विराटनगर — संविधान दिवस २०७६ का अवसरमा प्रदेश नं १का राष्ट्रिय गानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई), २४ पटक सगरमाथा आरोहण गर्ने कामीरीता शेर्पा र म्याराथुनका अन्तरराष्ट्रिय धावक मीरा राई पुरस्कृत हुनुभएको छ। प्रदेश नंं १ का प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले उनीहरुलाई जनही रु पाँच लाख नगदसहित प्रमाणपत्र प्रदान गरेका थिए।

सोही प्रदेशका मुख्य मन्त्री शेरधन राईले नेपालको संविधान २०७२ राष्ट्र निर्माणको बलियो आधार भएको र सोही बमोजिम सहकार्य तथा सहअस्तित्वलाई समेत अङ्गिकार गरी शासन सञ्चालन भइरहेको बताए।

तीन तहका सरकारकाबीच कुनै द्विविधा नरहेको प्रष्ट पार्दै उहाँले सरकार सञ्चालनका लागि मूलभूत विषयमा राजनीतिक दलहरुबीच एकता रहेको जिकिर गरे। संविधान दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै मुख्य मन्त्री राईले यो प्रदेशको नामाकरण छिट्टै गरिनेमा जोड दिए। भ्रष्टाचारका लागि सरकारले शून्य सहनशीलता अपनाएको, शासकीय पद्धतिमा जवाफदेहिता र पारदर्शीता अपनाउन सरकार क्रियाशील रहेको उनले जानकारी दिए।

यसअघि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, सगरमाथा टिन्स क्लब, राष्ट्रसेवक कर्मचारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, उद्योगी, व्यापारी, नागरिक समाज र सञ्चारकर्मी सम्मिलित ¥यालीले नगर परिक्रमा गर्दै स्थानीय शहीद रङ्गशालामा पुगेर सभामा परिणत भएको थियो। सभामा सूर्यदल गणका साथै विभिन्न जात जातिका झाँकी, लाखेनाच, परम्परागत वेषभूषा प्रदर्शन गरेका थिए।

प्रदर्शनका क्रममा पोखरीया बाल क्लब, सत्यनारयाण मावि र नेपाल स्काउट क्रमशः प्रथम, द्वितीय र तृतीय भई क्रमशः रु ३० हजार, रु २० हजार र १० हजार पुरस्कार प्राप्त गरेका थिए भने सैनिक आवासीय विद्यालय तथा नेपाल प्रहरी विद्यालयले सन्त्वना पुरस्कार स्वरुप रु पाँच–पाँच हजार प्राप्त गरेका थिए।समारोहमा प्रदेशका मन्त्रिगण, उच्च पदस्त अधिकारी विभिन्न दलका नेता सुरक्षा निकायका प्रमुख,समाजसेवी र उद्योगपतिको सहभागिता थियो।

यसअघि मुख्यमन्त्री राईले विराटनगर विमानस्थल र जनआन्दोलन (महेन्द्रचोक) मा स्थायीरूपमा रहनेगरी ठूलो राष्ट्रिय झण्डा फहराएका थिए। आजै प्रदेशको १४ वटै जिल्ला सदरमुकाम र प्रदेशका विभिन्न ३८ स्थानमा झण्डोत्तोलन पनि गरिएको प्रदेश प्रमुख सचिव सुरेश अधिकारीले जानकारी दिए। (रासस)

लोकप्रिय

रोनाल्डो ७ सय गोल नजिक

रोनाल्डो ७ सय गोल नजिक

२०७६, २५ आश्विन शनिबार १२:४५

काठमाडौंको दरबारमार्गमा भिषण आगलागी (तस्विरसहित)

काठमाडौंको दरबारमार्गमा भिषण आगलागी (तस्विरसहित)

२०७६, २६ आश्विन आईतवार १८:४७

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण आजदेखी

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण आजदेखी

२०७६, २५ आश्विन शनिबार १०:४१

दरबारमार्गकाे भिषण आगलागी डेढ घण्टापछि नियन्त्रणमा (तस्विरसहित)

दरबारमार्गकाे भिषण आगलागी डेढ घण्टापछि नियन्त्रणमा (तस्विरसहित)

२०७६, २६ आश्विन आईतवार २०:२८

अर्जेन्टिना र इक्वेडर भिड्दैः अर्जेन्टिनाको शुरुवाती ११ घोषणा

अर्जेन्टिना र इक्वेडर भिड्दैः अर्जेन्टिनाको शुरुवाती ११ घोषणा

२०७६, २६ आश्विन आईतवार १७:४८

आइसीसी वरियतामा खस्कियो नेपाल

आइसीसी वरियतामा खस्कियो नेपाल

२०७६, २६ आश्विन आईतवार ११:२५

चिनिया राष्ट्रपतीले भने, ‘बुद्ध नेपालमा जन्मिएका हुन्’

चिनिया राष्ट्रपतीले भने, ‘बुद्ध नेपालमा जन्मिएका हुन्’

२०७६, २६ आश्विन आईतवार १३:४८

साधु मृत्यु प्रकरण : तीन किशोर प्रहरी नियन्त्रणमा

साधु मृत्यु प्रकरण : तीन किशोर प्रहरी नियन्त्रणमा

२०७६, २६ आश्विन आईतवार २०:५५

रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सीको घोषणा

रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सीको घोषणा

२०७६, २५ आश्विन शनिबार २१:१९

जापानमा शक्तिशाली आँधीमा परी १८ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

जापानमा शक्तिशाली आँधीमा परी १८ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

२०७६, २६ आश्विन आईतवार १३:२६

सीको नेपाल भ्रमण : शङ्कास्पद गतिविधिमा संलग्न भन्दै ६० पक्राउ, अधिकांश तिब्बती शरणार्थी

सीको नेपाल भ्रमण : शङ्कास्पद गतिविधिमा संलग्न भन्दै ६० पक्राउ,…

२०७६, २६ आश्विन आईतवार १७:२०

‘बिग बोस’माथी अश्लिलता फैलाएको आरोप

‘बिग बोस’माथी अश्लिलता फैलाएको आरोप

२०७६, २६ आश्विन आईतवार १३:१४

गोली चल्दा कम्तीमा चारको मृत्यु

गोली चल्दा कम्तीमा चारको मृत्यु

२०७६, २५ आश्विन शनिबार २१:०६

जापानमा दशौँ हजार सुरक्षाकर्मी तथा उद्धारकर्मी परिचालित

जापानमा दशौँ हजार सुरक्षाकर्मी तथा उद्धारकर्मी परिचालित

२०७६, २६ आश्विन आईतवार २०:१३

‘छ माया छपक्कै’ को आक्रामक व्यापार

‘छ माया छपक्कै’ को आक्रामक व्यापार

२०७६, २६ आश्विन आईतवार १५:०७