काठमाडौं– दशैं, तिहार र छठको लागि हवाई सेवाको पनि अग्रिम टिकट बुकिङ्ग खुल्ला भएको छ। वायुसेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा संचालक संघ, नेपाल(एओएएन) ले हवाई भाडामा विशेष छुटसमेत दिएको छ। संघले सबै आन्तरिक (डोमेस्टिक) उडानतर्फका आफ्ना नियमित उडान सेवामा नेपाली नागरिकहरुलाई हवाई भाडामा १० प्रतिशत छुट दिने जानकारी दिएको छ।

संघका अनुसार उक्त छुट आगामी असोज १२ गतेदेखि कार्तिक २७ गते सम्म लागू हुने छ। महान चाड वडादशैं, तिहार तथा छठको उपलक्षमा संघका सबै नियमित उडान सञ्चालन गर्ने सदस्य वायुसेवा कम्पनीहरुको उडान टिकट सम्बन्धी आफ्नै काउण्टरबाट टिकट काट्दा सेवाग्राहीले यस्तो सुविधा पाउने छन्। उक्त छुट सामान्य हवाई भाडमा एयरपोर्ट ट्याक्स तथा फ्यूल सरचार्ज बाहेक १० प्रतिशत छुट दिने संघद्धारा जारी विज्ञप्तिमा बताइएको छ।

संघका प्रवक्ता योगराज पौडेल शर्माले दशैं, तिहार र छठकै लागि वायुसेवा संचालक संघले टिकटदेखि आन्तरिक उडानका सबै खाले व्यवस्थापन मिलाइसकेको जानकारी दिए। ‘हामीले वायुसेवाको आन्तरिक उडान तर्फको संघमा आवद्ध नियमित सबै उडानहरुलाई व्यवस्थि गरिसकेका छौं। यात्रुको चापको अनुमान गरि थप उडान भर्न सक्ने गरी ६० देखि ७२ सिट क्षमताका ५ जहाज समेत तयारी अवस्थामा राखेको शर्माले बताए। बसको टिकट बकिङ्गको अवस्थालाई हेरेर हवाई सेवामा प्रभाव पर्ने हो। बसको टिकट सकिएपछि वायुसेवामा एक्कै चोटी चाप बढ्न सक्छ।

शर्माले देशका अधिकांश क्षेत्रमा सडकमार्ग पुगिसकेको अवस्थामा त्यस्तो समस्या नआउने तर कर्णालीमा भने गत वर्षहरुमा जस्तै यस वर्ष पनि समस्या आउन सक्ने जनाएका छन्। त्यसका लागि संघ पूर्वतयारी अवस्थामा रहेको उनले बताए। गत हप्तामात्र नेपाल वायुसेवा निगम(एनएसी)ले ७० वर्ष माथिका वृद्धवृद्धालाई हवाई भाडामा ५० प्रतिशतको छुट दिने घोषणा गरेको थियो। भाडा छुटको विषयमा भने, संघले दिएको १० प्रतिशत छुट बाहेक अन्य कुनै पनि छुट नदिएको शर्माले बताए।

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

२०७६, २ कार्तिक शनिबार १७:१३

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता  (लाइभ हेर्ने लिङ्कसहित)

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, २ कार्तिक शनिबार १६:४३

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६