पोखरा– समाजसेवी एवम् गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङद्वारा स्थापित तथा नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित मीना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कारबाट स्मिता अधिकारीलाई सम्मान गरिएको छ।

विजया दशमी, दीपावली लगायतका चाडपर्वको शुभकामना आदानप्रदान समेतको सन्दर्भ पारी आज आयोजित कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले रु २० हजार १०१ सहित सम्मानपत्र र दोसल्लाबाट अधिकारीलाई सम्मान गरेका छन्।

सम्मानित अधिकारी सञ्चारिका समूह गण्डकी प्रदेशको अध्यक्ष एवम् अङ्ग्रेजी भाषाको पत्रिका ‘द राइजिङ नेपाल’मा आबद्ध छिन्। कार्यक्रममा मन्त्री चुमानले प्रदेशमा पत्रकारको हकहितका साथै सञ्चारमाध्यमलाई व्यवस्थित गराउनेमा आफूहरू लागेको धारणा राखे। पत्रकारजगत्ले आफ्नो पेशागत जिम्मेवारी एवम् मर्यादालाई आत्मसात् गर्न सक्नुपर्ने बताउँदै उनले सञ्चार क्षेत्रकै समुचित व्यवस्थापनको उद्देश्यका साथ आफूहरू त्यससम्बन्धी कानून निर्माणको तयारीमा लागेको जानकारी दिएका छन्।

पुरस्कारकी संस्थापिका एवम् गण्डकी प्रदेशसभा सदस्य गुरुङले समाजको रुपान्तरणका लागि पत्रकारिताका माध्यमबाट ठूलो योगदान पुग्ने भएकाले पुरस्कारको स्थापना गरिएको बताए। जिल्ला समन्वय समितिका सभापति बैनबहादुर अधिकारी क्षेत्रीले समाजका राम्रा-नराम्रा प्रत्येक घटनाका साथै विकास निर्माणका कुरालाई सञ्चार क्षेत्रले जनसमक्ष ल्याउने भएकाले यसको महत्व रहेको धारणा राखेका छन्। (रासस)

लोकप्रिय

छोरीको हनिमुनमा सासुले ज्वाईसँग राखिन् शारीरिक सम्पर्क

छोरीको हनिमुनमा सासुले ज्वाईसँग राखिन् शारीरिक सम्पर्क

२०७६, ७ माघ मंगलवार १४:०४

यस्ता छन् विषपानकाे प्रकार, लक्षण र उपचार विधी

यस्ता छन् विषपानकाे प्रकार, लक्षण र उपचार विधी

२०७६, ८ माघ बुधबार २०:१४

ठगी मुद्दामा पक्राउ परेका  नेकपा नेता बैठा पूर्पक्षका लागि कारागार चलान

ठगी मुद्दामा पक्राउ परेका नेकपा नेता बैठा पूर्पक्षका लागि कारागार…

२०७६, ७ माघ मंगलवार २१:१४

वीरगञ्ज भन्सार कार्यालयको गोदाममा आगलागी

वीरगञ्ज भन्सार कार्यालयको गोदाममा आगलागी

२०७६, ७ माघ मंगलवार २१:३९

गोप्य क्यामेरा राखेर १६ सय व्यक्तिकाे अश्लील भिडियो बनाउने पक्राउ

गोप्य क्यामेरा राखेर १६ सय व्यक्तिकाे अश्लील भिडियो बनाउने पक्राउ

२०७६, ८ माघ बुधबार १९:१८

नायिका सेक्सी देखिएको भन्दै सरकारले लगायो प्रतिबन्ध

नायिका सेक्सी देखिएको भन्दै सरकारले लगायो प्रतिबन्ध

२०७६, ८ माघ बुधबार १३:३३

अष्ट्रेलिया काण्डः पीडित युवतीले दिइन् अष्ट्रेलियाबाटै उजुरी

अष्ट्रेलिया काण्डः पीडित युवतीले दिइन् अष्ट्रेलियाबाटै उजुरी

२०७६, ९ माघ बिहीबार १५:४८

ट्राफिक प्रहरीको कारबाहीमा परे ‘माग्ने बुढा’

ट्राफिक प्रहरीको कारबाहीमा परे ‘माग्ने बुढा’

२०७६, ८ माघ बुधबार १७:४३

बङ्गुरको कुहिएको आन्द्राबाट मदिरा उत्पादन !

बङ्गुरको कुहिएको आन्द्राबाट मदिरा उत्पादन !

२०७६, ७ माघ मंगलवार १६:२६

यस्ताे छ नेपाल टेलिकमकाे विन्टर अफर

यस्ताे छ नेपाल टेलिकमकाे विन्टर अफर

२०७६, ७ माघ मंगलवार १४:०९

विश्व बैंकको लगानीबाट पथलैया–ढल्केबर सडक ४ लेनकाे बनाइने

विश्व बैंकको लगानीबाट पथलैया–ढल्केबर सडक ४ लेनकाे बनाइने

२०७६, ९ माघ बिहीबार १५:२१

निमासद्वारा नवनिर्वाचित ईक्यान पदाधिकारी सम्मानित

निमासद्वारा नवनिर्वाचित ईक्यान पदाधिकारी सम्मानित

२०७६, ८ माघ बुधबार १८:५८

बुढेसकालमा नियमित चिया पिउनाले डिप्रेसन घटाउँछ

बुढेसकालमा नियमित चिया पिउनाले डिप्रेसन घटाउँछ

२०७६, ७ माघ मंगलवार १४:१६

काँग्रेसद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त

काँग्रेसद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त

२०७६, ७ माघ मंगलवार १७:३८

शतक विकेटको इतिहास बनाउन चुके सन्दीप

शतक विकेटको इतिहास बनाउन चुके सन्दीप

२०७६, ८ माघ बुधबार १६:३९