एजेन्सी – लुइस सुआरेजको दुई गोल सहयोगमा क्याटलान क्लब बार्सिलोनाले युइएफए च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब इन्टर मिलानमाथि जित निकालेको छ।

घरेलु मैदान नोउ क्याम्पमा बुधबार राति भएको खेलमा बार्सिलोनाले एक गोलले पछि परेको स्थिति उल्ट्याएर २–१ को जित निकालेको हो ।बार्सिलोनाको जितमा दुवै गोल उरुग्वेयिन फरवार्ड सुआरेजले गरे । इन्टरमा लौटारे मार्टिनेजले एक गोल गरे।

खेलको तेस्रो मिनेटमा नै मार्टिनेजको गोलबाट घरेलु टोली बार्सिलोना पहिलो हाफमा १–० ले पछि परेको थियो। मार्टिनेजले एलेक्सिस साञ्चेजको पासमा गोल गरेका थिए। सुआरेजको गोलबाट बार्सिलोनाले ५८औं मिनेटमा खेललाई १–१ को बराबरीमा ल्यायो। उनले आर्टुरो भिडालको पासमा गोल गरे।

खेल सकिन ६ मिनेट बाँकी रहँदा कप्तान लियोनल मेस्सीको पासमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए। त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना विजयी भयो जितसँगै बार्सिलोना २ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । इन्टर १ अंक जोडेर पुछारमा छ।

यही समुहको अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमन्डले चेक रिपब्लिक क्लब स्लाभिया प्रागमासथ २–० को सहज जित निकाल्यो। डर्टमन्डको लागि दुवै गोल आचरफ हाकिमीले गरे।

जितसँगै डर्टमन्ड २ खेलबाट ४ अंक जोडेर समूह ‘एफ’ मा शीर्षस्थानमा रहेको छ। गोल अन्तरमा बार्सिलोना दोस्रो तथा पराजित स्लाभिया प्राग १ अंकसहित तेस्रो स्थानमा छ।

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

२०७६, २ कार्तिक शनिबार १७:१३

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता  (लाइभ हेर्ने लिङ्कसहित)

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, २ कार्तिक शनिबार १६:४३

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६