काठमाडौं – दशैंको मौका छोपेर ढलान गर्न लागिएको खुलामञ्चमा आइतबार नेपाली कांग्रेसका सांसद, काठमाडौं महानगरपालिकाकी उपमेयरलगायतले अवरोध गरेका छन्। लामो समयदेखी बिवादीत रहँदै आएको खुलामञ्चलाई स्थायी बसपार्क बनाउने योजनाका साथ ढलान गर्न थालेपछि सांसद भीमसेनदास प्रधान, उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गीसहित आइतबार विहान खुलामञ्च पुगेका स्थानीयबासीहरुले अवरोध गरेका हुन्।

उनीहरुले जस्ताको बार भत्काएका छन् भने भर्खर गरिएको ढलानमा गाडी कुदाएर ढलान बिगारिदिएका छन्।

यो संरचना भ्यू टावरका ठेकदार मनोज भेटवालले बनाएका थिए। यसका लागि महानगरले अनुमति दिएको उनको दाबी छ । तर उपमेयर खड्गीले भने यसबारे आफूलाई कुनै जानकारी नभएको बताएकी छन्।

वडाध्यक्ष खड्गी भन्छन्, ‘उहाँले महानगरले अनुमति दिएको छ भन्नुभयो तर, त्यो पत्र देखाउनसक्नु भएन।’

ठेकदार भेटवाल तीनै हुन्, जसले यसअघि खुलामञ्चमै व्यवसायिक सटरहरु हालेका थिए। सांसद, उपमेयरका साथै स्थानीयबासीले विरोध गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले डोजर चलाएको थियो।

अहिले दशैंको मौका छोपेर खुलामञ्चमा कालोपत्रे गर्न खोजिएको थियो। बाहिरबाट नदेखिने गरी जस्ताले बारेर कालोपत्रे गर्न खोजिएको थियो।

खुलामञ्च राजनीतिक तथा समाजिक संघसंस्थाले कार्यक्रम गर्ने थलोका रुपमा थियो। तर काठमाडौं महानगरपालिकाले बसपार्कमा भ्यू टावर बनाउने ठेक्का दिँदै खुलामञ्चलाई अस्थायी रुपमा बसपार्क बनाइएको थियो।

ठेक्का सम्झौताअनुसार काम भएको भए भ्यूटावर बनिसक्थ्यो तर काम भएको छैन।

लोकप्रिय

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

२०७६, १ मंसिर आईतवार १८:२८

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

२०७६, १ मंसिर आईतवार २०:३०

धरानमा विप्लवको आत्तंक

धरानमा विप्लवको आत्तंक

२०७६, ३० कार्तिक शनिबार १७:३०

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

२०७६, १ मंसिर आईतवार १३:१७

हनुमान ढोका क्षेत्र अवलोकन गर्ने पर्यटक बढे

हनुमान ढोका क्षेत्र अवलोकन गर्ने पर्यटक बढे

२०७६, ३० कार्तिक शनिबार १६:५३

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

२०७६, १ मंसिर आईतवार १७:२७

कमला घिमिरेको गीत ‘चिया छानेको’ ट्रेन्डिङ नम्बर १ मा

कमला घिमिरेको गीत ‘चिया छानेको’ ट्रेन्डिङ नम्बर १ मा

२०७६, १ मंसिर आईतवार २१:४१

बिल गेट्सको संस्थाद्धारा २० अर्ब लगानी गरेर स्मार्ट ट्वाइलेटको आविष्कार

बिल गेट्सको संस्थाद्धारा २० अर्ब लगानी गरेर स्मार्ट ट्वाइलेटको आविष्कार

२०७६, १ मंसिर आईतवार १७:१७

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

२०७६, २ मंसिर सोमबार १७:०८

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

२०७६, २ मंसिर सोमबार १९:५२

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

२०७६, २ मंसिर सोमबार ११:३५

लोकदोहोरी गायक ईश्वर बाबुको ‘सिन्धुर पछिको माया’ गीत सार्वजानिक (भिडियो सहित)

लोकदोहोरी गायक ईश्वर बाबुको ‘सिन्धुर पछिको माया’ गीत सार्वजानिक (भिडियो…

२०७६, ३० कार्तिक शनिबार २१:०४

हङकङविरुद्ध अविनाश र करणको आक्रामक बलिङ

हङकङविरुद्ध अविनाश र करणको आक्रामक बलिङ

२०७६, ३० कार्तिक शनिबार १४:२०

भारत सीविरुद्ध नेपाललाई पहिलो सफलता

भारत सीविरुद्ध नेपाललाई पहिलो सफलता

२०७६, १ मंसिर आईतवार १०:२०

विश्वकप छनाेट खेल्ने विमल, अञ्जनसहित चार खेलाडी बर्खास्त

विश्वकप छनाेट खेल्ने विमल, अञ्जनसहित चार खेलाडी बर्खास्त

२०७६, ३० कार्तिक शनिबार १३:५८