चितवन — भदौको तेस्रो र चौथो साता अत्यधिक देखिएको डेङ्गु रोगको सङ्क्रमण घटेको छ। साउन पहिलो साताबाट क्रमशः बढ्दै गएको डेङ्गु रोगको सङ्क्रमण पछिल्लो एक साता दैनिक रुपमा घट्दै आएको चिकित्सकले जनाएका छन्।

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत भदौ २२ गते एकै दिन एक हजार ९ सय २२ जना बहिरंग सेवामा आएकामध्ये ९ सय मेडिकल विभागमा रहेकामा धेरैलाई डेङ्गु सङ्क्रमण देखिएको पौडेलले बताए। सोही दिन अघिल्ला दिनहरुका ३ सय बिरामीले पुनः मेडिकल बहिरङ्ग सेवामा स्वास्थ्य परीक्षण गराएका थिए।

मेडिकल विभागका प्रमुख डा.प्रकाश खतिवडाका अनुसार त्यस दिन एक हजार २ सय ३० जना बिरामी हेरिएको थियो। त्यसपछिका दिनहरुमा क्रमशः बिरामी घट्दै गएको उनले जानकारी दिए। बिहीबार अस्पतालको बहिरंग सेवामा एक हजार ३ सय बिरामी आएकामध्ये ५ सय हाराहारी मात्रै मेडिकल वार्डमा आएका थिए। तिनीहरुमध्ये ३ सय जतिलाई ज्वरोको सङ्क्रमण रहेकामा केहीलाई मात्र डेङ्गुको सङ्क्रमण देखिएको डा. खतिवडाले बताए।

भदौ चौथो सातापछि क्रमशः सङ्क्रमितको सङ्ख्या घट्दै गएको केसीले बताए। पछिल्ला दिनहरुमा सङ्क्रमण भएका बिरामी घटेको भन्दै उनले वर्षा बन्द भएसँगै आइतबार र सोमबार हेरेर सङ्क्रमण दर भन्न सकिने बताए। आगामी कात्तिकसम्म डेङ्गुको सङ्क्रमण देखिने उनले बताए।

अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले भर्ना भएका १ सय जना बिरामीमध्ये ६० जना ज्वरोका हुन् र तिनीहरुमध्ये ६० प्रतिशतसम्म डेङ्गुका हुने गरेकामा अहिले घटेर १५ देखि २० प्रतिशतमा झरेको बताए। यद्यपि मौसमी ज्वरो भने रहिरहेको उनको भनाइ छ।

लगातार परेको वर्षाले तापक्रम घटेका कारण डेङ्गुको सङ्क्रमण पनि घट्ने अपेक्षा गरिएको छ। स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार साउन यता बिहीबारसम्ममा जिल्लामा बिरामीको सङ्ख्या दुई हजार ५ सय १५ जना पुगेको छ। आठ हजार २ सय २१ जनाको रक्त परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन्।

लोकप्रिय

‘छैन मलाई डर’ बाट अन्जु पन्त र बालकुमार श्रेष्ठको चर्चा चुलिदै (भिडियो सहित)

‘छैन मलाई डर’ बाट अन्जु पन्त र बालकुमार श्रेष्ठको चर्चा…

२०७६, २४ मंसिर मंगलवार १८:४०

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

२०७६, २३ मंसिर सोमबार १९:१७

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

२०७६, २३ मंसिर सोमबार ११:०२

अब स्मार्टफोनमा ह्वाट्सएप नचल्ने

अब स्मार्टफोनमा ह्वाट्सएप नचल्ने

२०७६, २५ मंसिर बुधबार १८:१३

महिनावारी समयमै गराउने घरेलु उपाय

महिनावारी समयमै गराउने घरेलु उपाय

२०७६, २३ मंसिर सोमबार १४:२९

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

२०७६, २३ मंसिर सोमबार ११:४०

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

२०७६, २३ मंसिर सोमबार १७:४०

रिचार्ज कार्डको पिन नम्बर मेटिएको अवस्थामा पनि रिचार्ज गर्न यसो गर्नुहोस्

रिचार्ज कार्डको पिन नम्बर मेटिएको अवस्थामा पनि रिचार्ज गर्न यसो…

२०७६, २४ मंसिर मंगलवार १३:५२

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

२०७६, २३ मंसिर सोमबार १७:४१

फुटबलको फाइनलमा भुटानसँग भिड्दै नेपाल, स्वर्ण जित्ने लक्ष्य

फुटबलको फाइनलमा भुटानसँग भिड्दै नेपाल, स्वर्ण जित्ने लक्ष्य

२०७६, २४ मंसिर मंगलवार ०७:१५

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

२०७६, २४ मंसिर मंगलवार १६:५८

कीर्तिमानी गौरिकालाई सर्वाधिक ५६ लाख पुरस्कार

कीर्तिमानी गौरिकालाई सर्वाधिक ५६ लाख पुरस्कार

२०७६, २५ मंसिर बुधबार १८:०४

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

२०७६, २३ मंसिर सोमबार ०७:१८

कोलम्बियामा एक नवजात शिशु जन्मँदै गर्भवति

कोलम्बियामा एक नवजात शिशु जन्मँदै गर्भवति

२०७६, २४ मंसिर मंगलवार १४:०७

विवादित सूचीबाट हट्यो जम्मु र कस्मिर

विवादित सूचीबाट हट्यो जम्मु र कस्मिर

२०७६, २५ मंसिर बुधबार १५:५३