जुम्ला – सडकको विकाससँगै कर्णाली राजमार्ग आसपास पर्ने बस्तीमा बजारीकरण बढ्दै गएको छ। एक दशक पहिला सुनसान देखिने कर्णाली राजमार्ग आसपासका बस्ती, बजारमा स्थानीय सरकार आएसँगै सौर्य बत्तीले चहलपहल बढाएको छ।

तिला गाउँपालिकाको रारालिही, कुडारी , तिलाकोट, जर्मी, एैरेनीलगायत क्षेत्रका बजार बाक्लिँदै गएको हो। अहिले तीन दर्जनभन्दा बढी होटल व्यवसाय, डिलर, खुद्रा पसल, पोल्टी फार्म, फ्रेस हाउस, कपडाका पसल हार्डवेयरका व्यवसायी बढेका छन्।

सङ्घीयताले स्थानीयस्तरमा आर्थिक गतिविधि बढाए पनि ग्रामीण क्षेत्रका बजारमा भने विद्युतीय बत्तीको अभाब भएकाले चोरीका घटना बढ्ने गरेका कारण व्यापारीको मागअनुसार सडक बत्तीको व्यवस्था गरिएको गाउँपालिकाका वडाध्यक्ष डिल्ली रावलले बताए। अहिले सडक बत्तीले ग्रामीण क्षेत्रका बजार झिलीमिली भएका छन्।

स्थानीय सरकार आएसँगै ग्रामीण क्षेत्रका बजारमा चहलपहल बढ्नाका साथै सडक बत्तीले व्यापारिक कारोवारका टेवा पुगेको व्यापारी राजु डाँगीले बताए। उनले भने ‘पहिला निकै अँध्यारो हुन्थ्यो, अत्याआवश्यक सामान हुँदा पनि ग्राहक आउन मान्दैनथे तर हिजोआज बजार साँझपख झिलीमिली भएको देख्दा साँझसम्म मानिसको चहलपहल हुन्छ।

यसैगरी तिल रावल, बिर्ख रावल, सर्पदल परियारलगायत व्यापारीले सडक बत्तीले राहत मिलेको बताए। करीब रु सात लाखको लागतमा सडकमा सौर्य बत्ती जडान गरिएको हो।

तातोपानी गाउँपालिकाको केन्द्र, प्रहरी अस्थायी विट, जनता बैंकको शाखा पनि बसेकाले वडापालिकाको सहयोगमा डिजिटल सडक बत्तीको योजना ल्याइएको वडाध्यक्ष डिल्ली रावलले बताए।

सडक बत्तीले चोरीका घटना न्यूनीकरण हुनाका साथै बजारभित्र हुनसक्ने अप्रिय घटनालगायत सुरक्षा चुनौती कम भएको पनि उनको भनाइ थियो।

-रासस

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

२०७६, २ कार्तिक शनिबार १७:१३

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता  (लाइभ हेर्ने लिङ्कसहित)

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, २ कार्तिक शनिबार १६:४३

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६