बुटवल – रुपन्देही र नवलपरासीका औद्योगिक क्षेत्रमा प्रशारण लाइन र सवस्टेशन निर्माणमा ढिलाइ भएको गुनासो आएपछि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना निर्माणस्थलको निरीक्षण गरेका छन् ।

रुपन्देही, नवलपरासी पश्चिम र नवलपरासी पूर्वमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगमा पर्याप्त विद्युत आपूर्ति गर्न प्रसारण लाइन र सबस्टेसन को निर्माण भइरहेको छ। तर ती आयोजना निर्माणको गति सुस्त भएको गुनासो आएपछि घिसिङ शुक्रबार र शनिबार त्यस क्षेत्रमा पुगेका हुन्।

कार्यकारी निर्देशक घिसिङले आयोजना व्यवस्थापन, ठेकेदारसँग निर्माणमा रहेको जग्गा अधिग्रहण, वन क्षेत्रको जग्गा प्रयोगलगायतमा देखिएका समस्या बारेमा जानकारी लिएका छन्।  उनले बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी माघभित्र जनवरी २०२० र मैनहिया सबस्टेसनको काम पुस डिसेम्बर २०१९ भित्र सक्न निर्देशन दिएका छन् ।

‘निजी जग्गा अधिग्रहण, वन क्षेत्रको जग्गा प्रयोगमा रहेका समस्या समाधान गरी हामी साइट उपलब्ध गराउँछौं, अत्यन्तै महत्वका आयोजनाहरुको निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्न जनशक्ति थप्नुहोस, समयमै काम सक्नुभयो भने फूलमाला लगाएर पुरस्कृत गर्छौ, ढिलाइ गरेमा ठेक्का सम्झौतामा भएको व्यवस्था अनुसार कारबाही प्रक्रिया अगाडि बढाउँछौं’,उनले निर्माण कम्पनीहरुलाई निर्देशन दिंदै भनेका छन्।

हालको प्रसारण तथा वितरण प्रणालीको क्षमतालाई नधान्ने भएकाले यस क्षेत्रका उद्योगलाई माग अनुसारको विद्युत दिन नसकेको घिसिङले बताए। उनले निर्माण कम्पनीलाई भने ‘तपाईहरुले छिट्टो काम गरिदिनुभयो भने विद्युत माग दुई सय मेगावाटभन्दा बढी बढ्छ, यस क्षेत्रको विद्युत चुहावट करिब ५ प्रतिशत घट्छ।’

प्रसारण लाइन र सबस्टेसनको निर्माण कम्पनीहरुले तोकिएकै समयमा काम सक्ने प्रतिबद्धता जनाएका छन्। कार्यकारी निर्देशक घिसिङले बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको बर्दघाट नगरपालिका क्षेत्रमा जग्गा अधिग्रहणमा रहेको समस्या समाधान गर्न त्यहाँका मेयर धीरज शर्मासँग पनि छलफल गरेका छन्। मुलुकको औद्योगिक विकाससँग जोडिएका यी प्रसारण लाइनको निर्माणमा सहयोग गरिदिन उनले आग्रह गरेका थिए।

बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन र मैनहिया १३२/३३/११ केभी सबस्टेसन आयोजनाको समग्र भौतिक प्रगति करिब ४५ प्रतिशत छ। रुपन्देहीको योगीकुटी सबस्टेसनबाट सुरु भई मैनहिया पुग्ने प्रसारण लाइनको लम्बाइ १८ किलोमिटर छ। दुई किलोमिटर भूमिगतसहित प्रसारण लाइन आयोजनाले ५७ टावर निर्माण गर्नुपर्ने छ।

रुपन्देहीको भैरहवा क्षेत्रमा रहेका उद्योग र सर्वसाधारणलाई गुणस्तरीय विद्युत नियमित आपूर्ति गर्न, चुहावट घटाउन, प्रसारण क्षमता सुदृढ बनाउन यो आयोजनाको निर्माण हुन लागेको प्राधिकरणले जनाएको छ। यसैगरी, चिनियाँ लगानीमा खुलेको होङ्शी सिमेन्टलाई विद्युत आपूर्ति गर्न निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण भौतिक प्रगति करिब ४५ प्रतिशत छ।

