दार्चुला– सदरमुकाम खलङ्गाबाट अपी हिमाल गाउँपालिका–३ का कपुरसिंह धामीको बारीमा यति बेला लटरम्म स्याउ फलेका छन्। दुई दिन लगाएर पुगिने पाथामा फलेको स्याउ बिक्री गर्न बजार अभाव छ। नजिकको बजार खण्डेश्वरी हो।

अहिले गाउँपालिका केन्द्र रहेको खण्डेश्वरी बजारमा झण्डै दुई दर्जनभन्दा बढी पसल सञ्चालनमा छ।  बारीभरि फलेका स्याउले जो कोहीलाई सजिलै लोभ्याउँछ पनि। लामो समयदेखि स्याउ खेतीमा लागेका धामीले गत वर्ष प्रधानमन्त्री आधुनिकीकरण परियोजना स्याउ ‘जोन’ कार्यक्रमअन्तर्गत थप स्याउ लगाए।

अहिले उनको बारीमा झण्डै चार–पाँच सय बोट स्याउ छन्।  गाउँबाट गाडीसम्म स्याउ ल्याउनका लागि प्रतिकिलो रु ४० भाडा पर्छ। सडक सञ्जाल नपुगेका कारण यहाँ उत्पादन भएको स्याउले बजार नपाएको अध्यक्ष धामी बतउँछन्।  अपी हिमालसम्म सडक सञ्जाल पुगेको छैन। अस्थायी रुपमा गाउँपालिका–५ ओखल रेलासम्म सडक गुड्ने गरे पनि त्यहाँबाट आठदेखि १० घण्टा पैदल हिँडेपछि पाथा पुगिन्छ। अहिले यस क्षेत्रमा उत्पादन हुने स्याउको बजार व्यवस्थापनमा समस्या भएको उनले बताए।

सबै स्याउ त्यहीँ बिक्री हुने अवस्था छैन। मार्मा गाउँपालिका–५ का स्याउ उत्पादक कृषक इन्द्रसिंह महताको बारीमा ५ सय ओटा स्याउका बोट छन्। दशौँ क्वीन्टल स्याउ उत्पादन हुन्छ। विसं २०६७ देखि स्याउ खेती शुरु गरेका महतालाई स्याउ गाउँमा जोगाउ नै मुस्किल भएको छ। उत्पादन भएको स्याउसमेत असिना र जङ्गली जनावरले सखाप पार्दा उनी निराश छन्।

स्याउ जोन बनाएर स्याउ खेतीतर्फ आकर्षण गराए पनि स्याउ बिक्री गर्ने भण्डार गर्ने तथा स्याउका परिकार बनाउने तालीम र उपकरण नहुँदा स्याउ उत्पादक कृषक समस्यामा परेका छन्। स्याउ ‘सुपर जोन’ सञ्चालक समितिका अध्यक्ष धामी स्याउ उत्पादक किसानलाई स्याउको अचार बनाउने, स्याउका परिकार बनाउने र भण्डार गर्ने उपकरणसमेत सहयोग गर्नुपर्ने बताउँछन्।

व्यासको छाङ्गरुमा स्याउ उत्पादन गर्दै आएका जीतसिंह बोहराले स्याउ प्रशोधनका लागि उद्योग सञ्चालन गर्नुपर्ने बताए। उनले एक हजारभन्दा बढी स्याउ व्यासमा फलाएका छन्। व्याससम्म नेपालतिर घोरेटो बाटोसमेत छैन्। स्याउबाट मदिरा तथा बाँकी स्याउ त्यतिकै सडाएर फाल्नुपर्ने अवस्था रहेको उनी गुनासो गर्छन्।

मान्छे हिँड्नका लागि भारतीय बाटो प्रयोग गर्ने गरिए पनि त्यो बाटो भएर दार्चुलासम्म स्याउ ल्याउन निकै महँगो छ। उनले केही स्याउ भारतीय सुरक्षाकर्मीलाई रु ८० भारतीयमा बिक्री गर्ने गरे पनि बाँकी स्याउ फाल्ने गरेका छन्। गत वर्षदेखि दार्चुलामा प्रधानमन्त्री आधुनिकीकरण परियोजनाअन्तर्गत स्याउ जोन कार्यक्रम लागू भएको हो । गत वर्ष कार्यक्रमअन्तर्गत यहाँका अपी हिमाल, नौगाड, मार्मा, दुहुँ र व्यास गाउँपालिकामा स्याउ खेती गरिएको हो।

गत वर्ष पाँच वटा स्थानीय तहका १६ वटा कृषक समूह र चार जना उद्यमीलाई जुम्लाबाट ल्याइएका १४ हजार २ सय र इटालीबाट ल्याइएका गोल्डेन डेलिसियस जातका ७ सय स्याउका बोट वितरण गरिएको स्याउ जोन एकाइ दार्चुलाका निमित्त प्रमुख विष्णुप्रसाद ओझाले जानकारी दिए। गत वर्षको कार्यक्रममार्फत जिल्लाका ४ सय ४० कृषक लाभान्वित भएको कार्यालयले जनाएको छ।

चालू आवमा नौ वटै स्थानीय तहमा स्याउ र ओखर खेती विस्तारका लागि कूल रु एक करोड ५१ लाख ४० हजार खर्च गरिने कार्यालयले जनाएको छ। ‘स्याउका लागि बजार व्यवस्थापन चुनौती देखिएको छ, कार्यालय प्रमुख ओझाले भने, ‘स्याउ प्याकेजिङ र परिकार निर्माणमा जोड दिनुपर्छ।     (रासस)

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

२०७६, २ कार्तिक शनिबार १७:१३

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता  (लाइभ हेर्ने लिङ्कसहित)

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, २ कार्तिक शनिबार १६:४३

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६