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

२०७६, ४ मंसिर बुधबार १८:०७

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

२०७६, ४ मंसिर बुधबार १७:४२

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

२०७६, ३ मंसिर मंगलवार १७:१७

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

२०७६, ३ मंसिर मंगलवार १३:१२

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

२०७६, ३ मंसिर मंगलवार २०:०५

डोटिमा नक्कली नोट फेला

डोटिमा नक्कली नोट फेला

२०७६, ४ मंसिर बुधबार १९:०७

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

२०७६, ३ मंसिर मंगलवार ०७:२७

टी–१० लिगमा पारसः आशा गरिएका तर अवसर नपाएका खेलाडी

टी–१० लिगमा पारसः आशा गरिएका तर अवसर नपाएका खेलाडी

२०७६, ५ मंसिर बिहीबार १०:३१

‘माछा–माछा’ सिनेमाको ‘म्याडम–म्याडम’ बोलको आइटम गीत रिलिज (भिडियो सहित)

‘माछा–माछा’ सिनेमाको ‘म्याडम–म्याडम’ बोलको आइटम गीत रिलिज (भिडियो सहित)

२०७६, ३ मंसिर मंगलवार ११:५६

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

२०७६, ३ मंसिर मंगलवार १७:०६

प्रेमराजा महतको ‘लाम माया छपक्कै’ गीतमा करिश्मा र शंकरको नृत्य (भिडियो सहित)

प्रेमराजा महतको ‘लाम माया छपक्कै’ गीतमा करिश्मा र शंकरको नृत्य…

२०७६, ५ मंसिर बिहीबार १२:४२

‘सप्तरङ्ग–२’ बुधबार पोखरामा

‘सप्तरङ्ग–२’ बुधबार पोखरामा

२०७६, ३ मंसिर मंगलवार १५:०५