पोखरा – गण्डकी प्रदेश र पोखरा महानगरपालिकाले टेन्डर आह्वान गरिसकेको र सम्झौता भएको ढिलोमा एक वर्ष्भित्रैमा सक्ने गरी प्रक्रिया अगाडि बढेको पोखरा महानगरपालिकाका इन्जिनियर दीपक कुँवरले जानकारी दिए। ५ सेन्टिमिटर मोटाइको अस्फाल्ट हुने छ।

यो प्रविधिमा कम्तीमा ४ सेन्टिमिटर मोटाइको कालोपत्रे हुनैपर्छ। पोहोर साल टालेको पोखराको सडकमा अहिले पनि उस्तै खाल्डै खाल्डा छन्। पोखराका मुख्य सडककै हालत गतिलो छैन। मुस्ताङचोकदेखि हल्लनचोकसम्मको बढी पर्यटकको आउ–जाउ हुने ठाउँ होस् या त हल्लनचोकदेखि जिरो किलोमिटरसम्मको सडक बषै पिच्छ टालिरहनुपर्ने अवस्था छ।

सिद्धार्थ चोकदेखि महेन्द्र पुलसम्म होस् या रानीपौवादेखि अमरसिंह निस्कने मुख्य सडकको अवस्था पनि उस्तै छ।पोखरा न्युरोडमा २०७३ साल चैतभित्रै सक्नुपर्ने सर्फेस ड्रेसिङको काम २०७४ ठेकेदार कम्पनीले भदौ अन्त्यतिरमात्रै थाल्यो।बर्खायाममा न्युरोडको सडकमा ‘सर्फेस ड्रेसिङ’ गर्न ठेकेदार कम्पनीले गुणस्तरहीन काम गर्न लागेको आलोचना भएपछि महानगरले काम रोक्यो।

न्युरोडमा सर्फेस ड्रेसिङ गर्ने भन्दै सडकको एक भागमा गिटी छरेर छोडियो। त्यसपछि त्यो सडकको कामै भएन। भइरहेको सडकलाई बलियो बनाइराख्न सर्फेस ड्रेसिङ सस्तो प्रविधि हो। अब भने पोखराका मुख्य सडक महंगो प्रविधिबाट निर्माण गरेर बढी टिकाउ बनाउनेतर्फ सरकार लागेको छ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पोखराका मुख्य व्यस्त रहने सडकको बनावट र प्रविधि नै फेर्ने भएको छ।प्रदेश सरकार र पोखरा महानगरपालिकाले अस्फाल्ट प्रविधिबाट पोखराका सडक फेर्ने भएको छ। अस्फाल्ट प्रविधि बलियो, टिकाउ र महंगो मानिन्छ।

यो अमेरिकी प्रविधि हो र पोखराजस्तो बढी पानी परिरहने ठाउँमा यस्तो सडक उपयुक्त हुने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाले बताए। जिरो किलोमिटरदेखि विन्ध्यवासिनीसम्म पोखरामा अहिले भएको एकमात्र अस्फाल्ट प्रविधिबाट बनेको सडक हो।

जिरो किलोमिटरदेखि विन्ध्यवासिनीसम्मको सडकजस्तै अन्य व्यस्त सडक पनि बन्न लागेको प्रदेशअन्तर्गतको पूर्वाधार विकास कार्यालय कास्कीका सिनियर डिभिजन इन्जिनियर सोभियत खड्काले बताए।

‘६ महिनादेखि १ वर्ष्भित्रै काम प्रक्रिया अगाडि बढ्यो अस्फाल्ट पिच देशमै त्यति धेरै नहुने भएकाले यसमा ढिलासुस्ती हुँदैन भन्ने सोचेका छौं,’ कुँवरले भने, मुस्ताङचोकदेखि राष्ट्रवैंकचोक, शहीद चोक हुँदै लेकसाइड हल्लनचोकसम्म र हल्लनचोकबाट जिरो किलोमिटरसम्म नयाँ अस्फाल्ट कंक्रिट पिच गर्न लागेको प्रमुख इन्जिनियर खड्काले जानकारी दिएका छन्।

