काठमाडौं, ८ माघ– सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा यही माघ २६ गते स्याङ्जा पुतलीबजार-९ मा ‘स्वास्थ्यका लागि दौड, राष्ट्रको लागि दौड’ मूल नाराकासाथ ‘क्रस-कन्ट्री दौड प्रतियोगिता–२०७५’ हुने भएको छ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संस्थाका प्रमुख सल्लाहकार एवम् गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका युथ कोअर्डिनेटर लालबहादुर गुरुङले जानकारी दिए।

उनले ग्रामिण क्षेत्रमा राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता आयोजना गर्न सकिने सूचना प्रवाह गर्नु उक्त प्रतियोगिताको मुख्य उद्देश्य रहेको सुनाए। उनले भने, ‘यसका साथै ग्रामिण क्षेत्रमा पर्यटन विकास र प्रर्वद्धनको लागि पनि यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्न सक्ने हामीले विश्वास लिएका छौं।’

गुरुङले अघि थपे, ‘नयाँ पुस्ता आफ्नै गाउँदेखि बेखबरमात्रै भएनन्, इतिहास र आफ्नो धरातल बिर्सिँदै जाने क्रम बढेकाले सबैको ध्यान तान्न हामीले यो प्रतियोगिता गर्न लागेका छौं।’

उनका अनुसार उक्त प्रतियोगिता सम्पन्न भएसँगै भविष्यमा साईकल रुट निर्माण गरी साईक्लिङ गर्ने, स्विमिङ पुल निर्माण गरी प्रतियोगिताहरु आयोजना गर्ने र प्याराग्लाईडिङको सम्भाव्यतासमेत अध्ययन गर्न सकिने छ।

गुरुङले उक्त प्रतियोगिताको उद्धघाटन नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले गर्ने जनाए। त्यस्तै, प्रतियोगिताको उद्धघाट्न सत्रमा संघीय तथा प्रदेश सभाका सदस्यहरुको समेत अतिथिको रुपमा उपस्थिति रहने आयोजकले जनाएको छ।

त्यस्तै, प्रतियोगिताको उद्धघाट्न सत्रमा स्थानीय सोरठी, घाँटु, कौडा, चुड्का, सालैजोलगायतका स्थानीय सांस्कृतिक झाँकीहरु प्रर्दशन हुने आयोजक संस्थाका महासचिव मनबहादुर थापाले जनाए।

थापाले दिएको जानकारी अनुसार क्रस कन्ट्री दौड १४ कि.मी (२१ वर्ष मुनिका) र ३१ कि.मी. (खुल्ला) दुई समूह विहान ९ः०० बजे सुरु हुनेछ। पुतलीबजार–९ कोल्मा बराहचौरबाट सुरु भई पुतलीबजार–८, शुक्लागण्डकी–९ तनहुँ र बिरुवा गाउँपालिका–४ बाट पुतलीबजार–९ मा पुगी समापन हुने आयोजकले जानकारी दिएको छ।

त्यस्तै प्रतियोगितामा प्रथम हुने पहिलो समूहको प्रथम हुनेलाई २० हजार, द्धितियलाई १५ हजार, तृतियलाई १० हजार पुरस्कार दिईनेछ । त्यस्तै, दोस्रो समूहको पहिलो हुनेलाई ५० हजार, द्धितियलाई ४० हजार, तृतियलाई ३० हजारको पुरस्कार दिईनेछ।

दुवै समूहको प्रथम, द्धितिय र तृतिय हुनेलाई ट्रफी र मेडलसहित प्रमाणपत्रपनि प्रदान गरिनेछ। त्यस्तै, प्रतियोगितामा दश जना सम्मलाई मेडल र प्रमाणपत्र प्रदान पनि गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा देशका ख्यातिप्राप्त कलाकारहरुको पनि उल्लेख्य सहभागी रहनेछ। प्रतियोगितामा नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत राष्ट्रिय खेलकुद परिषदमार्फत खेलाडीहरु सहभागी हुने आयोजकले जानकारी दिएको छ।

महासचिव थापाले उक्त प्रतियोगिता सम्पन्न भएसँगै चार थुम र ७ सय कोल्मालाई जगाउन, गाउँमा पर्यटक आकर्षित गर्न र नयाँ पुस्तालाई आफ्नो गाउँठाउँ चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफूहरु विश्वस्त रहेको सुनाए।

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

‘रन फर एजुकेशन’ प्रतियोगिता सम्पन्न

‘रन फर एजुकेशन’ प्रतियोगिता सम्पन्न

२०७६, ३२ श्रावण शनिबार १३:०४

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

मस्त ‘मर्निङ वाक’, स्वस्थ जीवन

मस्त ‘मर्निङ वाक’, स्वस्थ जीवन

२०७६, ३२ श्रावण शनिबार १६:४६

इन्साफ

इन्साफ

२०७६, ३२ श्रावण शनिबार १२:००

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३

नेकपाका यी नेताले पाए केन्द्रीय विभागको जिम्मेवारी (सूचीसहित)

नेकपाका यी नेताले पाए केन्द्रीय विभागको जिम्मेवारी (सूचीसहित)

२०७६, ३२ श्रावण शनिबार १४:१६

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

२०७६, ३२ श्रावण शनिबार ०७:१९

लुम्बिनी विकास कोषमा बेथिति, कार्यान्वयन भएन गुरुयोजना

लुम्बिनी विकास कोषमा बेथिति, कार्यान्वयन भएन गुरुयोजना

२०७६, ३२ श्रावण शनिबार ०९:३४

पुडासैनीको घटनाबारे छानवीनको माग गर्दै प्रदर्शन

पुडासैनीको घटनाबारे छानवीनको माग गर्दै प्रदर्शन

२०७६, ३२ श्रावण शनिबार १०:४१

कुमार पौडेल ‘इन्काउन्टर’: थन्कियो गृहको प्रतिवेदन

कुमार पौडेल ‘इन्काउन्टर’: थन्कियो गृहको प्रतिवेदन

२०७६, ३२ श्रावण शनिबार ०९:०७

रोजगारीका नाममा आफ्नैले ठग्छन्

रोजगारीका नाममा आफ्नैले ठग्छन्

२०७६, ३२ श्रावण शनिबार ०७:१०