२० किलोमिटर लामो आयोजनाले ६७ टावर निर्माण गर्नुपर्ने छ। त्यसमध्ये ४० टावरको जग हालिएको छ। बर्दघाट सबस्टेसनको स्तरोन्नती अन्तिम चरणमा पुगेको छ। प्रसारण लाइनको टावर रहने स्थानको निजी जग्गा प्राप्ति, वन क्षेत्रको जग्गा प्रयोगमा रहेको अधिकांश समस्याहरु समाधान भइसकेको र निर्माण सामग्री आयोजनास्थलमा आइसकेकाले दुवै आयोजनाका काम बढीमा ६ महिनमा सकिने छ।

सिमेन्ट उद्योगमा विद्युत पुर्याउने सरकारी घोषणा अनुसार यो प्रशारण लाइन निर्माण भएको हो। लाइन नपुग्दा होङ्शी सिमेन्टले अहिले डिजेलमार्फत विद्युत उत्पादन गरी प्रयोग गरिरहेको छ। उद्योगको क्षमता विस्तार गर्न लागेकाले होङ्शीलाई मात्रै करिब ८० मेगावाट विद्युत आवश्यक पर्ने बताइएको छ।

यसैगरी, चितवनको भरतपुर देखि नवलपरासीको बर्दघाटसम्मको २२० केभी प्रसारण लाइनको पनि निर्माण धमाधम भइरहेको छ। २४६ टावरमध्ये १८० वटाको जग हालिएको छ भने १५१ खडा गरिएको छ।

बुटवल – रुपन्देही र नवलपरासीका औद्योगिक क्षेत्रमा प्रशारण लाइन र सवस्टेशन निर्माणमा ढिलाइ भएको गुनासो आएपछि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना निर्माणस्थलको निरीक्षण गरेका छन्।

रुपन्देही, नवलपरासी पश्चिम र नवलपरासी पूर्वमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगमा पर्याप्त विद्युत आपूर्ति गर्न प्रसारण लाइन र सबस्टेसन को निर्माण भइरहेको छ। तर ती आयोजना निर्माणको गति सुस्त भएको गुनासो आएपछि घिसिङ शुक्रबार र शनिबार त्यस क्षेत्रमा पुगेका हुन्।

कार्यकारी निर्देशक घिसिङले आयोजना व्यवस्थापन, ठेकेदारसँग निर्माणमा रहेको जग्गा अधिग्रहण, वन क्षेत्रको जग्गा प्रयोगलगायतमा देखिएका समस्या बारेमा जानकारी लिएका छन्। उनले बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी माघभित्र जनवरी २०२० र मैनहिया सबस्टेसनको काम पुस डिसेम्बर २०१९ भित्र सक्न निर्देशन दिएका छन्।

‘निजी जग्गा अधिग्रहण, वन क्षेत्रको जग्गा प्रयोगमा रहेका समस्या समाधान गरी हामी साइट उपलब्ध गराउँछौं, अत्यन्तै महत्वका आयोजनाहरुको निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्न जनशक्ति थप्नुहोस, समयमै काम सक्नुभयो भने फूलमाला लगाएर पुरस्कृत गर्छौ, ढिलाइ गरेमा ठेक्का सम्झौतामा भएको व्यवस्था अनुसार कारबाही प्रक्रिया अगाडि बढाउँछौं’,उनले निर्माण कम्पनीहरुलाई निर्देशन दिंदै भनेका छन्।

हालको प्रसारण तथा वितरण प्रणालीको क्षमतालाई नधान्ने भएकाले यस क्षेत्रका उद्योगलाई माग अनुसारको विद्युत दिन नसकेको घिसिङले बताए। उनले निर्माण कम्पनीलाई भने ‘तपाईहरुले छिट्टो काम गरिदिनुभयो भने विद्युत माग दुई सय मेगावाटभन्दा बढी बढ्छ, यस क्षेत्रको विद्युत चुहावट करिब ५ प्रतिशत घट्छ।’

प्रसारण लाइन र सबस्टेसनको निर्माण कम्पनीहरुले तोकिएकै समयमा काम सक्ने प्रतिबद्धता जनाएका छन्। कार्यकारी निर्देशक घिसिङले बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको बर्दघाट नगरपालिका क्षेत्रमा जग्गा अधिग्रहणमा रहेको समस्या समाधान गर्न त्यहाँका मेयर धीरज शर्मासँग पनि छलफल गरेका छन्। मुलुकको औद्योगिक विकाससँग जोडिएका यी प्रसारण लाइनको निर्माणमा सहयोग गरिदिन उनले आग्रह गरेका थिए।

बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन र मैनहिया १३२/३३/११ केभी सबस्टेसन आयोजनाको समग्र भौतिक प्रगति करिब ४५ प्रतिशत छ। रुपन्देहीको योगीकुटी सबस्टेसनबाट सुरु भई मैनहिया पुग्ने प्रसारण लाइनको लम्बाइ १८ किलोमिटर छ। दुई किलोमिटर भूमिगतसहित प्रसारण लाइन आयोजनाले ५७ टावर निर्माण गर्नुपर्ने छ।

रुपन्देहीको भैरहवा क्षेत्रमा रहेका उद्योग र सर्वसाधारणलाई गुणस्तरीय विद्युत नियमित आपूर्ति गर्न, चुहावट घटाउन, प्रसारण क्षमता सुदृढ बनाउन यो आयोजनाको निर्माण हुन लागेको प्राधिकरणले जनाएको छ। यसैगरी, चिनियाँ लगानीमा खुलेको होङ्शी सिमेन्टलाई विद्युत आपूर्ति गर्न निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण भौतिक प्रगति करिब ४५ प्रतिशत छ।

२० किलोमिटर लामो आयोजनाले ६७ टावर निर्माण गर्नुपर्ने छ। त्यसमध्ये ४० टावरको जग हालिएको छ। बर्दघाट सबस्टेसनको स्तरोन्नती अन्तिम चरणमा पुगेको छ। प्रसारण लाइनको टावर रहने स्थानको निजी जग्गा प्राप्ति, वन क्षेत्रको जग्गा प्रयोगमा रहेको अधिकांश समस्याहरु समाधान भइसकेको र निर्माण सामग्री आयोजनास्थलमा आइसकेकाले दुवै आयोजनाका काम बढीमा ६ महिनमा सकिने छ ।

सिमेन्ट उद्योगमा विद्युत पुर्याउने सरकारी घोषणा अनुसार यो प्रशारण लाइन निर्माण भएको हो। लाइन नपुग्दा होङ्शी सिमेन्टले अहिले डिजेलमार्फत विद्युत उत्पादन गरी प्रयोग गरिरहेको छ। उद्योगको क्षमता विस्तार गर्न लागेकाले होङ्शीलाई मात्रै करिब ८० मेगावाट विद्युत आवश्यक पर्ने बताइएको छ।

यसैगरी, चितवनको भरतपुर देखि नवलपरासीको बर्दघाटसम्मको २२० केभी प्रसारण लाइनको पनि निर्माण धमाधम भइरहेको छ। २४६ टावरमध्ये १८० वटाको जग हालिएको छ भने १५१ खडा गरिएको छ।

लोकप्रिय

घूससहित वडाअध्यक्ष पक्राउ

घूससहित वडाअध्यक्ष पक्राउ

२०७६, ३ मंसिर मंगलवार १७:४०

विद्युतीय ट्याक्सीको मापदण्ड बन्दै छः यातायात व्यवस्था विभाग

२०७६, ४ मंसिर बुधबार १९:४६

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

२०७६, ४ मंसिर बुधबार १४:२३

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

२०७६, ४ मंसिर बुधबार १८:०७

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

२०७६, ४ मंसिर बुधबार १७:४२

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

२०७६, ३ मंसिर मंगलवार १७:१७

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

२०७६, ३ मंसिर मंगलवार १३:१२

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

२०७६, ३ मंसिर मंगलवार २०:०५

डोटिमा नक्कली नोट फेला

डोटिमा नक्कली नोट फेला

२०७६, ४ मंसिर बुधबार १९:०७

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

२०७६, ३ मंसिर मंगलवार ०७:२७

‘माछा–माछा’ सिनेमाको ‘म्याडम–म्याडम’ बोलको आइटम गीत रिलिज (भिडियो सहित)

२०७६, ३ मंसिर मंगलवार ११:५६

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

२०७६, ३ मंसिर मंगलवार १७:०६

टी–१० लिगमा पारसः आशा गरिएका तर अवसर नपाएका खेलाडी

२०७६, ५ मंसिर बिहीबार १०:३१

‘सप्तरङ्ग–२’ बुधबार पोखरामा

‘सप्तरङ्ग–२’ बुधबार पोखरामा

२०७६, ३ मंसिर मंगलवार १५:०५

तनुश्रीले नेहा कक्कडमाथि किन प्रश्न उठाईन्?

२०७६, ३ मंसिर मंगलवार १८:३७