काभ्रेपलाञ्चोक– राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित पलाञ्चोक भगवतीको आज बिहान पूजा–अर्चना गरेका छन्। उनले महाअष्टमीको अवसरमा पलाञ्चोक भगवतीको पूजा–अर्चना गरेका हुन्।

राष्ट्रपति भण्डारीले भगवतीको पूजा–अर्चनापछि मन्दिर परिक्रमा गरी स्थानीय जनप्रतिनिधिसँग मन्दिरको पुनःनिर्माणबारे चासो राखेका थिए। साथै उनले मन्दिरको छानोमा सुनको मोलम्बा लगाउने विषयमा जिल्ला समन्वय समितिसँग समन्वय गर्न जनप्रतिनिधिलाई सुझाव दिएका थिए।

बिहान १०ः०५ बजे मन्दिर आइपुग्नुभएका राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी र उपप्रमुख मञ्जु गौतम, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जू, पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवारलगायत स्थानीय जनप्रतिनिधिले स्वागत गरेको थियो। बडादशैँको आठौँ दिन आज महाअष्टमी पर्वको दिन दूर्गा भवानीको पूजा–अर्चना गरी मनाइन्छ।

महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले विशेष महत्वका साथ आजको दिन महालक्ष्मी, महाकाली र महासरस्वतीको पूजा गरिन्छ। साथै, आजकै दिन दशैँघर, कोतलगायत विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गर्ने चलन पनि रहँदै आएको छ। बडादशैँको नवरात्रिभर दूर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्त्रोत पाठ गरिन्छ। (रासस)

लोकप्रिय

रोनाल्डो ७ सय गोल नजिक

रोनाल्डो ७ सय गोल नजिक

२०७६, २५ आश्विन शनिबार १२:४५

काठमाडौंको दरबारमार्गमा भिषण आगलागी (तस्विरसहित)

काठमाडौंको दरबारमार्गमा भिषण आगलागी (तस्विरसहित)

२०७६, २६ आश्विन आईतवार १८:४७

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण आजदेखी

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण आजदेखी

२०७६, २५ आश्विन शनिबार १०:४१

दरबारमार्गकाे भिषण आगलागी डेढ घण्टापछि नियन्त्रणमा (तस्विरसहित)

दरबारमार्गकाे भिषण आगलागी डेढ घण्टापछि नियन्त्रणमा (तस्विरसहित)

२०७६, २६ आश्विन आईतवार २०:२८

अर्जेन्टिना र इक्वेडर भिड्दैः अर्जेन्टिनाको शुरुवाती ११ घोषणा

अर्जेन्टिना र इक्वेडर भिड्दैः अर्जेन्टिनाको शुरुवाती ११ घोषणा

२०७६, २६ आश्विन आईतवार १७:४८

आइसीसी वरियतामा खस्कियो नेपाल

आइसीसी वरियतामा खस्कियो नेपाल

२०७६, २६ आश्विन आईतवार ११:२५

चिनिया राष्ट्रपतीले भने, ‘बुद्ध नेपालमा जन्मिएका हुन्’

चिनिया राष्ट्रपतीले भने, ‘बुद्ध नेपालमा जन्मिएका हुन्’

२०७६, २६ आश्विन आईतवार १३:४८

रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सीको घोषणा

रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सीको घोषणा

२०७६, २५ आश्विन शनिबार २१:१९

जापानमा शक्तिशाली आँधीमा परी १८ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

जापानमा शक्तिशाली आँधीमा परी १८ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

२०७६, २६ आश्विन आईतवार १३:२६

सीको नेपाल भ्रमण : शङ्कास्पद गतिविधिमा संलग्न भन्दै ६० पक्राउ, अधिकांश तिब्बती शरणार्थी

सीको नेपाल भ्रमण : शङ्कास्पद गतिविधिमा संलग्न भन्दै ६० पक्राउ,…

२०७६, २६ आश्विन आईतवार १७:२०

‘बिग बोस’माथी अश्लिलता फैलाएको आरोप

‘बिग बोस’माथी अश्लिलता फैलाएको आरोप

२०७६, २६ आश्विन आईतवार १३:१४

गोली चल्दा कम्तीमा चारको मृत्यु

गोली चल्दा कम्तीमा चारको मृत्यु

२०७६, २५ आश्विन शनिबार २१:०६

जापानमा दशौँ हजार सुरक्षाकर्मी तथा उद्धारकर्मी परिचालित

जापानमा दशौँ हजार सुरक्षाकर्मी तथा उद्धारकर्मी परिचालित

२०७६, २६ आश्विन आईतवार २०:१३

‘छ माया छपक्कै’ को आक्रामक व्यापार

‘छ माया छपक्कै’ को आक्रामक व्यापार

२०७६, २६ आश्विन आईतवार १५:०७

सन्दीपको टोलीले जित्यो सीपीएलको उपाधि

सन्दीपको टोलीले जित्यो सीपीएलको उपाधि

२०७६, २६ आश्विन आईतवार ०९:३४