स्याङजा–सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउने तयारी गरिरहेका बेला स्याङ्जाको वालिङका युवाहरूले पर्यटन प्रर्वद्धनका लागि आँधीखोलामा पत्रकारलाईसमेत र्याफ्टिङ गराएका छन्। वाण्डरफुल वालिङ संस्थामा आबद्ध युवाहरूले संस्थामार्फत पर्यटन प्रर्वद्धनमा सक्रिय भएर लागेका छन्।

नेपाल सरकारले पर्यटन वर्षका रूपमा मनाउनका लागि प्रचारप्रसारमा लागिरहेका बेला भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यका साथ सरकारले मनाउन लागेको भ्रमण वर्षलाई सहयोग गर्न पर्यटनका क्षेत्रमा काम गर्ने योजनाका साथ अगाडि बढेका छन्।

श्रवण कुमार र उनका मातापितासँग जोडिएको धार्मिक तथा ऐतिहासिक महत्व रहेको आँधीखोलामा शनिबार पत्रकारसहितको टोलीले करीब २५ किलोमिटरको र्याफ्टिङ यात्रा गरेको हो। धार्मिक तथा ऐतिहासिक महत्व रहेको आँधीखोलामा समेत र्याफ्टिङको सम्भावना रहेकाले यसको प्रचारप्रसारका लागि र्याफ्टिङकाे आयोजना गरेको वाण्डरफुल वालिङका कार्यवाहक अध्यक्ष आशिषप्रताप खांँणले बताएका छन्।

र्याफ्टिङ व्यवसायी तथा गाइडर सुभाष थापाले बर्खाको मौसममा अन्य नदीहरूमा पानीको बहाब बढी हुने भएकाले र्याफ्टिङ गर्न नपाइने तर आँधीखोलामा बर्खाको समयमा पानीको बहाबको मात्रा उपयुक्त हुने भएकाले बर्खाको तीन महिना साउनदेखि असोजसम्म सुरक्षित किसिमले र्याफ्टिङको मजा लिन सकिने बताए।

पर्यटकीय नगरी पोखरा घुम्न आउने पर्यटकले आँधीखोलामा र्याफ्टिङको मज्जा लिन सक्ने थापा बताउछन्। उनी भन्छन, पोखराको नजिकै रहेको आँधीखोलामा राम्रोसँग प्रचारप्रसार गरेको खण्डमा जलयात्राको प्रचुर सम्भावना रहेको यो ठाउँ पर्यटकको आर्कषण गन्तव्य बन्न सक्छ।

भरीकोट नगरपालिका–१ हेलुदेखि वालिङ नगरपालिका–१३ बायेटारीसम्म करीब २५ किलोमिटरको जलयात्रालाई व्यवस्थित गर्न सके आँधीखोलामा र्याफ्टिङका माध्यमबाट रोजगारीका साथै आन्तरिक एवं बाह्य पर्यटकका माध्यमबाट राम्रो आम्दानी लिन सकिने वाण्डरफुल वालिङका सचिव गणेश राउतले बताएका छन्।(रासस)

लोकप्रिय

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

२०७६, २० मंसिर शुक्रबार १७:५१

गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न माग

गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न माग

२०७६, २१ मंसिर शनिबार १७:५१

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

२०७६, २१ मंसिर शनिबार ०७:३९

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

२०७६, २० मंसिर शुक्रबार ११:५०

राैतहटमा इटाभट्टामा बम फेला

राैतहटमा इटाभट्टामा बम फेला

२०७६, २१ मंसिर शनिबार १७:३१

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

२०७६, २० मंसिर शुक्रबार २०:२५

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

२०७६, २० मंसिर शुक्रबार १७:१६

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता  (भिडियोसहित)

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)

२०७६, २० मंसिर शुक्रबार १३:२२

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

२०७६, २० मंसिर शुक्रबार ११:५५

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

२०७६, २० मंसिर शुक्रबार ११:२२

जिर्णे बन्दै उदयपुर जिल्ला अस्पताल

जिर्णे बन्दै उदयपुर जिल्ला अस्पताल

२०७६, २० मंसिर शुक्रबार १७:०९

नेपालसँग हारेसँगै माल्दिभ्सका प्रशिक्षक बर्खास्त

नेपालसँग हारेसँगै माल्दिभ्सका प्रशिक्षक बर्खास्त

२०७६, २१ मंसिर शनिबार १८:४६

भोजपुर–काठमाडौँ सीधा यातायात शुरु

भोजपुर–काठमाडौँ सीधा यातायात शुरु

२०७६, २० मंसिर शुक्रबार २०:३६

पशुपति शर्माको नयाँ गीत ‘कसले कान फुक्यो र’ सार्वजानिक (भिडियो सहित)

पशुपति शर्माको नयाँ गीत ‘कसले कान फुक्यो र’ सार्वजानिक (भिडियो…

२०७६, २० मंसिर शुक्रबार ११:३०

चाँदी स्थिर सुनको मूल्य घट्यो

चाँदी स्थिर सुनको मूल्य घट्यो

२०७६, २१ मंसिर शनिबार १४:१४