हेटौँडा – प्रदेश नं. ३ का सभामुख सानुकुमार श्रेष्ठले यो प्रदेशलाई मानसिक रोगमुक्त प्रदेश बनाउन पहल गरिने बताएका छन्।

राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश नं. ३ कार्यालय, सानेपाद्वारा आज हेटौँडामा आयोजित ‘मानसिक स्वास्थ्यको वर्तमान अवस्था’ विषयक अन्तरक्रियामा उहाँले यौन, धन, पद, प्रतिष्ठा र महत्वाकाङ्क्षा आदिको वास्तविकता नबुझेर तथा परिस्थितिजन्य कारणले मानिस मानसिक रोगी हुने गरेको बताएका छन्।

सभामुख श्रेष्ठले मानसिक रुपमा स्वस्थ हुन आनीबानी परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै यो प्रदेशलाई देशकै उत्कृष्ट प्रदेश बनाउने सरकारको अभियानमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनपर्ने बताएका छन्।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले वृद्धाश्रम, बालआश्रम तथा अनाथाश्रमको संख्या घटाउनुपर्ने बताउँदै केही जिल्ला समेटेर एउटा मात्र आश्रम स्थापना गरी आर्थिक, सामाजिक र मानसिक व्यवस्थापनमा सहयोग पुर्याउनुपर्ने बताएका छन्।उहाँले विकास प्रक्रिया बढ्दै जाँदा मानसिक समस्यामा पनि वृद्धि हुँदै जाने भन्दै नेपालमा अन्य देशको तुलनामा मानसिक रोगको अस्पताल ओझेलमा परेको बताएका छन्।

सामाजिक विकासमन्त्री युवराज दुलालले मानसिक सन्तुलन गुमाएका व्यक्तिको व्यवस्थापन सरकारले गर्नुपर्ने बताउँदै सबै किसिमका उपचार हुने एकीकृत स्वास्थ्य सेवा क्लिनिक शुरु गर्ने योजनामा प्रदेश सरकार रहेको जानकारी दिएका छन्। कार्यक्रममा प्रदेशसभा सदस्य घनश्याम दाहाल, मुनु सिग्देल, रामलाल महतो लगायतले मानसिक रोग न्यूनीकरणमा सरकारले खेल्नुपर्ने भूमिकाका विविध पक्षमाथि प्रकाश पारेका छन्।

राष्ट्रिय मानव अधिकार आयोगका सचिव वेदप्रसाद भट्टराई, निर्देशक यज्ञप्रसाद अधिकारी, हेटाैँडा अस्पतालका मानसिक स्वास्थ्य मनोसामाजिक परामर्शदाता डाक्टर सागर काफ्ले लगायतले मानसिक रोग र यसको न्यूनीकरणका लागि परिवार, समाज र सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुपर्ने बताएका छन्। –रासस

लोकप्रिय

रोनाल्डो ७ सय गोल नजिक

रोनाल्डो ७ सय गोल नजिक

२०७६, २५ आश्विन शनिबार १२:४५

काठमाडौंको दरबारमार्गमा भिषण आगलागी (तस्विरसहित)

काठमाडौंको दरबारमार्गमा भिषण आगलागी (तस्विरसहित)

२०७६, २६ आश्विन आईतवार १८:४७

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण आजदेखी

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण आजदेखी

२०७६, २५ आश्विन शनिबार १०:४१

दरबारमार्गकाे भिषण आगलागी डेढ घण्टापछि नियन्त्रणमा (तस्विरसहित)

दरबारमार्गकाे भिषण आगलागी डेढ घण्टापछि नियन्त्रणमा (तस्विरसहित)

२०७६, २६ आश्विन आईतवार २०:२८

अर्जेन्टिना र इक्वेडर भिड्दैः अर्जेन्टिनाको शुरुवाती ११ घोषणा

अर्जेन्टिना र इक्वेडर भिड्दैः अर्जेन्टिनाको शुरुवाती ११ घोषणा

२०७६, २६ आश्विन आईतवार १७:४८

आइसीसी वरियतामा खस्कियो नेपाल

आइसीसी वरियतामा खस्कियो नेपाल

२०७६, २६ आश्विन आईतवार ११:२५

चिनिया राष्ट्रपतीले भने, ‘बुद्ध नेपालमा जन्मिएका हुन्’

चिनिया राष्ट्रपतीले भने, ‘बुद्ध नेपालमा जन्मिएका हुन्’

२०७६, २६ आश्विन आईतवार १३:४८

रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सीको घोषणा

रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सीको घोषणा

२०७६, २५ आश्विन शनिबार २१:१९

जापानमा शक्तिशाली आँधीमा परी १८ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

जापानमा शक्तिशाली आँधीमा परी १८ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

२०७६, २६ आश्विन आईतवार १३:२६

सीको नेपाल भ्रमण : शङ्कास्पद गतिविधिमा संलग्न भन्दै ६० पक्राउ, अधिकांश तिब्बती शरणार्थी

सीको नेपाल भ्रमण : शङ्कास्पद गतिविधिमा संलग्न भन्दै ६० पक्राउ,…

२०७६, २६ आश्विन आईतवार १७:२०

साधु मृत्यु प्रकरण : तीन किशोर प्रहरी नियन्त्रणमा

साधु मृत्यु प्रकरण : तीन किशोर प्रहरी नियन्त्रणमा

२०७६, २६ आश्विन आईतवार २०:५५

‘बिग बोस’माथी अश्लिलता फैलाएको आरोप

‘बिग बोस’माथी अश्लिलता फैलाएको आरोप

२०७६, २६ आश्विन आईतवार १३:१४

गोली चल्दा कम्तीमा चारको मृत्यु

गोली चल्दा कम्तीमा चारको मृत्यु

२०७६, २५ आश्विन शनिबार २१:०६

जापानमा दशौँ हजार सुरक्षाकर्मी तथा उद्धारकर्मी परिचालित

जापानमा दशौँ हजार सुरक्षाकर्मी तथा उद्धारकर्मी परिचालित

२०७६, २६ आश्विन आईतवार २०:१३

‘छ माया छपक्कै’ को आक्रामक व्यापार

‘छ माया छपक्कै’ को आक्रामक व्यापार

२०७६, २६ आश्विन आईतवार १५:०७