काठमाडौं – शनिबार साँझ नेपालगञ्जबाट काठमाडौं आउन लागेको आफ्नो जहाजभित्र भएको घटनाबारे बुद्ध एयरले स्पष्टिकरण दिएको छ। नागरिक उड्ययन प्राधिकरणका महानिर्देशकलाई लेखिएको पत्रमा बुद्ध एयरले उक्त दिन जहाज निर्धारित समयभन्दा २४ मिनेट ढिला उडेको स्वीकारेको छ।

यस्तो छ बुद्ध एयरको प्राधिकरणमा बुझाएको पत्र

मिति २०७६ भाद्र २८ गते शनिवारको उडान माननिय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेस भट्ठराई समेत रहनुभएको थियाे, सो उडान घटनाको घटनाक्रम तपसिलमा उल्लेख गरिए बमोजिम पाइएको छ।

१. काठमाडौंबाट नेपालगन्जका लागि विमान १६ः५० बजे उड्नु पर्ने मा काठमाडौंबाट नै २३ मिनेट ढिला भई १७ः१३ मा उडेको थियो र विमान नेपालगन्जमा १८ः०२ मा अवतरण गरेको थियो।

२. काठमाडौंको बुद्ध एयर फ्लाइट अपरेशनले नेपालगन्जलाई दिएको रिभाइज्ड टाइमअनुसार नेपालगन्जबाट विमान १८ः२५ को सट्टा १८ः४० मा उड्नुपर्ने थियो।

३. बुद्ध एयरसँगै जस्तो यती एयरलाइन्सको विमान १७ः५३ मा अवतरण गरेर १८ः२१ मा उडेको र श्री एयरलाइन्सको विमान १८ः३० मा अवतरण गरेर १८ः५१ मा उडेपछि हाम्रा यात्रुहरू विमानमा नलगेका कारण असहज महसुस गर्न थालेका थिए सोही समयमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूका सहयोगीले १८ः२५ तिर नेपालगन्ज नागरिक उड्डयन प्राधिकरणका प्रमुख मार्फत फोन गरेर हामी धम्बोजी आइपुग्यौं भन्ने जानकारी पाएपछि अब मन्त्रीज्यु आइपुगिहाल्ने आशय बुझी हाम्रा एयरपोर्टका कर्मचारी मित्रहरुले यात्रुहरूलाई १८ः३० तिर विमानमा वोर्डिङ गर्नुभएको थियो तर त्यसो नभई उहाँहरूले फोनमा जानकारी गराएभन्दा केही ढिला एयरपोर्ट प्रवेश गर्नुभयो।

४. माननीय मन्त्रीज्यू एयरपोर्ट प्रवेश गर्नु पहिला नै सुरक्षाकर्मीहरूकै अगाडि १४/१५ जना यात्रुहरूको समूह हाम्रा विमान परिचारिकाहरूले बाहिर ननिस्कन आग्रह गर्दागर्दै आक्रोसित भई विमानबाट १८ः४० तिर बाहिर निस्किएर हाम्रा कर्मचारी मित्रहरूसँग वादविवाद गर्न थाल्नुभएको थियो सो विवाद ६/८ मिनेट जति चलेको थियो।

५. मन्त्रीज्यु १८ः५० मा एयरपोर्ट आइपुग्ना साथ बाहिरका उत्तेजित समूह वहाँतिरै फर्केर तपाईं किन ढिला आउनुभएको, तपाईंले गर्दा हामी सबैले कुर्नुपर्ने हो भनी अझ आक्रोसित हुनथालेपछि मन्त्रीज्यू चुपचाप विमानभित्र चढ्नुभयो र सो समूह मन्त्रीज्यूसँगसँगै विमान भित्र एकैचोटी चढेर एकैठाँउमा उभिएर ४/५ मिनेटसम्म अझ बढी आक्रोस पोख्न थालेपछि विमानको एकै भागमा धेरै वजन भएकाले विमान समेत ढल्किएको थियो र सो समूहलाई साम्य बनाई विमानको सिटमा बस्न आग्रह गरेर उडान गर्दा अझ ढिला हुन गएको थियो।

६. नेपालगन्जलाइ दिएको रिभाइज्ड टाइमअनुसार नेपालगन्जबाट २४ मिनेट ढिला भई १९ः०४ मा विमान उडेको थियो।

७. उल्लेखित घटनामा माननीय मन्त्रीज्यूका सुरक्षाकर्मी र सहयोगीहरूले देखाएको संयमताका कारण पनि आक्रोसित समूहलाई समयमै साम्य पारी उडान गरिएको थियो।

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

२०७६, २ कार्तिक शनिबार १७:१३

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता  (लाइभ हेर्ने लिङ्कसहित)

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, २ कार्तिक शनिबार १६:४३

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६