काठमाडौं– हालसम्म १६ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र लाइसेन्स वितरण भइसकेपनि ट्राफिक प्रहरीसँग त्यसको जाँच गर्ने मेसिन भने एउटा मात्र छ।

अधिकारीहरूले यातायात व्यवस्था विभागले मेसिनले पढ्न सक्ने स्मार्ट लाइसेन्स वितरण कामलाई तीव्रता दिएपनि कार्ड पढ्न सक्ने मेसिन नहुँदा परीक्षण र अनुगमनमा समस्या परेको बताएका छन्।

नेपाल प्रहरीको ट्राफिक निर्देशनालयका प्रमुख डिआईजी दिपक कुमार थापा भन्छन्,“चालकले बोकेको लाइसेन्स सक्कली कि नक्कली भन्ने छुट्याउन गाह्रो भएको छ। तर विभागका अधिकारीहरू भने यसै वर्ष सबै जिल्लाका ट्राफिक र यातायात व्यवस्था कार्यालयमा स्मार्ट लाइसेन्स पढ्ने मेसिन पुगिसक्ने बताउँछन्।

गत वर्ष विभागले ६० वटा मेसिन किनेका थिए। तर बोलपत्र गर्दा कार्ड पढ्ने चिप छुटेका कारण सो मेसिनहरु प्रयोगमा आउन सकेका छैनन्। पुरानो कागजी अनुमतिपत्र विस्थापित गर्दै अहिलेसम्म १६ लाख स्मार्ट लाइसेन्स बाढी सकेको छ।

लाइसेन्स वितरण कार्यमा ढिला–सुस्ती भएपछि मासिक साढे दुई लाख लाइसेन्स छाप्ने मेसिन विभागमा ल्याइएको बताइएको छ। विभागले यसै वर्ष सबैलाई स्मार्ट लाइसेन्स बाँडिसक्ने जनाएको छ। महानिर्देशक गोगनबहादुर हमालले भन्छन्, ‘यो वर्ष पनि हामी पढ्ने मेसिन किन्छौँ र गत वर्ष किनेकाहरूमा पनि चिप राख्छौँ।’ हमालले नयाँ मेसिन किन्न बोलपत्रका लागि तयारी भइरेहेको बताए।

चालकले जाँचका बेला देखाउने स्मार्ट लाइसेन्स नक्कली वा सक्कली के हो छुट्ट्याउन र चालकको वैयक्तिक एवम् ट्राफिक कारबाहीको विवरण थाहा पाउन मेसिन आवश्यक पर्छ। ट्राफिक निर्देशनालयका थापा भन्छन्, ‘जम्मा एउटा मेसिन छ, त्यहीले काम चलाएका छौँ।’ ‘जिल्लाहरूमा त छँदै छैन। हामीले यातायात व्यवस्था विभागसँग मेसिनको माग गरिरहेका छौँ।’

विभागले भने यसै वर्ष प्रहरीलाई मेसिन दिने बताएको छ। हमाल भन्छन्, ‘हामी ट्राफिकको केन्द्रलाई दिन्छौँ। उनीहरूले देशभरका आफ्ना कार्यालयहरूलाई वितरण गर्छन् र हाम्रा कार्यालयहरूमा पनि रहन्छ।’

राष्ट्रिय परिचयपत्रको पनि उस्तै अवस्था

राष्ट्रिय परिचयपत्रको पनि लाइसेन्सकोजस्तै अवस्था छ रहेको छ। हालसम्म ८० हजार राष्ट्रिय परिचयपत्र बाँडिसकिएको छ भने यसै वर्ष ७७ वटै जिल्लामा एकसाथ वितरण सुरु गर्न लागिएको छ। तर सरकारका निकायहरूमा उक्त कार्ड पढन सक्ने मेसिन र सफ्टवेरको व्यवस्था छैन।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक दिपक काफ्लेले समिति गठन भएको र कार्डको वितरणसँगै मेसिनको व्यवस्था हुने बताए।

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

२०७६, २ कार्तिक शनिबार १७:१३

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता  (लाइभ हेर्ने लिङ्कसहित)

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, २ कार्तिक शनिबार १६:४३

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६