काठमाडौँ – यौन दुर्व्यवहारको आरोप लागेपछि गत सोमबार राजीनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको छ ।संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी (कर्मचारी) रोशनी शाहीले शनिबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा आफूमाथि महराले बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएपछि महरालाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन प्रहरीलाई बाटो खुलेको हो ।

आइतबार राति महरा पीडित महिला रोशनीको कोठामा पुगेर बलात्कार प्रयास गरेको किटान जाहेरी प्रहरीमा दर्ता भएको छ । जाहेरीलाई नै आधार बनाएर प्रहरीको महरालाई पक्राउ गरेर, उनलाई बोलाएर वा निवासमै गएर बयान लिने सम्बन्धी विकल्पमा छलफल गरिरहेको उच्च स्रोतले जानकारी दियो ।

सभामुखबट राजीनामा दिएपछि महरामाथि छानबिन गर्न प्रहरीका लागि सहज भएको स्रोतको भनाइ छ । महरामाथि अनुसन्धान गर्नेबारे प्रहरी उच्च अधिकारी र गृहमन्त्री रामबहादुर थापाबीच नै छलफल भइसकेको छ । महान्यायधिवक्ता अग्नी खरेलसँग समेत प्रहरीले अनौपचारिक कुराकानी गरिसकेको छ । महानगरीय प्रहरी वृत्त र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त टोलीले महरा प्रकरणमा छानविन गरिरहेको छ ।

आइतबार रातिको घटनाबारे सोमबार सञ्चारमाध्यममा सार्वजनिक भएपछि महराले आफूमाथिको आरोप निराधार भन्दै बचाउ गरेका थिए । सोही घटनाका कारण मंगलबार महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।

महराले राजीनामा दिएको भोलिपल्ट बुधबार महराबाट कुनै दुर्व्यवहार नभएको र आफू डिप्रेसन पीडित भएको भन्दै रोशनीले घटनाभन्दा विपरीत हुने गरी निवेदन दिएकी थिइन् । तर त्यो निवेदनलाई समेत गलत ठहरिने गरी शनिबार रोशनी आफैं प्रहरीमा उपस्थित भएर महराबाट आफूमाथि बलात्कार प्रयास भएको भन्दै किटानी जाहेरी दिएपछि प्रतिनिधिसभा नियमावली-२०७५ को दफा २ सय २४ मा प्रतिनिधिसभा सदस्य (सांसद)को पक्राउ सम्बन्धी व्यवस्था छ ।

संविधानको धारा १०३ मा संघीय संसद्‌को विशेषाधिकार सम्बन्धी व्यवस्थाको उपदफा ६ अनुसार ‘संघीय संसद्‍को कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन’ भन्ने उल्लेख छ । तर कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानुन बमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्‍याएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ ।’

संविधानको यो व्यवस्थाअनुसार प्रतिनिधिसभाबाटै पारित नियमावलीको दफा २ सय २४ को दफा २ अनुसार जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिने छैन । ‘तर कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानुनबमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्‍याएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ ।’

संविधानको यही व्यवस्थाअनुसार प्रतिनिधिसभाको नियमावली २०७५ को दफा २२४ अनुसार संसद् अधिवेशन जारी भएको अवस्थामा कुनै सदस्यलाई पक्राउ गर्दा त्यसको सूचना सभामुखले प्रतिनिधिसभामा तत्काल दिनुपर्ने उल्लेख छ । तर नियमावलीको उपदफा २ अनुसार बैठक नचलेको अवस्थामा सभामुखले सचिवालयको सूचनापाटीमा सोको सूचना टास गर्न लगाई सार्वजनिक गर्न लगाउने छ भन्ने उल्लेख छ ।

सभामुखले राजीनमा दिइसकेको अवस्थामा त्यसको कार्यभार स्वतः उपसभामुखमा आउने व्यवस्था छ । यस्तो अवस्थामा महरालाई पक्राउ गरेर प्रहरीले त्यसको जानकारी दिएमा उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसद् सचिवालयको सूचना पाटीबाट सार्वजनिक गर्न सक्ने अधिकार छ ।

संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांश अनुसार ‘कुनै सदस्यलाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी प्राप्त भएमा त्यस्तो सदस्यलाई प्रहरी हिरासतमा रहेको अवस्थामा वा प्रचलित कानुन बमोजिम ३ वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकोमा त्यस अवधिभर निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निजको पारिश्रमिक, सेवा र सुविधा स्थगित हुनेछ’ भन्ने उल्लेख छ । मातृका दाहालले लेखेकाे याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ।

लोकप्रिय

रोनाल्डो ७ सय गोल नजिक

रोनाल्डो ७ सय गोल नजिक

२०७६, २५ आश्विन शनिबार १२:४५

काठमाडौंको दरबारमार्गमा भिषण आगलागी (तस्विरसहित)

काठमाडौंको दरबारमार्गमा भिषण आगलागी (तस्विरसहित)

२०७६, २६ आश्विन आईतवार १८:४७

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण आजदेखी

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण आजदेखी

२०७६, २५ आश्विन शनिबार १०:४१

दरबारमार्गकाे भिषण आगलागी डेढ घण्टापछि नियन्त्रणमा (तस्विरसहित)

दरबारमार्गकाे भिषण आगलागी डेढ घण्टापछि नियन्त्रणमा (तस्विरसहित)

२०७६, २६ आश्विन आईतवार २०:२८

अर्जेन्टिना र इक्वेडर भिड्दैः अर्जेन्टिनाको शुरुवाती ११ घोषणा

अर्जेन्टिना र इक्वेडर भिड्दैः अर्जेन्टिनाको शुरुवाती ११ घोषणा

२०७६, २६ आश्विन आईतवार १७:४८

आइसीसी वरियतामा खस्कियो नेपाल

आइसीसी वरियतामा खस्कियो नेपाल

२०७६, २६ आश्विन आईतवार ११:२५

चिनिया राष्ट्रपतीले भने, ‘बुद्ध नेपालमा जन्मिएका हुन्’

चिनिया राष्ट्रपतीले भने, ‘बुद्ध नेपालमा जन्मिएका हुन्’

२०७६, २६ आश्विन आईतवार १३:४८

रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सीको घोषणा

रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सीको घोषणा

२०७६, २५ आश्विन शनिबार २१:१९

जापानमा शक्तिशाली आँधीमा परी १८ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

जापानमा शक्तिशाली आँधीमा परी १८ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

२०७६, २६ आश्विन आईतवार १३:२६

सीको नेपाल भ्रमण : शङ्कास्पद गतिविधिमा संलग्न भन्दै ६० पक्राउ, अधिकांश तिब्बती शरणार्थी

सीको नेपाल भ्रमण : शङ्कास्पद गतिविधिमा संलग्न भन्दै ६० पक्राउ,…

२०७६, २६ आश्विन आईतवार १७:२०

‘बिग बोस’माथी अश्लिलता फैलाएको आरोप

‘बिग बोस’माथी अश्लिलता फैलाएको आरोप

२०७६, २६ आश्विन आईतवार १३:१४

गोली चल्दा कम्तीमा चारको मृत्यु

गोली चल्दा कम्तीमा चारको मृत्यु

२०७६, २५ आश्विन शनिबार २१:०६

जापानमा दशौँ हजार सुरक्षाकर्मी तथा उद्धारकर्मी परिचालित

जापानमा दशौँ हजार सुरक्षाकर्मी तथा उद्धारकर्मी परिचालित

२०७६, २६ आश्विन आईतवार २०:१३

‘छ माया छपक्कै’ को आक्रामक व्यापार

‘छ माया छपक्कै’ को आक्रामक व्यापार

२०७६, २६ आश्विन आईतवार १५:०७

साधु मृत्यु प्रकरण : तीन किशोर प्रहरी नियन्त्रणमा

साधु मृत्यु प्रकरण : तीन किशोर प्रहरी नियन्त्रणमा

२०७६, २६ आश्विन आईतवार २०:५५