इलाम,– इलाम नगरपालिका–७ की उषा निरौलालाई बिहान उठ्ने बित्तिकै आफ्नो उद्योगमा काम गर्न हतारो हुन्छ। घरमै भएको उद्योगमा समय मिलाएर काम गरे पनि अरु काम गर्न उनलाई धौ धौ पर्ने गर्छ। उनी इलामकी एक मात्र अदुवा उद्यमी हुन्। उनी अदुवाबाटै विभिन्न परिकार बनाएर बेच्ने गर्छिन्।

उनको उद्योगमा बनेका वस्तु इलाममा मात्र नभई जिल्ला बाहिर पनि बिक्छ। उनी यो व्यवसाय गर्ने जिल्लाकै एक मात्र उद्यमी हुन् भन्दा पनि फरक पर्दैन।विसं २०६८ मा सामान्य तालीम लिएर अदुवा प्रशोधनमा हात हालेकी उषाले अदुवाबाट बन्ने क्यान्डी, तितौरा, मिक्चर, सर्बत, सुठो र अचार बनाउने गर्छिन्। यसैबाट जीवन चलाउँदै आएकी उनको प्रशोधन केन्द्रमा मासिक पाँच क्विन्टल अदुवा खपत हुन्छ।‘

अहिले मेरो प्रशोधन केन्द्रमा पाँच क्विन्टल जति अदुवा खपत हुन्छ, सबै अदुवा अर्गा्निक मात्रै ल्याउने गरेकी छुु,’ उषाले भनिन्। रासायनिक मल र विषादीले मानिसको शरीरमा प्रत्यक्ष तथा अप्रत्यक्ष असर पर्ने कुरा बुझेकी उनले अदुवा साना किसानबाट मात्रै किन्ने गरेकी छन्। उनको अनुभवमा व्यावसायिक रुपले खेती गर्ने ठूला किसानले बढी रासायनिक विषादीे प्रयोग गर्छन्।

शुरुआती समयमा अनावश्यक झण्झट खेपेकी उनले व्यवसाय बढे सँगै प्रशंसा पनि बटुल्ने गरेकी छन्। उनले भनिन् – ‘जति बेला मैलै यो उद्यम शुरु गरें त्यति बेला त छिमेकीबाट पनि सहयोग पाइनँ। राम्रो बजारीकरण पनि नभएको बेला अरुलाई बुझाउन समस्या पर्यो। अहिले पनि बजार मूल्य राम्रो त पाएको छैन तर, बनाइसकेका परिकार खेर चाहीँ फाल्नु पर्दैन।’

यस्ता वस्तुको माग स्वदेशमा राम्रो नभए पनि विदेशमा हारालुछ हुने गरेको उनी बताउँछिन्। उनी भन्छिन् – ‘यहाँ त अहिले पनि अदुवाको सर्बत भन्दा मानिसले बुझ्दैनन् तर, बाहिरबाट आएका पर्यटकका लागि भने यही अमूल्य हुने गरेको छ।’ उषाले अरु दुई जनालाई अहिले रोजगारी दिइरहेकी छिन्। उनी अहिले सूर्योदय नगरपालिकाको पशुपतिनगरमा उद्योग सार्ने योजनामा छिन्।

इलाम नगरपालिका–१ साँखेजुङकी मिलनकुमारी खत्रीले धेरै सङ्घर्ष गरेर हुर्किनु पर्यो। विवाह पछि पनि जीवन उस्तै रह्यो तर, मिलनको मनमा भने सधैं ‘केही गर्नुपर्छ’ भन्ने आइरहन्थ्यो। के गर्ने ? न त हातमा शीप, न गोजीमा दाम। त्यतिकैमा मिलनको मनमा चिया रोप्ने सोच आउन थाल्यो। कुनै बेला मिलनलाई चिया ओइलाए पछि पनि लामो समय प्रयोग गर्न सकिन्छ भन्ने पत्तै थिएन। चियाको मुना टिपेर ल्याएर तत्कालै पकाएमा मात्रै चिया बन्छ भन्ने उनी सोच्थिन्।

मिलनले भनिन् – ‘आर्थिक स्थिति त्यति राम्रो थिएन। त्यसैले घरायसी सामग्री सटहीकै लागि पनि चिया सुकाउने काम गर्न थालें। चियाका दाम त्यति बेला आठ रुपैयाँ थियो होला तर, हामी बेच्ने काम गर्दैनथ्यौँ। मिलनका अनुसार चिया बनाउन थालेपछि अन्य गाउँबाट पनि माग आउन थाल्यो।