केही महिनाअगाडि बाराही घाटमा पानी जमेपछि कायाकिङ गरेको तस्वीर भाइरल बनेको थिया। बाटोबाट पानी निकास सहज ढंगबाट नभएकाले सडकमै ताल बनेको हो। अब अस्फाल्ट पिच गर्दा पानी निकास र भइरहेका नालालाई पनि व्यवस्थित गर्न बढी ध्यान दिइने प्रमुख इन्जिनियर खड्काले जानकारी दिए।

५ दशमलव ६ किलोमिटर यो सडक निर्माणका लागि १३ करोड रुपैयाँको अनुमान गरिएको छ।  पोखरा महानगरपालिकाले पोखराका अन्य व्यस्त सडकमा अस्फाल्ट पिच गर्ने भएको छ । सभागृहदेखि बीपीचोकसम्मको न्युरोड, पर्स्याङदेखि सिद्धार्थचोक, चिप्लेढुंगा हुँदै महेन्द्रपुलसम्म, महेन्द्रपुलदेखि बगर हुँदै दीपसम्म र महेन्द्रपुल, रानीपौवा हुँदै अमरसिंह चोकसम्मको सडक बढी टिकाउ राख्ने अस्फाल्ट प्रविधिबाट बन्ने भएको हो।

पोखरा महानगरले खण्ड खण्डमा ठेक्का दिने गरी टेन्डर आह्वान गरिसकेको छ। महानगरले करिब १२ किलोमिटर सडक अस्फाल्ट पिच गर्दै छ । त्यसका लागि १८ करोड रुपैयाँ अनुमान गरिएको छ। ‘अहिले भइरहेको सडकमा एक तह थपिन्छ ।तर, चौडाइ उही नै हो,’ महानगरपालिकाका इन्जिनियर दीपकले भने।

महंगो प्रविधि भए पनि बढी पानी परिरहने पोखरामा सडक बढी टिकाउ राख्न चुनौती रहेको प्राविधिक बताउँछन्। पोखराका सडक धेरै टिकाउ नहुने मुख्य कारण पनि पानी हो, ‘बाटोका लागि पानी सत्रु नै हो। त्यसको उचित निकास र व्यवस्थापन गरिएन भने विकास हुँदैन,’ प्रमुख इन्जिनियर खड्काले बताए। बढी गाडीको चाप हुने ठाउँमा टिकाउ सडकका लागि अस्फाल्ट प्रविधिबाट सडक बनाउन लागिएको हो।

के हो अस्फाल्ट प्रविधि ?

पछिल्लो समय सडक निर्माणमा धेरै सुनिएको र धेरै प्रयोग नभएको प्रविधि हो, अस्फाल्ट कंक्रिट प्रविधि। पोखरामा जिरो किलोमिटरदेखि विन्ध्यवासिनीसम्म यो प्रविधिबाट बनेको सडक हो।

यो प्रविधिबाट मुख्य २ तरिकाबाट सडक पिच हुन्छ। सडकमा भएको कालोपत्र पूरै निकालेर नयाँ हाल्ने र रसायनहरु थपि अझ बलियो बनाउने गरी भइरहेको कालोपत्रेमाथि पुनः कालोपत्रे गर्ने। यी दुबै तरिका अब पोखरामा प्रयोग हुन लागेका छन्।

यो अमेरिकी प्रविधि हो, महंगो भएकाले भारतमा पनि बल्ल अहिले बढी अस्फाल्ट सडक बनाउन थालिएको हो, अस्फाल्ट गरिएको सडक बढी टिकाउ मानिन्छ। यो प्रविधिबाट सडक बनाउँदा सतह मिलाउनुपर्छ।

