सुदूरपश्चिम– प्रतिभा देखाउने अवसर र वातावरण मिले थोरै समयमा सफलतातिर महिला पनि लम्किन सक्छन् भन्ने उदाहरण सुदूरपश्चिमका चेलीहरु बनेका छन्। खेलप्रतिको लगाव र रुचिसँगै कडा परिश्रमकै कारण कञ्चनपुरका महिला कुस्ती खेलाडी मुलुककै अब्बल खेलाडीका रुपमा उदाउँदै आगामी दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा प्रतिनिधित्व गर्दैछन्।

आगामी मङ्सिरमा नेपालमा हुने १३औँ सागमा कुस्तीतर्फ भीमदत्तनगरका महिला खेलाडीको सम्मानजनक सहभागिता रहेको छ। हेटौँडामा भइरहेको बन्दप्रशिक्षणको क्रममा बुधबार गरिएको अन्तिम खेलाडी छनोटमा भीमदत्तनगरका आठ जना महिला खेलाडी छनोट भएको कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले बताएका छन्।

‘६ जना महिला खेलाडी सुदूरपश्चिमकै प्रतिनिधित्व गर्दै सागमा छनोटमा परे।’ प्रशिक्षक चन्दले भने, ‘अन्य दुई जना महिला खेलाडी विभागीय टिमबाट खेल्दैछन्।’ उनले खेलाडीको नियमित प्रशिक्षण र मेहनतको कारण सागसम्म पुग्न सफल भएको भन्दै खुशी व्यक्त गरेका छन्। ‘यो चार÷पाँच वर्षको मेहनतको फल हो।’ चन्दले भने, ‘एउटै जिल्लाबाट सागमा यति ठूलो सङ्ख्यामा सहभागी हुनु उदाहरणीय होे।’

साग छनोटमा पर्ने महिला खेलाडीमा ५० किलो तौल समूहमा मनिशा सिंह, ५३ मा शिवाङ्गी दुबे, ५५ मा सङ्गीता धामी, ५७ मा अम्बिका भण्डारी, ५९ मा कोमल खत्री र ६५ किलोतौल समूहमा निरा आउजी रहेको प्रशिक्षक चन्दले बताएका छन्।

त्यसैगरी सुदूरपश्चिमकै महिला खेलाडी ६८ किलौतौल समूहकी निर्मला जागरी र ७२ किलो तौल समूहमा छनोट भएकी रेखा रावल नेपाल प्रहरीको विभागीय टिममा छन्।

‘निर्मला र रेखा पनि कञ्चनपुरकै उत्पादन हुन्।’ प्रशिक्षक चन्दले भने, ‘नेपाली सेनामा अनुबन्धित यहाँका पुरुष खेलाडी सुरेश चुनारा पनि ६० किलोतौल समूहमा आगामी सागमा भिडन्तको तयारीमा छन्।’

सागमा महिला र पुरुष गरी दश÷दश तौल समूहका खेलाडी प्रतिस्प्रर्धा गर्ने चन्दको भनाइ छ। विगत पाँच महीनादेखि सागको बन्द प्रशिक्षणमा रहेका ४२ जनामध्ये अन्तिम छनोटमा २२ जना खेलाडी छानिएका छन्। ‘२२ मध्ये २० जना प्रतिस्प्रर्धामा उत्रिन्छन्। चन्दले भने, ‘महिलातर्फ पूरै सुदूरपश्चिमको वर्चश्व छ।’

सागमा ५३ किलोतौल समूहमा भिडन्तको तयारीमा रहेकी शिवाङ्गी दुबे दुई वर्षअघि मात्रै कुस्ती खेलमा आएकी थिइन्। गत चैतमा भएको आठौं वृहत राष्ट्रिय खेलकूद प्रतियोगितामा कुस्तीमा कान्छी खेलाडी रहेकी उनले आफ्नो तौल समूहमा स्वर्ण जितेपछि शिवाङ्गी चर्चाको पात्र बनेकी थिइन्।

