रौतहट – दिनहुँ अवैध मदिरा प्रहरीले बरामद गर्न थालेपछि कारोबारीले नयाँ–नयाँ प्रविधि अपनाउन थालेका छन्। विभिन्न खाले सवारीको प्रयोग गर्दै आएका कारोबारीले पछिल्लो समय गाडीको ट्यूबभित्र मदिरा राखेर ओसार–पसार गर्न थालेको पाइएको छ। कारोबारीको नयाँ शैली देखेर प्रहरीसमेत अचम्ममा परेको छ।

गुजरा नगरपालिकाको खतबैया टोलमा गाडीको ट्युबभित्र राखेर लैजाँदै गरेको ३५ लिटर अवैध मदिरा इलाका प्रहरी चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रूपेश साहको टोलीले बरामद गरेको थियो। प्रहरीलाई देखेपछि कारोबारी भागेका थिए।

उनीहरूले सुरुमा जर्किनमै मदिरा ओसार पसार गर्थे। प्रहरीले थाहा पाई पक्रन थालेपछि बोराले बेर्ने शैली अपनाउन थाले। त्यो पनि समात्न थालेको भन्दै सवारी साधन नै बदल्न थाले। बस, ट्रकमा ओसार–पसार गर्दै आएका उनीहरू रिक्सा, अटोरिक्सा र इरिक्सा प्रयोग गर्न थाले। प्रहरीले त्यो पनि पत्ता लगाई मदिरा बरामद गर्न थालेपछि अहिले मोटरसाइकल प्रयोग गर्न थालेका छन्।

प्रहरी नायब उपरीक्षक बबित कटवालले गाडीको ट्युबमा मदिरा राख्न सुरु गरेको बताए। ‘अवैध मदिरा कारोबारीले सबै हतकण्डा अपनाउन थालेका छन्। उनले भने, ‘जतिसुकै कडाइ गर्दा पनि अवैध मदिरा ओसार–पसार गर्नेहरूमा चेतना आएको छैन।’ गाडी पञ्चर भएको जस्तै गरी ट्युबभित्र मदिरा ओसार–पसार गर्न थालेपछि प्रहरीले यसमा पनि कडाइ गर्न थालेको छ।

गाडीको ट्युब बोकेर हिँडेको जतिलार्ई प्रहरीले चेक गर्न लागिपरेको छ। इलाका प्रहरीले एक साताभित्र २ हजार लिटर अवैध मदिरा बरादम गरी नष्ट गरेको छ। जिल्लाभरि मदिरा कारोबारीविरुद्ध प्रहरी आक्रामक तरिकाले प्रस्तुत भए पनि यसको उत्पादन र कारोबारी निरुत्साही हुन सकेका छैनन्।

ओसारपसारमा महिला सक्रिय

इलाका प्रहरी डुमरियाले दुई साताअघी घरेलु रक्सीसहित दुई महिलालाई पक्राउ र्गयो। उनीहरूले बजारमा बेच्न लागेको भनेर हाकाहाकी बताए। बसमा मदिरा लैजाने क्रममा प्रहरीले बरामद गर्न थालेपछि उनीहरूले पछिल्लो समय इरिक्सा र टेम्पो प्रयोग गर्न थालेका छन्। पक्राउ परेपछि पनि उनीहरू निर्धक्कसित प्रहरीलाई जानकारी दिन्छ।

चन्द्रपुर ४ का महिलालाई प्रहरीले निकै बेर केरकार र्गयो। उनीहरू पक्राउ परेको पहिलो पटक पक्रउ परेका होइनन्। गरुडा, शिवनगर, बिर्ता, धमौरा लगायतका बजारमा चन्द्रनिगाहपुरबाट घरेलु मदिराको बिक्री वितरण हुन थालेको सूचनापछि प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले बस, ट्रक, साना सवारीको जाँचमा कडाइ गरेका थिए।

त्यसै क्रममा घरेलु मदिरासहित महिला पक्राउ परेका हुन्। पक्राउ परेका महिलाकोे जवाफ ‘रहरले होइन बाध्यताले मदिरा बिक्री गरेका हौं।,’ उनीहरूलाई जरिवाना तिराई छाडिएको थियो। पक्राउ परेका महिलाको साथबाट दुई जर्किन मदिरा बरामद गरिएको थियो। ‘हाम्रो अभियान भनेको मदिरा रहित जिल्ला बनाउने हो,’ एसपी खत्रीले भने, ‘मानिसमा चेतनाको कमी छ। कानुन विपरीत गर्न नहुने कामहरू गर्न लागि पर्छन्।’

बिहार लैजाने लागिएको बरामद

महोत्तरी–जलेश्वर नगरपालिकाको सीमावर्ति वडा नं ५ स्थित पर्सापतेलीबाट प्रहरीले ठूलो परिमाणमा मदिरासहित एकजना नियन्त्रणमा लिएको छ। प्रहरी निरीक्षक राजन लम्सालको नेतृत्वमा गएको गस्तीले दशगजा नजिकको छाप्रोमा लुकाई राखेको अवस्थामा ५८ कार्टुन सोफी मदिरा र कारोबारी राजिव सिंहलाई नियन्त्रणमा लिएको हो।

लम्सालले सिरहाको सारदा डिस्टिलरीबाट उत्पादित मदिराको कूल परिमाण ५ सय २२ लिटर रहेकोे जनाए। निम्न आय भएका वर्गले सेवन गर्ने यो मदिरा भारतको बिहारतर्फ तस्करी गर्ने नियतले लुकाएर राखिएको थियो।

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

२०७६, २ कार्तिक शनिबार १७:१३

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता  (लाइभ हेर्ने लिङ्कसहित)

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, २ कार्तिक शनिबार १६:४३

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६