दैनिक ३ सयभन्दा बढी गाडी गुड्ने ठाउँमा अस्फाल्ट गर्न संघीय भौतिक पूर्वाधार मन्त्रालयले भनेको छ। अस्फाल्ट प्रविधिबाट बनेको सडक ८ देखि १० वर्षसम्म टिक्छ, यो प्रविधिमा कालोपत्रे ४ सेन्टिमिटरभन्दा बढी हुन्छ।

लोकप्रिय

रोनाल्डो ७ सय गोल नजिक

रोनाल्डो ७ सय गोल नजिक

२०७६, २५ आश्विन शनिबार १२:४५

काठमाडौंको दरबारमार्गमा भिषण आगलागी (तस्विरसहित)

काठमाडौंको दरबारमार्गमा भिषण आगलागी (तस्विरसहित)

२०७६, २६ आश्विन आईतवार १८:४७

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण आजदेखी

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण आजदेखी

२०७६, २५ आश्विन शनिबार १०:४१

दरबारमार्गकाे भिषण आगलागी डेढ घण्टापछि नियन्त्रणमा (तस्विरसहित)

दरबारमार्गकाे भिषण आगलागी डेढ घण्टापछि नियन्त्रणमा (तस्विरसहित)

२०७६, २६ आश्विन आईतवार २०:२८

अर्जेन्टिना र इक्वेडर भिड्दैः अर्जेन्टिनाको शुरुवाती ११ घोषणा

अर्जेन्टिना र इक्वेडर भिड्दैः अर्जेन्टिनाको शुरुवाती ११ घोषणा

२०७६, २६ आश्विन आईतवार १७:४८

आइसीसी वरियतामा खस्कियो नेपाल

आइसीसी वरियतामा खस्कियो नेपाल

२०७६, २६ आश्विन आईतवार ११:२५

चिनिया राष्ट्रपतीले भने, ‘बुद्ध नेपालमा जन्मिएका हुन्’

चिनिया राष्ट्रपतीले भने, ‘बुद्ध नेपालमा जन्मिएका हुन्’

२०७६, २६ आश्विन आईतवार १३:४८

रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सीको घोषणा

रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सीको घोषणा

२०७६, २५ आश्विन शनिबार २१:१९

जापानमा शक्तिशाली आँधीमा परी १८ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

जापानमा शक्तिशाली आँधीमा परी १८ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

२०७६, २६ आश्विन आईतवार १३:२६

सीको नेपाल भ्रमण : शङ्कास्पद गतिविधिमा संलग्न भन्दै ६० पक्राउ, अधिकांश तिब्बती शरणार्थी

सीको नेपाल भ्रमण : शङ्कास्पद गतिविधिमा संलग्न भन्दै ६० पक्राउ,…

२०७६, २६ आश्विन आईतवार १७:२०

‘बिग बोस’माथी अश्लिलता फैलाएको आरोप

‘बिग बोस’माथी अश्लिलता फैलाएको आरोप

२०७६, २६ आश्विन आईतवार १३:१४

साधु मृत्यु प्रकरण : तीन किशोर प्रहरी नियन्त्रणमा

साधु मृत्यु प्रकरण : तीन किशोर प्रहरी नियन्त्रणमा

२०७६, २६ आश्विन आईतवार २०:५५

गोली चल्दा कम्तीमा चारको मृत्यु

गोली चल्दा कम्तीमा चारको मृत्यु

२०७६, २५ आश्विन शनिबार २१:०६

जापानमा दशौँ हजार सुरक्षाकर्मी तथा उद्धारकर्मी परिचालित

जापानमा दशौँ हजार सुरक्षाकर्मी तथा उद्धारकर्मी परिचालित

२०७६, २६ आश्विन आईतवार २०:१३

‘छ माया छपक्कै’ को आक्रामक व्यापार

‘छ माया छपक्कै’ को आक्रामक व्यापार

२०७६, २६ आश्विन आईतवार १५:०७