काभ्रपलाञ्चोक– प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको सङ्घीयता कुनै पनि हालतमा ‘ब्याक’ नहुने बताएको छ। उनले जिल्ला समन्वय समितिद्वारा स्थानीय तहको क्षमता अभिवृद्धिका सन्दर्भमा धुलिखेलमा शनिबारदेखि आयोजित दुईदिने जिल्लास्तरीय कार्यशाला गोष्ठीलाई आज सम्बोधन गर्दै भन्नुभयो, ‘यो सङ्घीयता कुनै पनि हालतमा ब्याक हुँदैन, कसैले फेल गराउछु भनेर नसोचे हुन्छ, हामी सङ्घीयतालाई बलियो बनाउँदै संस्थागत बनाउन दृढताकासाथ लागेका छौँ।’

उनले सङ्घीयतालाई बलियो बनाइ संस्थागत बनाउने जिम्मेवारी निर्वा्चित जनप्रतिधिको रहेको बताएका छन्। मुख्यमन्त्री पौडेलले लामो संघर्षपछि प्राप्त उपलब्धिलाई रक्षा गर्नुपर्ने आजको आवश्यकता रहेकामा जोड दिए। ‘जसरी स्थानीय तह, प्रदेश सरकार र केन्द्रीय सरकारले केही गरेन भनेर गलत प्रचारप्रसार, ‘ब्याकबाइटिङ’ भएको छ, त्यसबाट जोगिन तपाई–हामी सतर्क रहनुपर्छ’ उनले भने। जनप्रतिनिधिले गल्ती नगरेको अवस्थामा कोही कसैसँग नडराउनुपर्ने उनको धारणा थियो।

उनले सरकारको विरोध गर्नेलाई सरकारले के गर्यो नभई के गरेन भनेर प्रश्न गर्न आग्रह गरेका थिए। ‘हामी तीनै तहका सरकारसँग समन्वय गरी काम गर्दैछौँ, अबका वर्षमा विकास निर्माणका काम मात्रै देख्नुहुनेछ, सरकारले के ग¥यो हैन, के गरेन भने सोध्नुस’, उनको तर्क थियो। उनले भौतिक विकाससँगै मानसिकता विकासमा पनि जोड दिनुपर्ने आवश्यकता औँल्यायो। मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले बनाउनुपर्ने ९९ कानूनमध्ये ४५ बनाइसकेको बताएका छन्।

सुशासन कायम, गौरवशाली विकास निर्माणको विषय पहिचान, विधि, समस्या, अवसर सम्भावना र चुनौतीको खोजी गर्ने उद्देश्यले आयोजित सो गोष्ठीमा जिल्लास्थित प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा जिल्ला समन्वय समितिका पदाधिकारीको सहभागिता रहेको थियो। गोष्ठीको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शनिबार उद्घाटन गर्दै ‘सुखी नेपाली समृद्ध नेपाल ः अवधारणा, अवस्था र चुनौती’ विषयमा प्रशिक्षण दिएको थियो।

यसैगरी, प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले ‘राज्य पुनःसंरचनाको अवधारणा, सङ्घीय व्यवस्थामा सङ्घ, प्रदशे र स्थानीय सरकारको भूमिका तथा अन्तरसम्बन्ध एवं साझेदारीकाका क्षेत्र’, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले ‘सरकारका नीति, कार्यक्रम कार्यान्वयनमा स्थानीय सरकारको भूमिका एवं प्रशासनिक समन्वय र अन्तरसम्बन्ध’ र प्रतिनिधिसभा सदस्य विन्दा पाण्डेले स्थानीय सरकार सञ्चालनमा लैङ्गिक सवाल तथा न्यायिक समितिको भूमिका’ विषयमा प्रशिक्षण दिएका छन्। (रासस)

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

२०७६, २ कार्तिक शनिबार १७:१३

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता  (लाइभ हेर्ने लिङ्कसहित)

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, २ कार्तिक शनिबार १६:४३

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६