रुपन्देही– आइतबार रुपन्देहीको रोहिणी गाउँपालिका–५ मा महेन्द्र कुर्मीलाई गोली हानी हत्या गरिएको घटनाको अनुसन्धान गम्भिर बन्दै गएको छ।

उक्त घटनाको अनुसन्धानको लागि काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीलाई पनि प्रहरीले बोलाएको छ। जिल्ला प्रहरी कार्यालय, रुपन्देही स्रोतका अनुसार प्राविधिक सहयोगका लागि ब्युरोबाट एउटा अनुसन्धान टोली लगिएको हो।

स्रोतले भन्यो, ‘काठमाडौंबाट गएको टोलीले बुधबारदेखि काम थाल्नेछ।’ आइतबार कुर्मी पत्नी विजयलक्ष्मी र एक वर्षका छोरासहित हिमालयन बैंकमा रहेको करिब ५ लाख रुपैयाँ झिक्न भैरवहा गएका थिए। तर, फर्किँदा उनलाई लखेटेर गोली हानी हत्या गरिएको थियो र लक्ष्मी र उनका छोरालाई भने लात्ताले हानेर नालीमा फ्याँकिएको थियो।

अभियुक्तको दृश्य कैद

प्रत्यक्षदर्शीका अनुसार गोली हान्ने अभियुक्त मोटरसाइकलमा सवार थिए भने रुमालले मुख छोपेका थिए। तर उनीहरुको दृश्य नजिकै रहेको क्लोज सर्किट (सीसी) क्यामरामा कैद भएको छ।

प्रहरीले ती दृश्यको समेत विश्लेषणबाट अनुसन्धान थालेको छ। यद्यपि, अभियुक्त भने सुनौली नाकाबाट भारततिर पुगिसकेका छन्। अभियुक्त नेपाली नागरिक थिए वा भारतीय भन्ने चाहिँ खुलिसकेको छैन। यद्यपि, हालसम्मको अनुसन्धानले भारतीय नागरिकतर्फ नै इंगित गरेको स्रोत बताउँछ।

भारतीय नागरिककै संलग्नता भए पनि नेपालीको समेत सहयोग हुनुपर्ने आशंका गरिएको छ। जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख एसपी हेम थापा भन्छन्, ‘हामी अनुसन्धान गरिरहेका छौं। तर, अहिलेसम्म उपलब्धी हाँसिल भइसकेको छैन।’

ओमसतिया गाउँपालिका–५ का कुर्मी गाउँमा खेती किसानी गर्दै आएका थिए। वैदेशिक रोजगारीका लागि मलेसिया गएर फर्किएका उनी पछिल्लो समय गाउँलेलाई ब्याजमा ऋण पनि दिन थालेका थिए।

लोकप्रिय

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

शुक्रबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, १६ फाल्गुन शुक्रबार २०:००

बिहीबार दिनभरका प्रमुख खबरहरू- छुटाउनु भयाे कि?

बिहीबार दिनभरका प्रमुख खबरहरू- छुटाउनु भयाे कि?

२०७६, १५ फाल्गुन बिहीबार २०:०४

पेट्रोलियम पदार्थमा कर नलगाउन नेविसङ्घको आग्रह

पेट्रोलियम पदार्थमा कर नलगाउन नेविसङ्घको आग्रह

२०७६, १६ फाल्गुन शुक्रबार १९:२८

थाइल्याण्डमा नेपाली टाेलीकाे अन्तिम तयारी, प्रशिक्षक भन्छन्, ‘उपाधि हामीले नै जित्छौँ’

थाइल्याण्डमा नेपाली टाेलीकाे अन्तिम तयारी, प्रशिक्षक भन्छन्, ‘उपाधि हामीले नै…

२०७६, १६ फाल्गुन शुक्रबार १७:२६

कुवेतलाई फराकिलाे अन्तरले हराउँदै युएइले जित्यो एसीसी वेस्टर्न रिजनको उपाधि

कुवेतलाई फराकिलाे अन्तरले हराउँदै युएइले जित्यो एसीसी वेस्टर्न रिजनको उपाधि

२०७६, १५ फाल्गुन बिहीबार १४:३२

फेस प्याकः अनुहारको सौन्दर्य बढाउन यसरी घरमै तयार गर्नुहोस् !

फेस प्याकः अनुहारको सौन्दर्य बढाउन यसरी घरमै तयार गर्नुहोस् !

२०७६, १६ फाल्गुन शुक्रबार १०:१२

ईपीएलकाे खेल तालिका सार्वजनिक, पहिलाे खेलमा ललितपुर र पोखरा भिड्ने

ईपीएलकाे खेल तालिका सार्वजनिक, पहिलाे खेलमा ललितपुर र पोखरा भिड्ने

२०७६, १५ फाल्गुन बिहीबार १५:४६

निन्द्रा नलाग्ने समस्याबाट मुक्ति पाउन यसो गर्नुहोस्

निन्द्रा नलाग्ने समस्याबाट मुक्ति पाउन यसो गर्नुहोस्

२०७६, १६ फाल्गुन शुक्रबार १२:५३

विवाह बन्धनमा बाँधिए प्रियंका–आयुष्मान

विवाह बन्धनमा बाँधिए प्रियंका–आयुष्मान

२०७६, १५ फाल्गुन बिहीबार १९:१५

राष्ट्रिय उमा कुङ्फु प्रतियोगिता शुरु

राष्ट्रिय उमा कुङ्फु प्रतियोगिता शुरु

२०७६, १६ फाल्गुन शुक्रबार २२:२५

विवाह बन्धनमा बाँधिए अभिनेता बराल र बेली डान्सर प्रमिला

विवाह बन्धनमा बाँधिए अभिनेता बराल र बेली डान्सर प्रमिला

२०७६, १६ फाल्गुन शुक्रबार १३:३१

प्याराग्लाइडिङ च्याम्पियनसीपमा नेपाल दोस्रो

प्याराग्लाइडिङ च्याम्पियनसीपमा नेपाल दोस्रो

२०७६, १६ फाल्गुन शुक्रबार ०७:१६

चक्रपथ सडक विस्तारः वैशाखपछि चिनियाँ टोलीको जिम्मामा

चक्रपथ सडक विस्तारः वैशाखपछि चिनियाँ टोलीको जिम्मामा

२०७६, १६ फाल्गुन शुक्रबार ०७:२२

एसीसी वेस्टर्न रिजन : उपाधिको लागि युएइद्वारा कुवेतसामु २ सय रनको लक्ष्य प्रस्तुत

एसीसी वेस्टर्न रिजन : उपाधिको लागि युएइद्वारा कुवेतसामु २ सय…

२०७६, १५ फाल्गुन बिहीबार १३:०६

आइसीसी महिला विश्वकपः न्युजिल्याण्डविरुद्ध भारतको रोमाञ्चक जित

आइसीसी महिला विश्वकपः न्युजिल्याण्डविरुद्ध भारतको रोमाञ्चक जित

२०७६, १५ फाल्गुन बिहीबार १२:५४