चितवन, ८ माघ – चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुन लागेको ‘कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी’को तयारी पूरा भएको छ।

मिडिया स्पेस सोलुसन्स र भारतको फुटुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्सले आयोजना गर्न लागेको प्रदर्शनी यही माघ ११ गतेदेखि ३ दिनसम्म सञ्चालन हुनेछ। प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत १५ देशका १ सय ५० भन्दा बढी कृषिसँग सम्बन्धित स्टलमा ४ सय प्रकारका उत्पादन रहनेछन्।

आयोजक संस्थाद्वारा मङ्गलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो।

सो अवसरमा मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले मेलामा कृषिका साथै कुखुरापालन, माछापालन, गाईभैँसीपालन, बाख्रापालन, डेरीलगायत नवीनतम औजार, उपकरण, केरा खेती, थोपा सिँचाइ र विषादीरहित कृषिका बारेमा तालिम एवं गोष्ठी सञ्चालन गरिने जानकारी दिए।

प्रदर्शनीमा देशभरिबाट बढीभन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी, सङ्घसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहने विश्वास लिइएको भट्टराईले बताए।

प्रदर्शनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका साथै अखिल नेपाल किसान महासङ्घ, राष्ट्रिय कृषक समूह महासङ्घ, नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लि., नेपाल पोल्ट्री महासङ्घ, चितवन उद्योग सङ्घलगायत संस्थासँग आबद्ध कृषक तथा व्यवसायीसमेत सहभागी हुने जनाएको छ।

प्रदर्शनीको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ।(रासस)

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

२०७६, ३१ श्रावण शुक्रबार १७:३५

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

२०७६, ३२ श्रावण शनिबार ०७:१९

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार ०६:४३