इलाम – चिया विषयमा पढाइ हुने भएपछि इलामवासी उत्साहित भएका छन। इलाम सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमको रूपमा लागू गर्ने योजना अघि बढाएसँगै यस विषयमा पढाइ हुने भएको छ। इलाम चियाको केन्द्रका रुपमा मानिन्छ।

इलाममा १५५ वर्षअघि चिया रोपेको र सोहि वेलादेखि यहाँ चिया खेती हुने गरेको छ। चिया खेतीसम्बन्धी सम्पूर्ण जानकारी पाठ्यक्रममा नै राखिने भएपछि विद्यार्थी जीवनदेखि नै चिया खेती बारे थाहा पाउने अवसर धेरैलाई मिल्ने भएपछि यहाँका किसानमा उत्साह थपिएको चिया किसान नरेन्द्रप्रसाद कोइरालाले जानकारी दिए।

चियाको विषयमा जानकारी नहुँदा बाहिरबाट प्राविधक ल्याउन बाध्य बनेका चिया किसान नगरको यो योजनालाई स्वागत गरेका छन्। चिया विषय अध्यापन भए रोजगारी समेत सिर्जना हुने चिया किसान प्रेम कट्टेलको भनाइ छ। उनले व्यवहारिक शिक्षा सानै उमेरबाट पाउने भएकाले यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुने बताए।

चिया विषय विद्यालय तहमा राखिदा चियाप्रति लगाव बढाउन सक्ने र प्राङ्गारिक खेतीमा समेत सघाउन पुर्याउने प्राविधिकसमेत रहेका चिया किसान ज्योति अधिकारी बताउँछन्। चिया पाठ्यक्रमको लागि समिति गठन गरेर काम थालनी शुरु गरिएको छ।

सम्भव भए अब आउने नयाँ शैक्षिक सत्रबाट नै चिया विषय पढाइ शुरु गर्ने सूर्योदय नगरपालिकाका प्रवक्ता पेमा उगेन लामाले जानकारी दिए। चियाको इतिहास बोकेको इलाममा चियासम्बन्धी अध्ययन अनुसन्धान गर्ने थलो बनाउने बहस हुने गरेको भए पनि कार्यान्वय भने हुन सकेको छैन। यस विषयमा पठनपाठन शुरु भए यसबाट सूर्योदय नगरलाई मात्र नभई जिल्लाकै लागि फाइदा पुग्ने विज्ञको भनाइ छ।

लोकप्रिय

छोराको कुटाइबाट बाबुको मृत्यु

छोराको कुटाइबाट बाबुको मृत्यु

२०७६, २६ कार्तिक मंगलवार २०:१५

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

२०७६, २६ कार्तिक मंगलवार १७:२५

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

दिपक गुरुङको स्टाटसले शैक्षिक परामर्श क्षेत्र तरङ्गीत

दिपक गुरुङको स्टाटसले शैक्षिक परामर्श क्षेत्र तरङ्गीत

२०७६, २६ कार्तिक मंगलवार १५:३८

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो सहित)

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो…

२०७६, २५ कार्तिक सोमबार २०:०७

म्यूजिक भिडियोमा ब्यस्त नायक राजेश हमाल

म्यूजिक भिडियोमा ब्यस्त नायक राजेश हमाल

२०७६, २६ कार्तिक मंगलवार १३:३०

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

२०७६, २५ कार्तिक सोमबार १२:०२

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ (भिडियो सहित)

२०७६, २७ कार्तिक बुधबार ११:०८

नेपाल–बंगलादेशः यस्ता छन् द्विपक्षीय व्यापारमा नेपाल कमजोर

नेपाल–बंगलादेशः यस्ता छन् द्विपक्षीय व्यापारमा नेपाल कमजोर

२०७६, २७ कार्तिक बुधबार १०:५२

एकदिवसीय सिरिजमा वेष्ट इण्डिजद्वारा अफगानिस्तान क्लिन स्वीप

एकदिवसीय सिरिजमा वेष्ट इण्डिजद्वारा अफगानिस्तान क्लिन स्वीप

२०७६, २६ कार्तिक मंगलवार ०६:५७