कास्की –  समृद्धिको प्रमुख आधार पर्यटनलाई मानेको गण्डकी प्रदेश सरकारले १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष मनाइरहेको छ।

गत वर्ष फागुन ९ गते पर्यटन वर्ष घोषणा गरेको सरकारले पर्यटन वर्ष सकिन तीन महीना बाँकी रहँदा ‘आन्तरिक पर्यटन वर्ष २०१९–२२’ सफल पारौँ भन्ने नारासहित आफ्नो लक्ष्य पूरा गर्न चार प्रदेशमा प्रवद्र्धन अभियान शुरु गरेको छ।

बाँकी अवधिमा लक्ष्यअनुसार आन्तरिक पर्यटक भित्र्र्याउने प्रदेश सरकारको लक्ष्य छ। असोज ९ देखि १६ गतेसम्म प्रदेश घुम्न पाहुनालाई निमन्त्रणा गर्ने योजनासहित सरकारी अधिकारी, पर्यटन व्यवसायी, कलाकार र सञ्चारकर्मीसहितको ५० जनाको प्रवद्र्धन टोली पोखराबाट भैरहवाका लागि प्रस्थान गरेको छ।

भैरहवाबाट वीरगञ्ज, विराटनगर हुँदै टोली काठमाडौँ पुग्नेछ । अभियानका क्रममा प्रदेश ५ को बुटबल, २ को वीरगञ्ज, १ को विराटनगर र प्रदेश ३ को काठमाडौँमा टोलीले सांस्कृतिक कार्यक्रम, प्रदेशको पर्यटन प्रवद्र्धनसम्बन्धी श्रव्यदृश्य सामग्री प्रस्तुति, प्रदेशका आकर्षक ११० पर्यटकीय गन्तव्यको तस्बिर प्रदर्शनीलगायत कार्यक्रम गर्ने छ।

यस क्षेत्रका मौलिक सांस्कृतिक कार्यक्रम, अन्तरक्रिया, पत्रकार भेटघाट तथा विभिन्न छुटका प्याकेजसहित गण्डकीमा घुम्न आउनका लागि सन्देश पुर्याइने उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बताएका छन्। टोलीले अभियानका क्रममा त्यहाँ व्यवसायीहरुसँग अन्तरक्रिया गर्नेछ।

बुटबल, नवलपुर, भरतपुर, वीरगञ्ज, विराटनगर, विर्तामोडलगायत स्थानमा सरकारी अधिकारी, निजी क्षेत्र, सञ्चारकर्मी र व्यवसायीसँग छलफल गरी गण्डकीमा घुम्नका लागि आग्रहसहितको निमन्त्रणा पत्र प्रदान गर्ने टोलीको योजना छ। असोज ११ देखि १३ गतेसम्म पूर्वका शहरमा प्रवद्र्धन अभियान सकेर टोली असोज १४ गते काठमाडौँका लागि प्रस्थान गर्नेछ।

असोज १५ गते राजधानीमा विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमपछि गण्डकी प्रदेशका मुख्यमन्त्रीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई सबैलाई गण्डकी प्रदेश घुम्नको आग्रहसहित औपचारिक निमन्त्रणा पत्र प्रदान गर्ने कार्यक्रम छ।

उक्त टोली असोज १६ गते पोखरा फर्कने कार्यक्रम रहेको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका पर्यटन महाशाखा प्रमुख कीर्तनराज पौडेलले जानकारी दिएका छन्। प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सन २०२२ मा २० लाख पर्यटक भित्र्याउने योजनासहित प्रवद्र्धन अभियान शुरु भएको बताएका छन्।

उनले आन्तरिक पर्यटन प्रवद्र्धन अभियान गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन प्रवद्र्धनका लागि सानो पाइला भएको उल्लेख गरेका छन्। पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले सरकारी पक्षबाट समेत प्रवद्र्धनको कार्यक्रम शुरु गरिएकामा खुशी व्यक्त गर्दै यसले पोखराको पर्यटन विकासमा योगदान पुग्ने भएकाले आफूहरु उत्साहित भएको बताएका छन्। – रासस

लोकप्रिय

घूससहित वडाअध्यक्ष पक्राउ

घूससहित वडाअध्यक्ष पक्राउ

२०७६, ३ मंसिर मंगलवार १७:४०

विद्युतीय ट्याक्सीको मापदण्ड बन्दै छः यातायात व्यवस्था विभाग

विद्युतीय ट्याक्सीको मापदण्ड बन्दै छः यातायात व्यवस्था विभाग

२०७६, ४ मंसिर बुधबार १९:४६

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

२०७६, ४ मंसिर बुधबार १४:२३

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

२०७६, ४ मंसिर बुधबार १८:०७

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

२०७६, ४ मंसिर बुधबार १७:४२

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

२०७६, ३ मंसिर मंगलवार १७:१७

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

२०७६, ३ मंसिर मंगलवार १३:१२

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

२०७६, ३ मंसिर मंगलवार २०:०५

डोटिमा नक्कली नोट फेला

डोटिमा नक्कली नोट फेला

२०७६, ४ मंसिर बुधबार १९:०७

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

२०७६, ३ मंसिर मंगलवार ०७:२७

टी–१० लिगमा पारसः आशा गरिएका तर अवसर नपाएका खेलाडी

टी–१० लिगमा पारसः आशा गरिएका तर अवसर नपाएका खेलाडी

२०७६, ५ मंसिर बिहीबार १०:३१

‘माछा–माछा’ सिनेमाको ‘म्याडम–म्याडम’ बोलको आइटम गीत रिलिज (भिडियो सहित)

‘माछा–माछा’ सिनेमाको ‘म्याडम–म्याडम’ बोलको आइटम गीत रिलिज (भिडियो सहित)

२०७६, ३ मंसिर मंगलवार ११:५६

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

२०७६, ३ मंसिर मंगलवार १७:०६

प्रेमराजा महतको ‘लाम माया छपक्कै’ गीतमा करिश्मा र शंकरको नृत्य (भिडियो सहित)

प्रेमराजा महतको ‘लाम माया छपक्कै’ गीतमा करिश्मा र शंकरको नृत्य…

२०७६, ५ मंसिर बिहीबार १२:४२

‘सप्तरङ्ग–२’ बुधबार पोखरामा

‘सप्तरङ्ग–२’ बुधबार पोखरामा

२०७६, ३ मंसिर मंगलवार १५:०५