काठमाडौं – फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ का छनोट चरणमा अस्ट्रेलियाविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार बिहान अस्ट्रेलिया पुगेको छ।

अक्टोबर १० मा हुने खेलका लागि नेपाली टोली बुधबार नै त्यसतर्फ लागेको थियो। आज बिहान अस्ट्रेलिया पुगेको नेपाली टोलीलाई अस्ट्रेलियन नेप्लीस फुटबल एसोसियसन (एन्फा) का पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका हुन्।

अस्ट्रेलिया पुगेको नेपाली टोलीका कप्तान किरण चेमजोङले आफुहरुले सकेसम्म राम्रो खेल्ने बताएका छन्। ‘विश्वकप खेलिसकेको टिमसँग खेल्न पाउँदा हामी निकै खुसी लागिरहेको छ,’ कप्तान चेमजोङले भने।

त्यसै गरी, नेपाली टोलीका प्रमुख प्रशिक्षक योहान कालिनले अस्ट्रेलिया बलियो टिम रहेपनि नेपालले राम्रो प्रदर्शन गर्ने अपेक्षा राखे। विश्वकप छनोट अन्तरगत समूह बि मा रहेको नेपालले यहि महिना अस्ट्रेलियासँगै जोर्डनसँग पनि खेल्नेछ। ५ दिनको अन्तरालमा नेपाली टोलीले दुई टिमसँग खेल्नेछ।

कप्तान किरण चेमजोङको नेतृत्वमा नेपालले पहिलो पटक अस्ट्रेलियाविरुद्ध खेल्दैछ। यसअघि २ खेल खेलेको नेपालले ३ अंक जोडेको छ भने अस्ट्रेलियाविरुद्ध हार जोगाउने लक्ष्यसहित त्यसतर्फ लागेको छ।

गोलकिपर: किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डर: दिनेश राजवंशी, अनन्त तामाङ, अजित भण्डारी, सरोज दाहाल, देबेन्द्र तामाङ, सुमन अर्याल, रजिन धिमाल

मिडफिल्डर: विक्रम लामा, रोहित चन्द, सुनिल वल, सुजल श्रेष्ठ, हेमन गुरुङ, रवि पासवान, अन्जन विष्ट, सन्तोष तामाङ,विशाल राई, तेज तामाङ

फरवार्ड: विमल घर्तिमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

२०७६, २ कार्तिक शनिबार १७:१३

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता  (लाइभ हेर्ने लिङ्कसहित)

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, २ कार्तिक शनिबार १६:४३

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६