काठमाडौं– १ करोड भन्दा बढीको लागतमा मोरङका विभिन्न ठाउँमा ५८ वटा सिसीटिभी जडान गरिएको छ।  प्रदेश १ सरकारको सहयोगमा मोरङ जिल्लामा जडान भएका उक्त सिसीटिभीका सामेबार एक कार्यक्रमबीच प्रदेश १ का मुख्य सचिव शेरधन राईले उद्घाटन गरेका हुन्।

संचालनमा आएका उक्त सिसीटिभी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल मार्फत जिल्ला प्रहरी कार्यालय मोरङलाई हस्तान्तरण गरिएको थियो। उक्त सिसिटीभीमध्ये विराटनगर क्षेत्रमा ३२ वटा, बुढीखोलादेखि बाउन्नेसम्म १३ वटा र पथरी उर्लाबारीसम्म १३ वटा जडान भएका छन्। अप्टिकल फाइबर जडान भएका उक्त सिसिटीभी काठमाडौंपछिको दोस्रो ठूलो नेटवर्क हो।

प्रहरी सेवालाई प्रविधिमैत्री बनाई समाजमा हुने अपराध न्यूनीकरण तथा नियन्त्रण गर्न, अपराधको वस्तुनिष्ठ अनुसन्धान गर्न तथा शान्ति सु–व्यवस्था कायम गर्न प्रदेश १ सरकारको सहयोगमा उक्त सिसिटिभी जडान गरिएको हो।  मोरङ जिल्लाका सीमा क्षेत्र तथा राजमार्गमा प्रथम चरणमा १ करोड १३ लाख रुपैयाँ मूल्य बराबरको लागतमा जडान गरिएका ५८ वटा सिसिटिभी जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालयहरु बेलबारी र पथरीले मोनिटरिङ गर्नेछन्।

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले विराटनगर महानगरलाई स्मार्ट्सिटीको रुपमा विकास गर्दै लैजान नेपाल प्रहरी लगायत सबै सरोकारवाला निकायसँग सहकार्य गरिने बताए।

लोकप्रिय

अब स्मार्टफोनमा ह्वाट्सएप नचल्ने

अब स्मार्टफोनमा ह्वाट्सएप नचल्ने

२०७६, २५ मंसिर बुधबार १८:१३

मानव  तस्करीमा परेर फर्केकाको प्रस्तुतीमा राउण्ड टेबल नेपालले सर्कस प्रदर्शन गर्ने

मानव तस्करीमा परेर फर्केकाको प्रस्तुतीमा राउण्ड टेबल नेपालले सर्कस प्रदर्शन…

२०७६, २६ मंसिर बिहीबार २०:१३

विवादित सूचीबाट हट्यो जम्मु र कस्मिर

विवादित सूचीबाट हट्यो जम्मु र कस्मिर

२०७६, २५ मंसिर बुधबार १५:५३

कीर्तिमानी गौरिकालाई सर्वाधिक ५६ लाख पुरस्कार

कीर्तिमानी गौरिकालाई सर्वाधिक ५६ लाख पुरस्कार

२०७६, २५ मंसिर बुधबार १८:०४

काेरियामा एक नेपालीले घाँटी काटेर गरे आत्महत्या

काेरियामा एक नेपालीले घाँटी काटेर गरे आत्महत्या

२०७६, २५ मंसिर बुधबार १५:५३

पीपीएलको खेल तालिका सार्वजनिक, उद्धघाटन खेलमा ज्ञानेन्द्र भर्सेस शरद

पीपीएलको खेल तालिका सार्वजनिक, उद्धघाटन खेलमा ज्ञानेन्द्र भर्सेस शरद

२०७६, २५ मंसिर बुधबार १५:०७

सिन्धुपाल्चोकमा ४.५ रेक्टरको पराकम्प

सिन्धुपाल्चोकमा ४.५ रेक्टरको पराकम्प

२०७६, २६ मंसिर बिहीबार २०:४७

अन्तिम तथा निर्णायक टी–२० क्रिकेटमा भारत र वेस्ट इन्डिज भिड्दै

अन्तिम तथा निर्णायक टी–२० क्रिकेटमा भारत र वेस्ट इन्डिज भिड्दै

२०७६, २५ मंसिर बुधबार १४:१९

सत्य विश्व भूमी पार्टी नेपालको घोषणा

सत्य विश्व भूमी पार्टी नेपालको घोषणा

२०७६, २६ मंसिर बिहीबार १७:१६

सुनिल बलको त्यो गोल जसले नेपाललाई दिलायो स्वर्ण!

सुनिल बलको त्यो गोल जसले नेपाललाई दिलायो स्वर्ण!

२०७६, २५ मंसिर बुधबार १६:४९

प्रहरी सक्रियतामा रोकियो बालविवाह

प्रहरी सक्रियतामा रोकियो बालविवाह

२०७६, २६ मंसिर बिहीबार ०९:५६

पत्रकार महासङ्घका उपाध्यक्षमाथि कुटपिट

पत्रकार महासङ्घका उपाध्यक्षमाथि कुटपिट

२०७६, २६ मंसिर बिहीबार २१:०५

चुरोट पिउने महिलामा हुने १० खतराहरू

चुरोट पिउने महिलामा हुने १० खतराहरू

२०७६, २६ मंसिर बिहीबार १८:५९

पीपीएल विजेताले २७ लाख र उपविजेताले १० लाख पाउने

पीपीएल विजेताले २७ लाख र उपविजेताले १० लाख पाउने

२०७६, २६ मंसिर बिहीबार १७:०२

न्यातापोल अर्थात् पाँचतले मन्दिरको जीर्णोद्धार शुरु

न्यातापोल अर्थात् पाँचतले मन्दिरको जीर्णोद्धार शुरु

२०७६, २६ मंसिर बिहीबार ०८:१५