‘चिया रोपेको ३–४ वर्ष पछि मात्रै नगदमा बेच्न थाल्यौँ , उनले भनिन् – ‘हामी त्यति बेला घाममा मात्र चिया सुकाउँथ्यौं। पानी परेको बेला भने आगो माथि फलामको पातामा राखेर सुकाउथ्यौँ। ‘उद्योग दर्ता गराएपछि सेवा सुविधा पनि पाइने भएपछि इलाम सदरमुकाम आएका थियौँ,’ मिलनले भनिन् – ‘त्यति बेलै पनि दुई हजार रुपैयाँ पुरस्कार पाएकी थिएँ। ठूलै हौसला मिल्यो।’ शुरुआती वर्षमा धेरै झण्झट भोगेकी मिलनको अहिले भने दिन फिरेको छ।

मिलनको अहिले आफ्नो र भाडामा लिएको गरी ३२ रोपनी जग्गामा चिया खेती हुन्छ भने चिया प्रशोधन गर्ने उद्योग पनि छ। त्यही चियाबाट अहिले वार्षिक तीनदेखि चार लाख रुपैयाँ नाफा हुन्छ । सयौँको सङ्ख्यामा उद्योग हेर्न आउँछन् । मिलन भन्छिन् –‘राम्रो कमाइ हुन्छ। चिया खेतीबाटै हामीले परिवार पालेका छौं भने दुई छोरा काठमाडौँमा पढ्दैछन्। अर्को आम्दानी केही पनि छैन।’

अहिले मिलनको उद्योगको चिया रसिया, ताइवान, चीन, जापानमा समेत जान्छ । उनको उद्योगमा पाँच जना भन्दा बढीले रोजगारी पाइरहेका छन्। असल र कर्मठ किसान भएकैले राष्ट्रपति उत्कृष्ट पुरस्कार पाइसकेकी मिलनको परिवार नै चिया क्षेत्रमा खट्ने गरेको छ।

लेकाली कृषि सहकारी संस्थाकी मिलनले चियाकै लागि उन्नति परियोजनाबाट ८० लाख रुपैयाँको परियोजना पनि विगतमा सञ्चालन गरिसकेकी छन्। अर्गा्निक चिया बनाएमा कहिल्यै पनि घाटा नहुने र उचित मूल्यमा बिक्ने उनको अनुभव छ । उनी भन्छिन् –‘केही गर्न सङ्घर्ष गर्ने पर्छ, नभए केही हुँदैन’।

सन्दकपुर गाउँपालिकास्थित सुलुबुङकी लीलादेवी भट्टराई पनि आफ्नै घरमा भएको डेरीमा बिहान सबेरैदेखि खट्छिन्। विसं २०३३ मा पाँचथर जन्मेकी लीला एक सङ्घर्षशील महिलाका रूपमा चिनिन्छिन्। सानैदेखि सामाजिक कार्यमा रुचि भएकी उनलाई विवाह पछि पनि अवरोध भएन। विवाहपछिका अनेकौँ चुनौतीलाई पार गर्दै अहेव उनले अध्ययन गरिन्। नौ वर्षसम्म करारमा अहेवको जागीर खाएकी लीला सामाजिक सङ्घसंस्था, सहकारी, महिला समूह गरी दशभन्दा बढी संस्थामा आवद्ध थिइन्।

जागीरले उनलाई चित्त बुझेन। आम्दानी राम्रो हुने सुनेपछि घरमै गाई पाल्ने सोच बनाइन्। आजभन्दा पाँच वर्षअघि पाँच लाखको पूँजीमा भट्टराई कृषि पशुपालन तथा डेरी उद्योग सञ्चालनमा ल्याएकी उनले पहिलो पटक गोठ बनाउन पाँच हजार रुपैयाँ अनुदान पाएकी थिइन्।

उनको डेरीबाट ३ सय  लिटर दूधको दैनिक १२ किलो घिउ र छुर्पी उत्पादन हुन्छ। किसानलाई भुक्तानी दिएर पनि मासिक तीस हजार रुपैयाँ नाफा  हुँदै अाएकाे  उनी बताउँछिन्। आधुनिक डेरीको सञ्चालन पछि करीब एक हजार लिटर दूध उत्पादन हुने र यसबाट मासिक एक लाख रुपैयाँ आम्दानी हुने उनको आकलन छ। उनको डेरीमा हाल तीन पुरुष र दुई महिला गरी पाँच जनाले रोजगारी पाइरहेका छन्।(रासस)

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

२०७६, २ कार्तिक शनिबार १७:१३

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता  (लाइभ हेर्ने लिङ्कसहित)

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, २ कार्तिक शनिबार १६:४३

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६