काठमाडौं– दशैंताका  नेपाल टेलिकमले फोरजी सेवा विभिन्न शहरमा विस्तार गर्ने तयारी गरेको छ। २० देखि २५ वटा शहरमा दशैंअघि सेवा सुरु गर्ने गरी तयारी भएको टेलिकमले बताएकाे छ।

टेलिकममा प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले विभिन्न स्थानमा फोरजीको परीक्षण सुरु भइसकेको जानकारी दिएका छन्। अधिकारीका अनुसार कोर नेटवर्कको परीक्षण गत साताबटै सुरु भएको छ भने अब सिस्टम माइग्रसेसन गरेर रेडियो एक्सेस नेटवर्कको परीक्षणको काम यस साताबाट सुरु भएको छ।

ठेकेदार कम्पनीहरुसँग गत माघमा नै टेलिकमले फोरजी सेवा विस्तारको सम्झौता गरेको थियो। एक वर्षमा काम सिध्याउने गरी उक्त सम्झौता भएको छ। उद्देश्यअनुसार अब ४ महिनाभित्रै तोकिएका सबै स्थानमा टेलिकमले फोरजी नेटवर्क सबैतिर विस्तार गरिसक्नुपर्छ।

अन्य सेवामा निजीभन्दा अगाडि रहेको टेलिकम फोरजी सेवामा चाहिँ पछि परेको छ। निजी क्षेत्रको एनसेलले फोरजी बजारको करिब ७४.३ प्रतिशत हिस्सा ओगट्दा टेलिकमको हिस्सा २०.३ प्रतिशत मात्र छ। टेलिकमभन्दा ढिलो सेवा सुरु गरेको स्मार्ट टेलिकमले समेत ५.४ प्रतिशत बजार हिस्सा बनाइसकेको छ। जति ढिलो भयो, टेलिकमलाई ग्राहक तान्न उति कठिन हुनेछ।

पछिल्लो समय इन्टरनेट प्रयोगकर्तामा फोरजीको आकर्षण बढ्दो छ। यो प्रविधिको फ्रिक्वेन्सी प्रभावकारी हुन्छ जसले उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउँछ। देशमा हाल फोरजीका ३९ लाख ४३ हजारभन्दा बढी प्रयोगकर्ता छन्। त्यसमा झण्डै २९ लाख ३० हजार प्रयोगकर्ता एनसेलका हुन्। टेलिकमसँग जम्मा ८ लाख मात्रै फोरजीका प्रयोगकर्ता छन्। स्मार्ट टेलिकमले करिब २ लाख १३ हजार ग्राहक तानेको छ।

टेलिकमले काठमाडौं र पोखरापछि अन्य क्षेत्रमा फोरजी विस्तारमा ढिलाइ गर्दा धेरै ग्राहकहरु एनसेललाई रोज्न बाध्य भएका छन्। पछिल्लो समय इन्टरनेट प्रयोगकर्तामा फोरजीको आकर्षण बढ्दो छ। यो प्रविधिको फ्रिक्वेन्सी प्रभावकारी हुन्छ। जसले उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउँछ। यसले मोबाइल डिभाइसमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्वपूर्ण ठूला फाइलहरु सजिलै र छिटो आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामग्रीहरु सजिलै हेर्न सकिन्छ।

टेलिकमको फोरजीरएलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क र्(यान) को लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङले जिम्मा पाएका छन्।

फाइभजीको पूर्वाधार

टेलिकमले नेपालभर ६५ लाख क्षमताको फोरजीरएलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुईवर्टा यान नेटवर्क तयार गर्नेछ। यसका लागि मुख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहने छर्। यान नेटवर्कअन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिने छ।

नेपाल टेलिकमले मुलुकमै पहिलोपटक मिति ०७३ पौष १७ गते काठमाडौं उपत्यका र पोखरामा फोरजी सेवा सञ्चालन गरेको थियो। देशभर यो सेवा विस्तार भएपश्चात टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ‘ओभरल’ रुपमा सञ्चालन गर्ने बताइएको छ। यस्तोमा यदि प्रयोगकर्ताले फोरजी प्रयोग गरिरहँदा फोन आयो भने त्यसको नेटवर्क इन्टरनेटमा सिफ्ट हुन्छ।

मुलुकभर द्रुत गतिको डाटा तथा भ्वाइस र मल्टिमिडिया सेवा विस्तार तथा कभरेज र क्यापिसिटीका लागि ‘स्मार्ट सेल विथ वाइफाइ’ विस्तार गर्न सकिने दावी टेलिकमको छ। टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले फोरजी विस्तार गरेपछि २०२५ सम्म अधिकतम लाभ लिन सक्नुपर्ने र त्यसपछि अर्को १० वर्ष फाईभजी र फोरजीको सेवा समानान्तररुपमा जान सक्ने बताएका छन्।

हाल विस्तार हुने फोरजीको पूर्वाधारपछि फाईभजीमा पनि उपयोग हुने अधिकारीले बताए। अधिकारीका अनुसार फोरजीका लागि तयार गरिने टावर र पावर सिस्टम फाइभजीका लागि पनि हुन्छ। यो सेवा विस्तार भएपछि कम्पनीलाई पनि लाभ हुन्छ भने ग्राहकले पनि थप स्तरीय सेवा पाउँछन्।

फोरजीसँगै टुजी र थ्रीजी पनि सँगसँगै विस्तार गर्नेे टेलिकमले बताएको छ। गरिररहेको प्रवन्ध निर्देशक अधिकारीका अनसार यस्तै विभिन्न क्षेत्रमा बीटीएस टावर स्थापनाका लागि पनि टेलिकमले काम गरिरहेको छ।

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

२०७६, २ कार्तिक शनिबार १७:१३

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता  (लाइभ हेर्ने लिङ्कसहित)

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, २ कार्तिक शनिबार १६:४३

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६