
धनगढी— कैलालीमा एक बुबाले आफ्नी नाबालिका छोरीलाई विष सेवन गराएर आत्महत्या गरेका छन्। विष सेवनबाट उनकी नाबालिका छोरीको पनि मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैयाका २५ वर्षीय रामबहादुर कलेलले आफ्नी ३ वर्षीया छोरी अनुष्कालाई विष सेवन गराएर आइतबार राति आफूले पासो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रारम्भीक अनुसन्धानमा रामबहादुरले नाबालिका आफ्नी छोरी अनुष्कालाई सल्फास नामक बिषादी खुवाएर आफूले आत्महत्या गरेको खुल्न आएको कैलाली प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए। रामबहादुरकी श्रीमती सरिताले गत वैशाख १६ गते झुण्डिएर आत्महत्या गरेको र सरिताका माइती पक्षले रामबहादुरविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेका थिए।
आत्महत्याको दुरुत्साहनको मुद्दापछि रामबहादुरलाई कैलाली अदालतले गत जेठ २६ गते पूर्पक्षका थुनामा पठाएको थियो। अदालतको गत साउन २२ गतेको अदालतको इजलासले रामबहादुर्र निर्दोष ठहर गरेपछि छुटेका थिए। रामबहादुरले अदालतबाट सफाइ पाई छुटेको करिब डेढ महिनापछि छोरीलाई विष सेवन गराएर आत्माहत्या गरेकोले घटनाबारे अनुसन्धान गरिरहेको प्रबक्ता बस्नेतले जानकारी दिए। मृतक दुईटैको शव पोष्टमार्टमका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको छ।


लोकप्रिय

‘छैन मलाई डर’ बाट अन्जु पन्त र बालकुमार श्रेष्ठको चर्चा…
२०७६, २४ मंसिर मंगलवार १८:४०

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना
२०७६, २३ मंसिर सोमबार १९:१७

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल
२०७६, २३ मंसिर सोमबार ११:०२

अब स्मार्टफोनमा ह्वाट्सएप नचल्ने
२०७६, २५ मंसिर बुधबार १८:१३

महिनावारी समयमै गराउने घरेलु उपाय
२०७६, २३ मंसिर सोमबार १४:२९

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी
२०७६, २३ मंसिर सोमबार ११:४०

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान
२०७६, २३ मंसिर सोमबार १७:४०

रिचार्ज कार्डको पिन नम्बर मेटिएको अवस्थामा पनि रिचार्ज गर्न यसो…
२०७६, २४ मंसिर मंगलवार १३:५२

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं
२०७६, २३ मंसिर सोमबार १७:४१

फुटबलको फाइनलमा भुटानसँग भिड्दै नेपाल, स्वर्ण जित्ने लक्ष्य
२०७६, २४ मंसिर मंगलवार ०७:१५

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
२०७६, २४ मंसिर मंगलवार १६:५८

कीर्तिमानी गौरिकालाई सर्वाधिक ५६ लाख पुरस्कार
२०७६, २५ मंसिर बुधबार १८:०४

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए
२०७६, २३ मंसिर सोमबार ०७:१८

विवादित सूचीबाट हट्यो जम्मु र कस्मिर
२०७६, २५ मंसिर बुधबार १५:५३

कोलम्बियामा एक नवजात शिशु जन्मँदै गर्भवति
२०७६, २४ मंसिर मंगलवार १४:०७
