इलाम– नेपालीहरुको महान चाड बडा दशैं तथा दिपावली मा परापूर्व काल देखि नै राख्दै आएको लिङ्गे पिङ हिजो आज हराउदै गएको छ। केही बर्ष अघिसम्म दशैँ तिहार जस्ता चाडमा प्राय गाउका विभिन्न ठाउँहरुमा लिङगे पिङ हालिन्थ्यो तर अहिले आएर यो समयमा गाउँगाउँमा खेलिने लिङगे पिङको चलन हराउदै गएको हो।

अहिले युवाहरु रोजगारीको सिलसिलामा गाउँबाट बाहिरी देशहरुमा जान थालेसँगै दशैंमा मनोरञ्जन थप्ने लिङ्गे पिङ खेल्ने संस्कृती हराउँदै गएको हो। विशेष गरी युवा पुस्ताले लिंगे पिङ निर्माण गरेर खेल्ने र रमाईलो गर्ने चलन थियो, अहिलेको पुस्ताले यस्ता कुरा खासै चासो नदिने गरेका छन्।

गाउँ घरका युवा देखि बुढापाका मिलेर खरबारीमा गई बाबियो काटेर रातमा पिङको लुठो बाटेर दिनमा बाँसको ४ र ६ ओटा लिङगा गाडी पिङ बनाउने गरिन्थ्यो। दशैंको सुरुवातदेखि हालेको पिङ तिहार सम्मै राखिन्थ्यो।

अहिले युवाहरु रोजगारीको सिलसिलामा गाउँबाट बाहिरी देशहरुमा जान थालेसँगै दशैंमा मनोरञ्जन थप्ने लिङ्गे पिङ खेल्ने संस्कृती हराउँदै गएको हो। विशेष गरी युवा पुस्ताले लिंगे पिङ निर्माण गरेर खेल्ने र रमाईलो गर्ने चलन थियो, अहिलेको पुस्ताले यस्ता कुरा खासै चासो नदिने गरेका छन्।

गाउँमा युवा पुस्ताको अभावले महान चाड बडा दशैं तिहारमा निर्माण गरि खेल्ने लिङगे पिङको प्रचलन विस्तारै हराउँदै गएको छ। पछिल्लो समय प्रविधिको विकास भएसँगै गाउँ घरमा समेत मनोरञ्जनका अन्य साधनहरु धेरै आएकाले खासै पिङतर्फ आकर्षण घटेको बताउछन्।

धेरै जसो युवाहरु रोजगारीको लागि प्राय विभिन्न मुलुकमा गएका छन्। पिङ बनाउने जनशक्तिको अभाव समेत बढदै गएको छ। तन्नेरी ठिटा र ठिटीको समेत पिङमा दोहोरी खेल्ने प्रचलन थियो। पिङ बनाउनको लागि बाबियो काटेर ल्याउने, लठारो बाटन र ६ वटा बास गाडन कम्तिमा १२ जना आवश्यक पर्दछ।

तर गाउँघरमा फाट्ट फुट्ट भएका युवाहरु पनि व्यावसाय र रोजगारमा ब्यस्त हुनुले पनि लिङगे पिङको संस्कृति लोप हुदै गएको पाइएको छ।

लोकप्रिय

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

२०७६, ४ माघ शनिबार १८:२५

लागुऔषधसहित दुईजना पक्राउ

लागुऔषधसहित दुईजना पक्राउ

२०७६, ५ माघ आईतवार २०:१७

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

२०७६, ४ माघ शनिबार १७:१६

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

२०७६, ४ माघ शनिबार १६:५२

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

२०७६, ५ माघ आईतवार ०७:०८

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

२०७६, ५ माघ आईतवार ०७:१६

कमजोर व्यवस्थापनका कारण ठाकुरराम बदनाम: विद्यार्थी नेता वर्णवाल

कमजोर व्यवस्थापनका कारण ठाकुरराम बदनाम: विद्यार्थी नेता वर्णवाल

२०७६, ५ माघ आईतवार १२:२७

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

२०७६, ४ माघ शनिबार १३:४१

नेपाली सिनेमामा समावेश लोकगीतबारे यस्तो चर्चा

नेपाली सिनेमामा समावेश लोकगीतबारे यस्तो चर्चा

२०७६, ५ माघ आईतवार १८:०६

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

२०७६, ४ माघ शनिबार १९:०३

रोकिएन छाउपडी गोठ बनाउन

रोकिएन छाउपडी गोठ बनाउन

२०७६, ५ माघ आईतवार ०८:०७

आइतबार सार्वजनिक विदा

आइतबार सार्वजनिक विदा

२०७६, ४ माघ शनिबार १८:१९

ताेलामा २ सयले बढ्याे सुनकाे मुल्य

ताेलामा २ सयले बढ्याे सुनकाे मुल्य

२०७६, ५ माघ आईतवार १२:४५

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

२०७६, ४ माघ शनिबार १५:२२

शिक्षकको कुटाइबाट एक विद्यार्थीको मृत्यु

शिक्षकको कुटाइबाट एक विद्यार्थीको मृत्यु

२०७६, ४ माघ शनिबार १५:४२