काठमाडौं– प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवाको ‘प्रहरी पनि नेकपाका कार्यकर्ता जस्ता भए’ भन्ने भनाइको जवाफ दिँदै सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सिंहदरबारको गेटमा आफूले प्रहरीको कुटाई खाएको नबिर्सिएको बताएका छन्।

‘दौरा सुरुवाल, टोपी र कोट ढल्काएर पछि त सरकारका प्रहरीले चिन्छ भनेर सिंहदरबारबाट जनतासँग भेट्न जाँदै गर्दा सिंहदरबारको गेटमा कुटाइ खाएको हामीले बिर्सिएका छैनौं, उनले भने, ‘हामी प्रतिपक्षीका साथीहरुसँग लामो समयसँगै हिँड्दै यहाँसम्म आइपुगेका छौं, हामीलाई हाम्रा पृष्ठभूमी थाहा छ, कसले के गर्नुभयो मैले त्यो टिप्पणी गर्न खोजेको होइन।’

सबै मिलेर संविधानको कार्यान्वयन र रक्षा गर्नुबाहेक अर्को विकल्प नरहेको नेम्वाङले बताए। ‘परिवर्तनलाई संस्थागत गर्न संविधान ल्याएर ऐतिहासिक काम गरेका छौं। महत्वपूर्ण आधार खडा गरेका छौं। अब यो देशमा परिवर्तनका लागि राजनीतिक आन्दोलन गर्नुपर्दैन’, नेम्वाङले भने,‘सशस्त्र क्रान्ति गर्नुपर्दैन। अब समृद्ध नेपाल सुखी नेपाली व्यवहारमा उतार्नुपर्छ।’

‘अब नेपालीहरु निराश हुनुपर्ने कुनै कारण छैन,’ नेम्वाङले भने। ‘यो महत्वपूर्ण र सकारात्मक कुरा हो। हाम्रो शिर ठाडो पार्ने कुरा छन्। हाम्रो छाति फुल्ने कुरालाई अगाडि सार्न कोही पनि नभुलौं। यस सन्दर्भमा केही कमी कमजोरी भएका छन् भने त्यसलाई मिलेर सच्याएर अगाडि बढौँ’, उनले भने,‘अलिकति पनि निराश हुनुपर्ने अवस्था छैन।’  कमिकमजोरी भएमा त्यसलाइ सच्याएर अगाडि बढ्न तयार रहेकाे पनि नेम्वाङले जानकारी दिए।

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

२०७६, २ कार्तिक शनिबार १७:१३

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता  (लाइभ हेर्ने लिङ्कसहित)

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, २ कार्तिक शनिबार १६:४३

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६