काठमाडौँ – गृहमन्त्री रामबहादुर थापाले भदौ २६ गते बिहीबार खजुरा गाउँपालिका–१ सीतापुरमा घटेको घटनालाई सरकारले गम्भीर रुपमा लिएको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रमुख सचेतक तथा सांसदहरुले उठाएको जिज्ञासाका सम्बन्धभा जवाफ दिँदै गृहमन्त्री थापाले घटनामा संलग्न निर्मल खत्री र रोशन ठकुरीलाई यही भदौ २८ गते राति २ बजे नै पक्राउ गरिएको जानकारी दिए।

गृहमन्त्री थापाले बाँके काङ्ग्रेसले कार्यक्रमका सम्बन्धमा स्थानीय प्रशासनलाई जानकारी नदिएको बताउँदै खजुरा घटनाका सम्बन्धमा थप अनुसन्धान  एवं शान्ति सुव्यवस्था खलल हुन नदिन उच्च सतर्कता अपनाइएको बताएका छन्।

गृहमन्त्रीले खजुरा घटनालाई सरकारले हलुका रुपमा नलिएको र नेकपाले निर्णय गरेर कार्यक्रम बिथोल्न पनि कसैलाई नपठाएको जवाफ दिए। लोकतन्त्रको रक्षा र अभिव्यक्तिको स्वतन्त्रतामाथि सरकार सदैव सजग रहेको उनले जानकारी दिए।

बिहीबार खजुरा गाउँपालिका–१ सीतापुरस्थित नेपाल रेडक्रस सोसाइटीको भवनमा नेपाली काङ्ग्रेस बाँकेले ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गरिरहेको बेला केही व्यक्ति भित्र प्रवेश गरी कार्यक्रम बिथोल्न खोज्दा बाँके काङ्ग्रेस सभापति किरण कोइरालामाथि  आक्रमण भइ उनको देब्रे हात भाँचिएको थियो।

बैठकमा नेपाली काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले सभापति कोइरालाले प्रहरी समक्ष किटानी जाहेरी दिँदा सरकारले दोषीलाई कारवाही नगरेको तथा शान्ति सुव्यवस्थाप्रति सरकार चुकेको बताउँदै बाँके घटनाको सम्बन्धमा गृहमन्त्री थापासँग स्पष्ट जवाफ माग गरेका थिए।

उनले काङ्ग्रेसको राष्ट्रिय जागरण अभियान शुरु हुँदै गर्दा खजुरामा नेकपाका कार्यकर्ताहरु सभा भवनमा प्रवेश गरी सभापति कोइराला र काङ्ग्रेसका केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनालमाथि साङ्घातिक आक्रमण गरेको आरोप लगाए।

प्रमुख सचेतक खाँणको मन्तव्यपछि काङ्ग्रेसका सांसदहरु गगनकुमार थापा, सरिता गिरी, दिलेन्द्रप्रसाद बडू, पुष्पा भुषाल, अम्रेशकुमार सिंह, तेजुलाल चौधरी, प्रकाश स्नेही, डिला सङ्ग्रौला, पार्वता डिसी चौधरी, हीरा गुरुङ, सञ्जयकुमार गौतम र देवप्रसाद तिमल्सिनाले खजुरा घटनामा सरकार संवेदनशील हुन नसकेको बताउँदै घटनाको जिम्मा सरकारले नलिएसम्म सदन चल्न निदने भनाइ राखेका थिए। सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आजको बैठक १० मिनेटका लागि स्थगन गरेको छ।      (रासस)

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

२०७६, २ कार्तिक शनिबार १७:१३

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता  (लाइभ हेर्ने लिङ्कसहित)

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, २ कार्तिक शनिबार १६:४३

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६