नवलपरासी— पश्चिम नवलपरासीको परासीमा एक महिलाले नेपाली सेनाका हवल्दारसँग मिलेर आफ्नै श्रीमान्को हत्या गरेकी छन्।

रामग्राम नगरपालिका–३ घोडपाली बस्ने ३५ वर्षीया सरस्वती पोखरेल पाण्डेले आफ्नै श्रीमान ४१ वर्षीय रवीन्द्र पाण्डेको हत्या गरेको रहस्य खुलेको छ। घटना शंकास्पद भएपछि प्रहरीले सरस्वतीलाई ३ दिनअघि नियन्त्रणमा लिएको थियो। सोधपुछको क्रममा उनले सेनाका हवल्दारसँग मिलेर श्रीमानको हत्या गरेको बयान दिएकी थिइन्।

उनैको बयानको आधारमा प्रहरीले सेनाको कालीध्वज गण परासीमा हवल्दार बमबहादुर घर्तीलाई पक्राउ गरेको छ। प्रहरी उपरीक्षक लालमणि आचार्यले ३ दिनअघि मृतक पाण्डेकी श्रीमती सरस्वतीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा हवल्दार घर्तीको पनि संलग्नता रहेको रहस्य खुलेपछि पक्राउ गरिएको जानकारी दिए। हत्यापछि घर्ती सेनाको ब्यारेकभित्रै थिए। उनलाई अदालतबाट पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

घर्ती र सरस्वतीबीच केही महिनादेखि अनैतिक सम्बन्ध रहेको बयानका क्रममा खुलेको छ। मृतक पाण्डेका परिवारले हराएको भन्दै खोजतलासका लागि प्रहरी कार्यालयमा निवदेन दिएका थिए। हत्या भएको १५ दिनपछि उनको शव घरनजिकैको हरि सुशील प्राविको सेफ्टी ट्यांकीबाट शनिबार प्रहरीले फेला पारेकोे थियो।

मृतक पाण्डेले घर्ती र श्रीमतीलाई रातको समयमा आफ्नै घरभित्रै बसेको देखेका थिए। घटना बाहिर आउन नदिन दुवै जनाले उनीमाथि कुटपिट गरी हत्या गरेको बयानमा खुलेको छ।

लोकप्रिय

मानव  तस्करीमा परेर फर्केकाको प्रस्तुतीमा राउण्ड टेबल नेपालले सर्कस प्रदर्शन गर्ने

मानव तस्करीमा परेर फर्केकाको प्रस्तुतीमा राउण्ड टेबल नेपालले सर्कस प्रदर्शन…

२०७६, २६ मंसिर बिहीबार २०:१३

कमजाेर हड्डीहरू बलियाे बनाउने सजिलाे उपाय

कमजाेर हड्डीहरू बलियाे बनाउने सजिलाे उपाय

२०७६, २७ मंसिर शुक्रबार १८:५२

सिन्धुपाल्चोकमा ४.५ रेक्टरको पराकम्प

सिन्धुपाल्चोकमा ४.५ रेक्टरको पराकम्प

२०७६, २६ मंसिर बिहीबार २०:४७

सत्य विश्व भूमी पार्टी नेपालको घोषणा

सत्य विश्व भूमी पार्टी नेपालको घोषणा

२०७६, २६ मंसिर बिहीबार १७:१६

पीपीएल विजेताले २७ लाख र उपविजेताले १० लाख पाउने

पीपीएल विजेताले २७ लाख र उपविजेताले १० लाख पाउने

२०७६, २६ मंसिर बिहीबार १७:०२

कमला घिमिरेको नयाँ गीत ‘वान टु वान टु’ (भिडियो सहित)

कमला घिमिरेको नयाँ गीत ‘वान टु वान टु’ (भिडियो सहित)

२०७६, २६ मंसिर बिहीबार १७:१५

प्रहरी सक्रियतामा रोकियो बालविवाह

प्रहरी सक्रियतामा रोकियो बालविवाह

२०७६, २६ मंसिर बिहीबार ०९:५६

‘नूर–गङ्गा प्रतिभा पुरस्कार गुठी’ द्धारा ५ प्रतिभालाई सम्मान

‘नूर–गङ्गा प्रतिभा पुरस्कार गुठी’ द्धारा ५ प्रतिभालाई सम्मान

२०७६, २७ मंसिर शुक्रबार १८:५०

पत्रकार महासङ्घका उपाध्यक्षमाथि कुटपिट

पत्रकार महासङ्घका उपाध्यक्षमाथि कुटपिट

२०७६, २६ मंसिर बिहीबार २१:०५

चुरोट पिउने महिलामा हुने १० खतराहरू

चुरोट पिउने महिलामा हुने १० खतराहरू

२०७६, २६ मंसिर बिहीबार १८:५९

विश्वकै धनी व्यक्ति जेफ बेजोसकाे संङ्घर्ष र सफलताकाे कारण

विश्वकै धनी व्यक्ति जेफ बेजोसकाे संङ्घर्ष र सफलताकाे कारण

२०७६, २६ मंसिर बिहीबार १५:४०

न्यातापोल अर्थात् पाँचतले मन्दिरको जीर्णोद्धार शुरु

न्यातापोल अर्थात् पाँचतले मन्दिरको जीर्णोद्धार शुरु

२०७६, २६ मंसिर बिहीबार ०८:१५

खेल दाैरान ज्यान गुमाएका क्रिकेटरहरु

खेल दाैरान ज्यान गुमाएका क्रिकेटरहरु

२०७६, २६ मंसिर बिहीबार १४:०१

पीएसजीको फराकिलो जित सँगै च्याम्पियन्स लिगको अन्तिम १६ टोली

पीएसजीको फराकिलो जित सँगै च्याम्पियन्स लिगको अन्तिम १६ टोली

२०७६, २६ मंसिर बिहीबार ११:१७

राष्ट्रिय शिक्षा नीति, २०७६ सार्वजनिक

राष्ट्रिय शिक्षा नीति, २०७६ सार्वजनिक

२०७६, २६ मंसिर बिहीबार १०:४४