‘हामीलाई भारतका खेलाडी नै आगामी सागमा चुनौतीका रुपमा छन्।’ साग छनोटमा परेकी शिवाङ्गीले भने, ‘स्वर्ण त भन्दिन, पदक दिलाउने प्रयत्न गर्दैछु।’

भारतको गवाहटीमा भएको १२औँ सागमा पहिलो पटक कुस्ती खेल समावेश गरिएको थियो। १२औँ सागमा कञ्चनपुरका लीला सिंह, ईश्वरी थापा र लक्ष्मी खत्री सहभागी थिए।

‘सागका लागि महिलातर्फ अहिले सबै नयाँ अनुहार छनोट भएका छन।’ प्रशिक्षक चन्दले भने, ‘खेलाडीले मेहनत हेर्दा फल पाउने आशा गरेका छौं।’

रासस

लोकप्रिय

डाँका घटनामा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

डाँका घटनामा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

२०७६, १२ माघ आईतवार २०:२३

श्रीमान जोनसँग हट अवतारमा प्रियंका चोपडा

श्रीमान जोनसँग हट अवतारमा प्रियंका चोपडा

२०७६, १३ माघ सोमबार १६:४६

अभिनेत्रीले जन्माइन् पानिभित्र शिशु

अभिनेत्रीले जन्माइन् पानिभित्र शिशु

२०७६, १३ माघ सोमबार १९:४६

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

२०७६, १२ माघ आईतवार १०:१५

‘वी विल मिस यु सन्दीप!’

‘वी विल मिस यु सन्दीप!’

२०७६, १३ माघ सोमबार ११:४४

‘सेन्टी भाइरस’ फिल्मको ५० प्रतिशत नाफा क्रिकेट रंगशालालाई दिइने

‘सेन्टी भाइरस’ फिल्मको ५० प्रतिशत नाफा क्रिकेट रंगशालालाई दिइने

२०७६, १३ माघ सोमबार १७:३५

हुम्लाले भोगेको नियती र राज्यको अकर्मण्यता

हुम्लाले भोगेको नियती र राज्यको अकर्मण्यता

२०७६, १२ माघ आईतवार १३:२१

२९ राउण्ड गोली सहित एकजना पक्राउ

२९ राउण्ड गोली सहित एकजना पक्राउ

२०७६, १२ माघ आईतवार १७:५९

युद्धको घाउ नकोट्याएकै राम्रो

युद्धको घाउ नकोट्याएकै राम्रो

२०७६, १३ माघ सोमबार १७:३९

अष्ट्रेलियामा डडेलोपछि विषालु माकुराको माहामारी, टोकेको १५ मिनेटमै मानिसको मृत्यु

अष्ट्रेलियामा डडेलोपछि विषालु माकुराको माहामारी, टोकेको १५ मिनेटमै मानिसको मृत्यु

२०७६, १३ माघ सोमबार १३:५१

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

२०७६, १२ माघ आईतवार ०८:५८

न्युजिल्याण्डविरुद्ध भारतको शानदार जित

न्युजिल्याण्डविरुद्ध भारतको शानदार जित

२०७६, १२ माघ आईतवार १५:५९

‘बालुवाटार जग्गा प्रकरणबारे गहिरो अनुसन्धान भइरहेको छ’

‘बालुवाटार जग्गा प्रकरणबारे गहिरो अनुसन्धान भइरहेको छ’

२०७६, १३ माघ सोमबार १९:०५

सामाजिक सञ्जालमा लाइभ गर्दै युवतीले गरिन् आत्महत्या

सामाजिक सञ्जालमा लाइभ गर्दै युवतीले गरिन् आत्महत्या

२०७६, १३ माघ सोमबार १५:१९

‘जातीय मुक्ति, समानता र समानुपातिकता हासिल गर्न संविधान संशोधन’

‘जातीय मुक्ति, समानता र समानुपातिकता हासिल गर्न संविधान संशोधन’

२०७६, १३ माघ सोमबार १७:०९